April 8th, 2017
हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले प्रज्ञाभवनमा आफ्नो सपना नै चकनाचु हुँदैछ, काम गर्न नसकिरहेको एउटा तीतो कुरा बताउनुभएको छ । तपाईले कसरी उहाँलाई सल्लाह दिनुभयो कि सिधै त्यस्तो अवस्थामा आउने गरी ?
हिजो प्रज्ञाप्रतिष्ठानको उपकुलपति र प्राज्ञ साथीहरु आउनुभएको थियो, उहाँहरुले प्रतिवेदन पेस गर्ने क्रममा कामको सन्दर्भमा प्रधानमन्त्रीले भन्नु भएको थियो- मेरा केही सपना थिए । राजनीतिक संक्रमण पछि सबैलाई एकै ठाउँमा बाँधेर लैजाने र राष्ट्रिय एकता कायम गर्ने भन्ने थियो । सर्वदलीय सहमतिबाट राष्ट्रिय एकता कायम भएको थियो । त्यो अझ फराकिलो ढंगले राष्ट्रिय एकता कायम गर्न सकिन्छ भन्ने सपना थियो । त्यसमा नेपाली कांग्रेस छुट्टिएर गयो, त्यो एउटा सपना चकनाचुर भयो।प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालसंग मन्जु कार्कीको संवाद।
अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>18 Mountain TV_13 Dec 2015