December 26th, 2009
श्रम गरी खाने मानिसहरूको लागि राम्रो स्वास्थ्य अनिवार्य कुरा हो। तर, श्रम गरी खाने मानिसहरू अर्थात् मजदुर र तिनका परिवारका लागि दुई छाक धान्न पनि गाह्रो परिरहेको छ। नेपाली श्रमजीवीहरूको आम्दानी ज्यादै कम छ र शोषणको मारमा परेका छन्। तर यस अवस्थामा सुधार गरेर समृद्ध जीवन पाउनका लागि संघर्षका कार्यक्रमले मात्र पुग्दैन, सृजनात्मक सुधारका काम पनि उत्तिकै जरुरी छन्। “सम्मानित श्रमजीवी वर्ग र समृद्ध जीवनको लागि समाजवाद” जिफन्टको लक्ष्य हो। यस लक्ष्य प्राप्तिका लागि धेरै सृजनात्मक कामहरू समेतलाई अघि बढाएर आजैबाट समाजवाद निर्माणको अभ्यास गनुृपर्छ। राज्यसत्ता नभई समाजवादको अभ्यास गर्न सकिन्न भन्ने यान्त्रिक कुरामा मात्र सीमित हुन सकिन्न। समृद्ध जीवनका लागि समाजवादको अभ्यास गर्ने धेरै उपायहरूमध्ये सामूहिक हितको लागि सामूहिक प्रयत्न गर्ने सहकारिता पनि एउटा हो। त्यसैले श्रमिक सहकारी अभियानको पहिलो खुड्किलोको रूपमा जिफन्ट स्वास्थ्य सहकारी संस्था शुरू गरिएको छ। मे १, २००० देखि संचालित यो संस्था खोल्दा निम्न कारण दिइएका थिए ः
१. श्रमजीवी जनताको स्वास्थ्यको अवस्था कमजोर छ।
२. स्वास्थ्य सेवा ज्यादै महंगो हु“दै गएको छ। किनभने, सरकारी अस्पतालको कमी र निजीकरण बढ्दो छ। औषधि महंगो र गरीब जनताको आयले धान्न नसक्ने बनेको छ। औषधिको खरीद–बिक्रीमा कुनै मोल–मोलाइ छैन र मूल्यमा मनपरीतन्त्र छ।
३. जनस्वास्थ्यका अभियानहरू संचालन गर्नु जरुरी भइसकेको छ।
४. श्रमिकहरू बीच “व्यवसायजन्य सुरक्षा र स्वास्थ्य” को अभियान र जागरण आवश्यक भइसकेको छ।
सहकारीका उद्देश्य र गरिनेका कामहरू
यसका ३ वटा मूल उद्देश्य छन्– सदस्यहरूको स्वास्थ्य क्षेत्रको खा“चो पूरा गर्ने, उनीहरूलाई स्वावलम्बि, सहयोगी र मितव्ययी बन्ने बानीको विकास गराउने र उनीहरूको आर्थिक र सामाजिक स्तर उठाउने। यसका लागि निम्न कामका योजना बनाइएका छन्–
१. स्वास्थ्य सहकारी क्लिनिक मनमोहन मजदुर भवनमा संचालन गर्ने
२. औषधि विक्री–बितरण गर्ने
३. क्लिनिकबाट हुन नसक्ने सेवाहरू सहुलियत दरमा काठमाडौं मोडेल अस्पतालबाट प्राप्त गराउने
४. “व्यवसायजन्य सुरक्षा र स्वास्थ्य” को अभियान देशव्यापी रूपमा संचालन गर्ने
५. तालिम दिई तालिम प्राप्त मजदुर स्वास्थ्यकर्मीहरूको एउटा समूह तयार गर्ने।
जिफन्ट स्वास्थ्य सहकारी संस्थाको संचालन र सेवाको प्रकृया
१०० रूपैया““ प्रवेश शुल्क (शेयर मूल्य) तिर्ने ५०० सदस्यहरूबाट प्राप्त रु. ५०,०००।– र जिफन्टबाट प्राप्त रु. ५०,०००।– अनुदान सहित एक लाख रूपैया““को मूल पू“जीबाट यो अभियान शुरू भएको छ। यसका अतिरिक्त प्रत्येक सदस्यले दिनको रु. १।– को दरले महिनाको ३० रूपैया“ जम्मा गर्छन्। यसरी क्लिनिक र सेवा संचालनका लागि हुने चालू खर्च रु. १५,०००।– मा जिफन्टबाट १० प्रतिशत अर्थात रु. १,५००।– प्रत्येक महिना थप गरिन्छ। हाल यो अभियान काठमाडौं उपत्यका बाहिर पनि विस्तार गर्ने प्रयत्न शुरू भएको छ। सहकारी क्लिनिकमा उपचार हुन नसकेका बिरामीहरूलाई काठमाडौं मोडेल अस्पतालमा उपचारको लागि रिफर गरिन्छ।
आपूूmद्वारा …. आपैmलाई जिफन्ट आकस्मिक कोष
आºना सदस्यहरूलाई भर–अभरमा सहयोग गर्न जिफन्टले २०५१ साल मंसिरमा आकस्मिक कोष परियोजना शुरु ग¥यो। शुरुमा रु. १ लाख अक्षय कोषमा राखी अघि बढाइएको यो अभियानमा महिनाको ५ रूपैया“ तिर्ने प्रत्येक सदस्यले कामबाट निष्कासित हु“दा, हडताल वा तालाबन्दीको समयमा तलब नपाउ“दा, बिरामी परी व्यवस्थापनद्वारा सहयोग नपाउ“दा अनुदान सहयोग गर्ने नीति बनाएको थियो। कोषको सदस्य भई ८ महिना सम्म नियमित शुल्क तिर्ने प्रत्येक सदस्यले १ वर्षको अवधिमा निष्कासित हु“दा २०००।– सम्म र हडताल वा तालाबन्दीमा न्यूनतम ज्याला बराबर क्षतिपूर्ति दिइने नियमावली बनाइएको छ।
संस्थाले सदस्यका परिवारका लागि पनि सेवा दिन्छ। परिवारका सदस्य भन्नाले परिवारमा आश्रित व्यक्ति हो। उनीहरू बाबु–आमा, छोरा छोरी, कोही पनि नातेदार वा सदस्यले पाल्नु पर्ने जो कोही पनि हुनसक्छन्। तर सदस्यले आºनो परिवारका आश्रित सदस्यहरूको नाम, उमेर र आवश्यक विवरण शुरूमै दिनुपर्छ, जसलाई सदस्यता कार्डमा उल्लेख गरिन्छ। हरेक सदस्यले आºना परिवारका सदस्यमध्ये एक जनाका लागि आपूmले पाउने सरह सुविधा पाउ“छन्। परिवारका सदस्यहरू मध्ये जो पहिला बिरामी हुन्छ, उसैले यो सुविधा वर्षभरी पाउ“छ। श्रमिक परिवारका सगोलका जुनसुकै सदस्य पनि सहकारीको सदस्य बन्न सक्छन्।
जिफण्टको एक घटक–नेयास्वमसंगठनले गरेको सामाजिक संरक्षणको काम
२०३६ सालमा स्थापना भएदेखि नै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सदस्यहरूलाई विभिन्न विषयमा सेवा पु¥याउ“दै आएको छ। संगठनको सेवा र सदस्यको आर्थिक योगदान नेयास्वमसंको कामका दुई पाटा हुन्। हरेक दिन सदस्यले लगानी गर्ने र भर–अभरमा संगठनले पूरा सहयोग गर्ने विधिलाई यसले अ“गालेको छ।
जतिखेर यातायात मजदुरहरूको दुर्घटनामा बीमा थिएन, त्यही समयदेखि यसले राहतको कार्यक्रम शुरू ग¥यो। ०३१ सालमा औपचारिक रूपमा स्थापित यातायात मजदुर भलाइ कोषले भाडाका सवारी साधनमा काम गर्ने यातायात मजदुरहरूलाई सवारी दुर्घटनामा राहत दिन शुरू ग¥यो। संगठनले भने सम्पूर्ण यातायात मजदुरलाई समेट्ने कार्य शुरू ग¥यो। भलाइ कोष र यसको बीचमा रहेको अर्को भिन्नता भनेको कोषले भाडाका सवारीको चलानीको आधारमा शुल्क संकलन गर्छ र केन्द्रिकृत रूपमा सेवा प्रदान गर्छ। तर संगठनले विकेन्द्रित रूपमा मजदुरद्वारा प्रत्यक्ष लगानीको लागि उत्पे्ररित गर्छ।
नेयास्वमसंगठनका कामका विभिन्न क्षेत्रहरू छन्। सदस्यको शुल्कबाट यसले अन्य टे«ड यूनियनले जस्तै गतिविधि संचालन गर्छ। तर स्वास्थ्य, सुरक्षा र दुर्घटनाका सवालमा प्रत्येक दिन छुट्टै शुल्क संकलन गरिन्छ र त्यही शीर्षकमा मात्रै खर्च गरिन्छ।
मेचीदेखि महाकालीसम्म हाल नेयास्वमसंगठनले १०९ स्थानबाट शुल्क संकलन गर्छ। सबैभन्दा कम सगरमाथा अञ्चलमा १ ठाउ“बाट संकलन हुन्छ। त्यसपछि मेची, महाकाली र जनकपुरमा क्रमशः ३, ५ र ६ स्थानबाट शुल्क संकलन गरिन्छ। गण्डकी, कोशी र नारायणी अञ्चलमा क्रमशः ११, १३ र १४ स्थानमा शुल्क संकलन गरिन्छ। लुम्बिनी र बागमतीमा अत्यधिक स्थानमा क्रमशः ३२ र २५ स्थानबाट रकम संकलन हुन्छ।
शुल्क संकलनको दर भने सवारी साधन र दुरी हेरी फरक फरक छ। उदाहरणको लागि गण्डकी अञ्चलले ट्याक्सी तथा साना गाडीसंग दैनिक रु. १ मात्र लिन्छ। लामो दुरीका सवारी साधन पोखरा प्रवेश गर्दा प्रति ट्रिप रु. १५ लिइन्छ।
बागमती अञ्चलको अरनिको इकाइले सबैभन्दा बढी एक ट्रिपको रु. १००।– शुल्क संकलन गर्छ। देशभरीको सरदर रेट रु. १०।– प्रति ट्रिप हुन आउ“छ।
कतिपय अञ्चलले मासिक रूपमा मात्र यस्तो शुल्क संकलन गर्छन्। मासिक शुल्क ५० रूपैंया“ प्रति सदस्य भन्दा कम छैन। नारायणी अञ्चलका विभिन्न विन्दुमा भारतबाट आउने सवारी साधनबाट समेत शुल्क उठाउने गरिएको छ।
यसरी सिंगो देशभरीबाट नेयास्वमसंगठनले मोटामोटी रूपमा दैनिक २६ हजार ४१९ रूपैया“ संकलन गर्छ। मासिक आय हिसाब गर्दा लगभग ७ लाख ९२ हजार ४४० रूपैंया संकलन भएको देखिन्छ।
खर्चको शीर्षक पनि चानचुने छैन। नेयास्वमसंगठनले संचालित शुल्कबाट हिरासत भत्ता, उपचार खर्च, सदस्यको मृत्यु भएमा दिइने खर्च, भर–अभरमा दिइने आर्थिक सहयोग, कानूनी सहायता खर्च जस्ता शीर्षकमा खर्च गर्छ। विविध शीर्षकमा– निष्कासित मजदुरलाई टोकन राहत, अस्पताल भत्ता, बिरामी हु“दाको खर्च, यात्रुको उपचारको आर्थिक खर्च र अंगभंग भएमा सहानुभूति खर्च समेत दिइने गरिएको छ।
सवारी दुर्घटना पछि हिरासतमा रहेका यातायात मजदुरलाई हिरासत भत्ता कति दिने भन्ने सवालमा ठाउ“ अनुसार फरक फरक छ। मेची अञ्चलमा रु. ४०–५० सम्म दैनिक भत्ता दिइन्छ। कुनै ठाउ“मा रु. २०० देखि ४०० सम्म पकेट खर्च मात्र दिइन्छ। जनकपुर अञ्चलमा न्यूनतम रु. ५०।– र अधिकतम रु. ७००।– सम्म दिइन्छ। नारायणीमा हिरासतमा रहेसम्म रु. ५०।– का दरले दैनिक भत्ता दिइन्छ। बागमतीमा रु. १००–१५० सम्म दैनिक भत्ताको व्यवस्था छ। महाकालीमा दैनिक रु. १००।– छ।
उपचार खर्चको व्यवस्था पनि इकाइपिच्छे फरक छ। यसो हुनुको कारण आयमा रहेको भिन्नता हो। मेचीमा सिकिस्त बिरामीलाई रु. १,५००।– सम्म र अंगभंग भएमा अवस्था अनुसारको व्यवस्था गरिन्छ। कोशीमा बढीमा ५ हजार रूपैया““ सम्म खर्च दिइन्छ। नारायणीमा जिल्ला पिच्छे फरक फरक व्यवस्था छ। जस्तो कि, पर्सामा अस्पतालमा रह“दा दैनिक रु. ५०।– को व्यवस्था छ भने चितवनमा १ हजार रूपैया““सम्म दिइन्छ, रु. ५ सय सम्मको व्यवस्था बा“की जिल्लामा छ। बागमतीका इकाइहरूमा विविधता छ। जस्तो कि धुलिखेल इकाइले रु. १० हजारसम्म खर्च गर्छ भने जोरपाटी इकाइले कूल खर्चको आधा व्यहोर्छ। लुम्बिनी अञ्चलले उपचार अनुसारको खर्चको व्यवस्था गरेको छ। सामान्य उपचारको रु. ३ सय, अस्पतालको वेडमा रहेमा दैनिक रु. ५०।–, भा“चिएको हात प्लास्टर गर्दा रु. २ हजार, खुट्टा प्लास्टरको रु. ३ हजार, पक्षाघात भएमा रु. ३ हजार, अपे्रसनमा रु. १ हजार र मगज बिगे्रमा ५ हजार रूपैया““ दिने व्यवस्था छ। यी सबै मध्ये बागमतीको अरनिको बस इकाइले नया“ परियोजना शुरू गरेको छ– १२ वर्ष नियमित यूनियन सदस्य रही ५५ वर्ष उमेर पुगेर हेभी गाडीको लाइसेन्स क्यान्सील भएका चालकलाई एक मुष्ट ५० हजार रूपैया““ आर्थिक अनुदान दिने र नियमित सदस्य दुर्घटनाबाट अंगभंग भई अशक्त भएमा एक मुष्ट रु. ४० हजार आर्थिक सहयोग गर्ने व्यवस्था छ।
सहकारीबाट भएका कामहरू
सहकारी सदस्य र अन्य व्यक्तिप्रतिको सेवामा केही भिन्नता हुन्छ। सहकारी सदस्य र उनमा आश्रित एक जनाले स्वास्थ्य जा“चका लागि सहकारी क्लिनिकमा रु. ६०।– मात्र तिरे पुग्छ। जिफन्ट र अन्य घटक यूनियनका सदस्यहरूले रु. ७०।– तिर्नु पर्छ। क्लिनिकले अन्य जनसाधारणलाई पनि सेवा प्रदान गर्छ। उनीहरूले स्वास्थ्य जा“चको लागि रु. ७५।– तिर्नुपर्छ। यस्तो डाक्टरी जा“चको लागि अरू प्राइभेट क्लिनिकमा यसको दोब्बर शुल्क लाग्छ।
जिफन्ट क्लिनिकमा प्रत्येक दिन सा“झ ४–६ बजेसम्म अनुभवी डाक्टर उपलब्ध हुनुहुन्छ। प्राथमिक उपचार र अन्य सुविधा यहा“ उपलब्ध छ।
यति मात्र नभई, गम्भीर प्रकृतिको बिरामी र थप स्वास्थ्य परीक्षणको लागि काठमाडौं मोडेल अस्पतालसंग सहकारीले सम्झौता गरेको छ। यस बापत सहकारी सदस्य र तिनका आश्रित परिवारलाई अस्पतालमा सेवा हेरी २० देखि ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। जिफन्टले यसलाई मजदुर र तिनीहरूसंग सम्बन्धितको स्वास्थ्यमा गरेको लगानी भन्ने गरेको छ। धनमा सबैभन्दा उत्तम धन स्वास्थ्य हो। त्यसको सुरक्षा र सम्बद्र्धन हुनुपर्छ भन्ने जिफन्टको धारणा हो।
अक्टोवर १२, २००० देखि डिसेम्बर ३१, २००१ सम्म यस्ता १७४ जना व्यक्तिले मोडल अस्पतालबाट सहुलियतमा सुविधा प्राप्त गरिसकेका छन्। १७४ जनाको उपचारमा कूल २ लाख ४६ हजार ६६४ रूपैया““ खर्च भएको छ। यो खर्च मध्ये ६१ हजार ६६६ रूपैया““ जिफन्टले तिरेको छ भने त्यति नै रकम ऐक्यबद्धता स्वरूप सहकारीको पार्टनर फेक्ट–नेपालबाट प्राप्त भएको छ।
यो अभियानमा पञ्च लामा, गंगाराम नेपाल जस्ता व्यक्तिहरूले २० हजार सम्म, श्रीधर र जयदेवीले क्रमशः १८ हजार र १६ हजारसम्मको सहयोग उपचारको क्रममा पाएका छन्।
यो अनुभवले बताउ“छ– नाफालाई रूपैंयाबाट मात्रै नाप्न सकिंदो रहेनछ, सेवाबाट समेत प्रत्यक्ष अनुभव गर्न सकिंदो रहेछ।
यातायात मजदुर भलाइ कोष मार्फत भएका काम
त्यतिखेर निरंकुश पंचायती व्यवस्थाको विगविगी थियो। यूनियनहरू प्रतिबन्धित थिए। राष्ट्रिय रूपमा मजदुरका समस्या उठाउने र उनीहरूलाई राहत दिने संयन्त्र नै थिएन।
यसैले २०३० सालमा यातायात मजदुरहरूले एउटा जुक्ति निकाले। मजदुरलाई शोषण गर्ने व्यवसायीकै रकमबाट मजदुरहरूलाई राहत दिने। सवारी दुर्घटना हु“दा यातायात मजदुरलाई सहयोग गर्ने मूल उद्देश्य राखेर लुम्बिनी अञ्चलको बुटवल स्थित प्रधान कार्यालयमा रहने गरी उनीहरूले एउटा संस्था खोले– यातायात मजदुर भलाइ कोष। यसको वैधताको लागि २०३१ सालमा तत्कालीन लुम्बिनी अञ्चलाधीशको कार्यालयमा संस्था दर्ता गराए। ‘कोही पनि चालक परिचालकले जेल जान नपरोस्’, ‘दुर्घटनामा परेका कोही पनि उपचार नपाएर मर्न वा अपांग हुन नपरोस्’ यस्तो भावना बोकेको भलाइ कोष अहिले सम्पूर्ण यातायात–मजदुरहरूको साझा संस्था बन्न पुगेको छ। यसको आºनो भवन सहित लाखौंको सम्पत्ति छ।
यसको नेतृत्व चयन प्रत्येक ३ वर्षमा प्रत्यक्ष मतदानद्वारा हुन्छ। हाल यातायात मजदुर कुमार थापा यसको अध्यक्ष छन् र १७ सदस्यीय कार्य समिति छ। नेयास्वमसंगठनको सदस्यहरूको भूमिकाले निर्वाचनको नतिजामा प्रत्यक्ष प्रभाव पार्दछ। नेयास्वमसंगठनले यसलाई आºनो सहयोगी संस्था ठान्दछ। कोषका अनुसार नेपाल अधिराज्य भित्र गुड्ने गाडीहरूले आपूmले यात्रा गर्ने किलोमिटरको आधारमा स्थानीय शाखा कार्यालयमा शुल्क बुझाउ“छन्। त्यसैले जुनसुकै स्थानमा दुर्घटना भए पनि कोषको प्रधान कार्यालयले केस हल गर्छ।
यसका मातहतमा १४ वटा शाखा कार्यालय छन्। हेटौंडाको शाखा कार्यालयलाई मकवानपुरदेखि पूर्वको सम्पूर्ण अञ्चलको जिम्मा हुन्छ। नेपालगंज–कोहलपुर शाखाको कार्यक्षेत्र भित्र भेरी, सेती र महाकाली अञ्चल पर्दछन्। राप्ती भालुवाङ शाखामा र गण्डकी, धौलागिरी चाहिं पर्वतको कुश्मा शाखाको क्षेत्र भित्र पर्दछ। लुम्बिनीको दरखस्वा शाखाले त भारतको नौतनवा, गोरखपुरसम्मको केस हेर्छ।
यातयात मजदुर भलाइ कोष मूलतः सवारी दुर्घनासंग सम्बन्धित संस्था भए तापनि अहिले यसले सदस्यहरूलाई विभिन्न प्रकारको सेवा पु¥याउ“दै आएको छ। उदाहरणको लागि उपचार खर्च वार्षिक १० हजार र दुर्घटनाको कारणले अंगभंग भएमा वा पक्षघात भएका व्यक्तिलाई आजीवन १ हजार मासिक भत्ताको समेत व्यवस्था छ। यसका अतिरिक्त मजदुरका एक जना बच्चालाई वार्षिक ३ हजार छात्रवृत्तिको व्यवस्था र बिरामीलाई वेड भत्ता समेतको सुविधा कोषले दिंदै आएको छ।
कोषको नियमावली पनि कडा छ। कसैले कहिल्यै पनि कोषको दुरूपयोग गर्न नसकोस् भनेर नै यदि कुनै सदस्यले चलाएको गाडी दुर्घटना भएको दिन ट्रिप शुल्क स्थानीय चौकीमा बुझाएको रहेनछ भने उसलाई केही पनि राहत दिइंदैन। तर नियमित योगदान गर्ने चालक, परिचालक, खलासी लगायतका यातायात मजदुरले दुर्घटना सम्बन्धी कुनै पनि खर्चको चिन्ता लिनु पर्दैन, कोषको प्रधान कार्यालयले जे जति लागे पनि व्यहोर्छ। कोषको अर्को महŒवपूर्ण काम भनेको दुर्घटनामा पर्ने मजदुर मात्र होइन यात्रुको समेत उपचार सदस्य सरह नै गर्नु हो।
आ.व. ०५७।५८ मा कोषसंग सम्बन्धित ८३६ गाडी दुर्घटना भयो। मानिसको मृत्यु, अंगभंग र घाइतेको संख्या ५७३ थियो। पशु–पंछीमा गाई–गोरु ४३, रांगा–भैंसी ३९, खसी–बाख्रा १०७, बंगुर ११, साइकल–रिक्सा ६३ वटा दुर्घटनामा परे। जसमा कोषले क्षतिपूर्ति र राहत स्वरूप जम्मा १ करोड, ४९ लाख ३१ हजार २५९ खर्च ग¥यो।
पछिल्लो अभियानः लघु स्वास्थ्य बीमा अभियान घोषणा कार्यक्रम
यही माघ १९ गते जीफन्ट लघु स्वास्थ्य बीमा कार्यक्रमको घोषणा कार्यक्रम नेपालगञ्जमा सम्पन्न भयो। कार्यक्रममा बा“केको सम्शेरगञ्जको स्वास्थ्य चौकी र वनकटुवाको सामुदायिक स्वास्थ्य केन्द्र बीच प्राथमिक स्वास्थ्य उपचारको लागि महासंघस“ग समझदारीपत्र आदान–प्रदान समेत गरिएको थियो ।
बा“के बर्दिया जिल्लाका श्रम गरी खाने श्रमिकहरूको स्वास्थ्य सुधार गर्ने उद्देश्यले जिफन्ट लघु स्वास्थ्य बीमा शुरु गरेको हो । लघु स्वास्थ्य बीमा अभियानका तीन वटा मूल उद्देश्य छन् – सदस्यहरूको गुणस्तरीय एवं क्षमताले भ्याउने प्रकारको स्वास्थ्य सेवाको खा“चो पूरा गर्ने, सदस्यहरूमा स्वावलम्वी, सहयोगी र मितव्ययी बन्ने बानीको विकास गर्ने र सदस्यहरूको आर्थिक र सामाजिक स्तर उठाउने । यस कार्यक्रममा बीमा कार्यक्रमको सदस्य भएपछि श्रमिक परिवारका सदस्यहरूलाई वेला–वेलामा आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरको सेवाका अतिरिक्त निम्न बमोजिमका सेवा सुविधाहरू उपलब्ध हुनेछन् – सुत्केरी हु“दाको सुविधा (साधारण वेडमा भर्ना हुने सुविधा), ल्यावरेटोरीमा गरिने परीक्षण, अपरेशनबाट सुत्केरी गराउने सेवा (साधारण वेड), हात खुट्टा वा हड्डी भा“चिएमा अस्पताल भर्ना समेत, एक्स–रे, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, इसिजी, एचआइभी, गर्भवती परीक्षण समेतका रेडियोलोजी तथा अन्य अनुसन्धान परीक्षण, साना अपरेसन, मझौला अपरेसन सेवा, मुटु सम्बन्धी रोग, दा“तको रोग सम्बन्धी सामान्य समस्या, सर्प र कुकुरको टोकाइको उपचार, इन्सेºलाइटिस आदि ।
स्मरणीय छ, यस कार्यक्रममा संलग्न हुने कृषि श्रमिक परिवारले परिवार संख्याको आधारमा रु. २०। देखि रु. ६०। सम्म प्रत्येक महिना बीमा शुल्क बुझाउने छन् ।