November 30th, 2020
प्रचण्डको प्रस्ताव छलफलको लागि योग्य छैन भनेर प्रधानमन्त्रीले भनिसकेपछि यसलाई कुन तरिकाले लिएर जाने भन्ने बाटो कमरेड प्रचण्डले दिनुपर्छ। प्रधानमन्त्रीले मित्रवत् बाटोमा जाने हो भने भाषा फेर्नुपर्यो भन्नुभएको छ। यदि मित्रवत् बाटोमा नजाने वार कि पारमा जाने हो भने के छलफल गराइभयो र भन्नुभएको छ। यसमा मित्रवत् भएन विग्रहको बाटोमा जान्छ भन्ने तर्क प्रधानमन्त्रीको छ। विग्रहमा गए पनि जाओस् भन्ने तर्कमा प्रचण्ड आउनुभएजस्तो त लाग्दैन।— सेतोपाटीका संजीव बग़ाले संगको कुराकानी