September 30th, 2012
राजनीतिक हिसाबले हेर्ने हो भने पहिले मजदुरको -राज्य सत्तामा) पहुँच थिएन । अहिले त संविधानसभादेखि विभिन्न स्थानमा पहुँच त रहृयो नि । हामी सबै ठाउँमा १० प्रतिशत श्रमिकको प्रतिनिधित्व हुनुपर्छ भन्नेमा पुग्यौँ । प्रधानमन्त्री होस् या राष्ट्रपति सबैमा ट्रेड युनियनको पहुँच पुगेको छ । नीति निर्माणको तहमा ट्रेड युनियनको हस्तक्षेप बढेको छ । त्यसलाई उपलब्धि मान्न सकिन्छ । मनोवैज्ञानिक र राजनीतिक हिसाबले ट्रेड युनियनको हात माथि छ, आर्थिक हिसाबले सामान्य छ । र, रोजगारीका हिसाबले हामी कमजोर छौँ । वर्षा चार लाखजति श्रम बजारमा नयाँ अनुहार आउँछन् । त्यसको साढे तीन लाखजति विदेश जानुपर्ने स्थिति छ । देशमा मुस्किलले ५० हजार मानिसले नयाँ रोजगारी पाइरहेका छन् । जब कि कहिल्यै रोजगारी नपाएका मानिस वर्षा ८१ हजार आउने गर्छन् ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड Sambidhanma majdurka adhikar
Link>> http://www.nayapatrika.com/index.php?option=com_content&view=article&id=6251:2012-09-19-05-42-21&catid=55:2012-04-22-06-49-20&Itemid=58