Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

स्थानीय तहको निर्वाचन रोक्ने आसयले चलाईएको छलफल संविधान विपरित र दुरासय युक्त: यक्ष प्रश्नमा म

January 17th, 2022

गठवन्धन पक्षधरहरुको तर्क गलत र असम्वैधानिक छ– संविधानको धारा २२५ ले धारा २१५ र ११६ को उपधारा (६) र (८), र धारा २२० को उपधारा (५) र (६), २१४ को उपधारा (४), धारा ५७, धारा २ र प्रस्तावनालाई निस्कृय वनाउन सक्दैन।

स्थानिय तहको निर्वाचित पदाधिकारी तथा सदस्यको कार्यकाल पांच वर्ष भन्दा वढि हुने वा कर्मचारीवाट संचालन गर्ने व्यवस्था संविधानमा छैन ।

धारा ७५ को उपधारा (१) र (३) मा संघ सरकारको र १६२ को उपधारा (१) र (३) मा प्रदेश सरकारको कार्यकारिणी अधिकार मन्त्रिपरिषदमा भए जस्तै धारा २१४ को उपधारा (१) र (४) ले नगर र गाऊ पालिकाको कार्यकारिणी अधिकार कार्यपालिकामा निहित रहने र त्यसैको नामबाट मात्र संचालन हुने व्यवस्था गरेकोछ । धारा २१५ र २१६ को (१) ले अध्यक्ष/प्रमुखको अध्यक्षतामा मात्र गाऊ/नगर कार्यपालिका गठन हुने हुँदा यो अविच्छिन्न रुपमा कृयाशिल हुनु पर्दछ। निर्वाचित कार्यकारिणी वाहेक अन्य प्रकारको कार्यकारिणीको परिकल्पना संविधानले गरेको छैन । 

यदि २२५ को व्यवस्थालाई आधार मानेर गाऊ वा नगरसभाको निर्वाचन सार्ने हो भने गाऊ र नगरको निर्वाचन रोकेर जिल्ला समन्वय समितिको निर्वाचन पहिला हुनुपर्ने हुन्छ, जुन संविधान र कानून विपरित हुन्छ ।

२ महिना अगावै निर्वाचन गरेर र निर्वाचन भै सकेपछि पांच वर्षको अवधि पुरा हुनासाथ मात्र नया निर्वाचितहरुको कार्यभार शुरु हुने हुँदा तुरुन्त स्थानीय तहको निर्वाचन हुनु अनिवार्य भै सकेको छ ।

तसर्थ, अहिले स्थानीय तहको निर्वाचन रोक्ने आसयले चलाईएको छलफल संविधान विपरित र दुरासय युक्त रहेको छ ।

यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.