Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

संक्षेपमा यसपटकको केन्द्रीय निर्वाचन परिचालन अभियान

January 28th, 2018

चुनाव हुन्छ वा हुन्न भन्ने अनिश्चिय बीच नेकपा (एमाले)को नेतृत्वमा रहेको वामपक्षीय–लोकतान्त्रिक गठबन्धनको व्यापक दवावका कारण अन्ततः नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकार प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न बाध्य भयो । यसपालीको निर्वाचनमा अधिकांस केन्द्रीय नेताहरु निर्वाचनमा उम्मेदवार हुनुभएकोले निर्वाचन परिचालन, समन्वय र अनुगमनका लागि पार्टी अध्यक्षको संयोजकत्व २९ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरियो ।

केन्द्रीय निर्वाचन परिचालन कमिटी र कामको बाँडफाँड

  • संयोजक– अध्यक्ष केपी शर्मा ओली
  • आर्थिक व्यवस्थापन– सदस्यहरु अमृतकुमार बोहोरा, डा. पुष्प कँडेल, विष्णु रिमाल, खेम पौडेल
  • प्रशासनसंग समन्वय– सदस्यहरु अग्नि खरेल, युवराज कार्की, केदार सञ्जेल
  • निर्वाचन आयोग तथा कानून– सदस्यहरु अग्नि खरेल, रघुजी पन्त, बाबुराम दहाल, हरि फुयाँल, रुद्र नेपाल, रमेश बडाल
  • बुद्धिजिवी परिचालन– सदस्यहरु डा युवराज खतिवडा, डा विजय पौडेल, लालबाबु यादव, डा सुमित्रा अमात्य
  • प्रचार योजना, आन्तरिक सञ्चार र आमसञ्चार– सदस्यहरु विष्णु रिमाल, रमेश सिलवाल, लोकबहादुर भण्डारी र गणेश बस्नेत
  • डिजिटल मेडिया टीमः असगर अलि, महेन्द्र श्रेष्ठ, किरण माली, प्रेम गुरागाँई, खड्ग बस्नेत
  • कार्यालय समन्वय– सदस्यहरु मुकुन्द न्यौपाने, वेदुराम भुसाल, विन्दा पाण्डे, सावित्रा भुसाल, विष्णु लम्साल, शर्मिला कार्की, लोकबहादुर भण्डारी, मीना ज्ञवाली, आरसी बोहोरा
  • कार्यालय सहयोगी टीम– चन्द्रदेव पासवान, गजेन्द्र श्रेष्ठ, शान्ति श्रेष्ठ, रिना नेपाली, रोशन बस्नेत, कुमार र विनोद
  • परिचालन प्रवक्ता– विष्णु रिमाल

कमिटी र प्रचार कार्यः

केन्द्रीय तहमा कुनै प्रकृतिको संयुक्त निर्वाचन परिचालन संयन्त्र घोषणा हुन्छ वा हुँदैन भन्ने अनिश्चियता पार्टी केन्द्रबाट संयुक्त घोषणा–पत्र प्रकाशन भएसंगै समाप्त भयो । घोषणा–पत्र ३ लाख ५० हजारप्रति र र यसको संक्षेपीकरण ४ लाख प्रति प्रकाशन गरि वितरणको कार्य भयो ।

प्रतिरक्षा र व्याख्यामा बुद्धिजीवीः घोषणा पत्र जारी भएसंगै त्यसमा रहेका विषय वस्तुको सान्दर्भिकता र महत्वमाथि प्रचार केन्द्रीत गरियो । घोषणा पत्रको विश्लेषण, बहस र अन्तरक्रियाको नेतृत्व बुद्धिजिवी समन्वय गर्ने टीमले लियो । टिभी, अनलाईन मेडिया, रेडियो र छापा मार्फत हाम्रा विभिन्न वुद्धिजिवीहरु घोषणापत्रको व्याख्या तथा प्रतिरक्षामा जुट्नु भयो । घोषण–पत्रले के लक्ष लिएको छ, यसको कार्यान्वयन कसरी हुन्छ र यसले बोकेको सपना पूरा गर्न लाग्ने श्रोत– सामथ्र्य तथा त्यसको व्यवस्थापनका बारेमा श्रृखलाबद्ध लेख, अन्तरवार्ता र टिप्पणीमा त्यो टीम परिचालन भयो । यसलाई बल पुरयाउन डिजिटल मेडिया टीमले, सामाजिक सञ्जालमा साराँश तथा इन्फोग्राफिक्स पोष्ट ग¥यो ।

परम्परागत शैलीसंग आधुनिक प्रचारको सम्मिलनः

छोटो समयमा धेरै मतदातबीच पार्टीको आव्हान पु¥याउने उद्देश्यले परम्परागत प्रचार शैलीलाई समेत प्रयोग गरियो । ३ दशक अघि नेपालका गाँऊ घरमा घर छोडेर जानेले हवाईपत्रमा आफन्तहरुलाई आप्mनो मनको कुरा लेख्ने गर्थे । त्यसैलाई स्मरण गराउने गरी यसपटक पार्टी अध्यक्षको नाममा हवाइपत्र जारी गरियो । आपूm मतदाताबीच आउन नपाएकोमा दुःखित हुँदै किन वामपक्षीय लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्ने भन्ने आव्हान देशभरीका २० औं लाख मतदाता बीच पु¥याउने प्रयास त्यस हवाइपत्र मार्फत भयो । नेपाली भाषाको अतिरिक्त मैथिली र भोजपुरी भाषामा समेत यस्तो हवाईपत्र वितरण गरिएको थियो । यो पत्रले एकातिर भावनालाई सम्बोधन गर्ने र अर्कोतिर जननेता मदन भण्डारीको तसवीर भएको हुलाक टिकट त्यसमा अंकित गरी पार्टीको मार्गदर्शक सिद्धान्तका प्रणेतालाई स्मरण गराउने कार्यसमेत एकैचोटी गरयो । हवाईपत्र प्राप्त गर्नेले ‘केपी शर्मा ओलीको पत्र पाएँ, अब वाम गठबन्धनलाई भोट हालिन्छ, बा–आमालाई पनि भनिन्छ’ भन्ने युवा सामाजिक सञ्जाल प्रयोगकर्ताको अभियानले स्वतःस्पूmर्त रुपमा प्रचारलाई थप बल पु-यायो ।

सन्देश एक बाहक अनेक अभियानः

दोश्रो चरणको निर्वाचन प्रक्रियामा प्रवेस गरेसंगै प्रचारलाई आक्रमक बनाउने रणनीति परिचालन कमिटीले लियो । पहिलो चरणमा सुस्त देखिएको प्रचार कार्य पहिलो चरणको मतदान सकिना साथ आक्रमक बनाइयो । यो उद्देश्य पूरा गर्न टिभी सन्देश, छापा माध्यम, सामाजिक सञ्जाल, रोड व्लक, छोटा भिडियो सन्देश र ट्विटर/फेसबुक प्रतिवादका विधिहरु अपनाईयो । विशेष गरी यस सन्दर्भमा पार्टीका उम्मेदवारमध्ये मूख्य नेता, पदाधिकारी, चर्चित र युवानेता गरी २ दर्जन हाम्रा उम्मेदवारहरुको एउटै सन्देश भएको टिभी सन्देश (भिडियो) तयार गरियो । यो निर्वाचन प्रचारमा सर्वथा नयाँ प्रयोग थियो । “भुला दे डर, कुछ अलग कर” भन्ने एक टिभी च्यानलको सन्देश जस्तै हाम्रा दुई दर्जन जति चिनिएका अनुहारहरुबाट “हामी लोकतन्त्रलाई कागजमा सिमित सिद्धान्त होइन, जीवनशैली ठान्दछौ । स्वाधिनता र राष्ट्र हितलाई नारा होइन हर नेपालीको धड्कन मान्दछौ । … म ईतिहासलाई साक्षी राखी भन्दछु, हामी यस् देशको जनतालाई मतदाता मात्र होइन यस् देशको भाग्य निर्माता ठान्दछौ..” “हामी सोध्छौ, समस्या अनगिन्ती छन्, एकजनाले के समाधान गर्न सक्छ ? … तर एक हात उठाई त हेरौ≤ एक मत खसालेर त हेरौ≤ एकको तागत देखाई त हेरौ≤ देश बद्लिनेछ– तपाईंको एक मतले” भन्ने सन्देश कण्ठै बनाउने योजना सहित टिभी, यु–ट्युव, फेसबुक, र ट्विटरबाट एकैचोटी प्रवाह गर्दा विपक्षहरुको सिंगो प्रचार योजना नै गडबडिन पुगेको थियो । यही सन्देशलाई फोटो उपलव्ध अन्य उम्मेवदारको सन्देशको रुपमा उहाँहरुकै फेसबुक मार्फत प्रचार समेत गरियो ।

रोड–व्लकबाट नयाँ ट्रेण्ड सेटः

यसपटकको प्रचारमा पछिल्लो एक हप्ता रोडव्लक मार्फत गरिएको अनलाईन मिडियामाथिको हस्तक्षेप प्रभावकारी रह्यो । रोडव्लक भनेको अनलाइन समाचार खोल्दा शुरुमा आउने विज्ञापन हो । अन्य पार्टीहरुले सोच्दा पनि नसोचेको यो विधि हाम्रो तर्पmबाट प्रचारको अन्तिम हप्तामा प्रयोगमा ल्याउनसाथ मूख्य प्रतिस्पर्धी दल रन्थनिएको थियो । कतिपय मूख्य मेडिया हाउसको अनलाईन संस्करणमा रोडव्लक नराख्ने नीतिलाई समेत हाम्रो हस्तक्षेपले परिवर्तन गरिदियो । हरेकको हातमा रहेको स्मार्टफोन, ट्यावलेट, ल्यापटप र डेस्कटप कम्प्युटरमा समाचार साइट वा एप खोल्नासाथ पार्टी अध्यक्षको तसवीर सहितको– “मतपत्र हेरौं, सूर्य चिन्ह भए त्यसैमा र नभए वाम गठबन्धनको चुनाव चिन्हमा मतदान गरौं” सन्देशले प्रभावकारी प्रचारमा मद्दत पु¥यायो । कुनै समयमा एमालले पोष्टरमा इमेज प्रयोग गर्न शुरु गरेपछि पोष्टर–मेकिंगको ट्रेण्ड सेट भए झैं, यसले अनलाईन मिडियामा विज्ञापनको नयाँ क्षितिज समेत खोलिदियो । अझ प्रचारको अन्तिम समयमा सबै सञ्चार माध्यममा एमाले मात्रै देखिने गरी टिभी, रेडियो, छापा, अनलाईन खवरहरु र सामाजिक सञ्जाल ओगट्ने हाम्रो नीति यसपटक प्रभावकारी सावित भयो ।

स्वतःस्फुर्त प्रचार सामाग्रि निर्माण र वितरणः धेरै शुभेच्छुकहरुद्वारा स्वतःस्फूर्त रुपमा तयार पारिएको विभिन्न अडियो भिडियो सामाग्रि हाम्रो प्रचार अभियानलाई शसक्त तुल्याउने पुरक सामाग्रि बन्यो । पार्टी र वामगठबन्धनको पक्षका गीत, कमेडी, प्यारोडी, र विपक्षीहरुले विभिन्न समयमा बोलेका भिडियो क्लिपिंगहरु उनीहरुमाथि प्रश्न खडा गर्न शसक्त प्रचार सामग्रि बने ।

अनुगमन, समन्वय र सटिक नतीजा आकलनः

कार्यालय समन्वय टीमसहितको परिचालन कमिटीले सबै निर्वाचन क्षेत्रमा सरी अभियान सञ्चालन भइरहेको छ, कसरी विपक्षहरु परिचालित भई रहेका छन् भन्नेमा सक्दो समन्वय र सुझाव दिने काम गरि रह्यो । मतदातामा आएको लहर वा खास ठाऊमा हाम्रा मतदातामा देखिएको विकर्षणको समेत आकलन गर्ने काम भयो । यी सबैमा आधारित भएर पटक पटक नतिजाको आकलन गर्ने र त्यको संभावना आक्रम क ढंगले सञ्चार माध्यममार्फत प्रस्तुत गर्ने कामले निरन्तर पायो । शुरुमा हामीले भन्यौं हाम्रो गठबन्घन १ सय ६५ मध्ये १०० बाट उकालो लाग्छ, विपक्षी गठबन्धन ६५ बाट ओ।ालो लाग्छ । हाम्रो बीचमा कतै भेट हुन्छ । यसलाई विशेषगी नेपाली काँग्रेस ििनर्वाचन स्टण्ट ठान्यो । पछि हामीले प्रत्येक निर्वाचन क्षेत्रको आकलन ग¥यौं । हामीले निस्कर्ष निकाल्यौं– माओवादी केन्द्र कम्तिमा ३० र बढी ३६ सीटमा विजयी हुन्छ, नेकाँ २३ देखि माथी ४३ देखि तल सिमित हुन्छ । एमालेले ७३ देखि ९३ सीटको बीचमा जित निकाल्छ । तलको तालिकामा हाम्रो प्रोजेक्सन जस्ताको तसतै राखिएको छ । परिणाम आम रुपमा हामीले भने जस्तै भयो, माकेले अधिकतम ३६, नेकाँले न्यूनतम २३ र हामीले बीचको ८० सीटमा जित हासिल ग¥यौं ।

आङ्कलन र परिणाम

प्रदेश

नम्बर    नेकपा (एमाले)  माओवादी–केन्द्र नेपाली काँग्रेस

आकलन           परिणाम            आकलन           परिणाम            आकलन           परिणाम

कम्तिमा बढीमा               कम्तिमा बढीमा               कम्तिमा बढीमा

१          १५        १९        १६        ०३        ०५        ०६        ०४        ०७       ०५

२          ०५        ११        ०२        ०५        ०६        ०५        ०५        ०९        ०६

३          १८        २२        २०        ०६        ०७       ०७       ०३        ०८        ०५

४          १०        १२        १३        ०४        ०४        ०३        ०२        ०४        ०१

५          १३        १३        १२        ०६        ०७       ०७       ०४        ०५        ०५

६          ०६        ०६        ०६        ०४        ०४        ०५        ०२        ०२        ०

७         ०६        १०        ११        ०२        ०३        ०३        ०३        ०८        ०१

जम्मा    ७३       ९३        ८०        ३०        ३६        ३६        २३        ४३        २३

उपलव्धि र कारणः केही निर्वाचन क्षेत्रलाई अपवाद र आकस्मिक मानने हो भने यसपटकको निर्वाचनमा हाम्रो पक्षमा आएको परिणाम आश्चर्यजनक वा आकस्मिक हैन अपेक्षित हो । शुरुदेखि नै हाम्रो पक्षमा लहर थियो, लहर आयो, लहर देखियो । विशेषगरी ुई पार्टी बीचको गठबन्धनले दिएको मनोवैज्ञानिक सन्देश सबैभन्दा बलशाली रह्यो । यसले ‘मार्जिनल’ मतलाई क्षमा प्रभावित गरेपनि केही सिट जित–हारामा त्यसको भूमिका महत्वपूर्ण रह्यो । यसपटकको गठबन्धनले जनतामा रहेको स्थायित्व र समृद्धिको भोकलाई सम्बोधन गर्न सक्यो । दुई पार्टी मिलेपछि जित्छन् जित्छन् र त्यसले पाँचबर्ष स्थीर सरकार चलाउन पुग्ने मत आउँछ भन्ने विश्वास गठबन्धनले दिन सक्यो । एकातिर हामीले हाम्रो समृद्धिको योजना के हो भन्ने विभिन्न तरिकाबाट प्रचार गरी रह्यौं, अर्कातिर विपक्षी नेकाँले आप्mनो एजेण्डा भन्दापनि वामगठबन्ध विरुद्धको नकारात्मक प्रचार अभियानलाई मात्रै निरन्तरता दियोे । यो पनि निर्वाचनमा सञ्चालनमा सकारात्मक हुन पुग्यो ।

परिचालन कमिटीले इलाम देखि डडेलधुरासम्मका १२ जिल्लालाई अति संवेदनशील जिल्लाको रुपमा सूचिकृत गरेको थियो । ती जिल्लाहरुमा सरकारले नतिजा आप्mनो पक्षमा पार्न, धाँधलीको उद्देश्य सहित ओहोदावालाहरुको ‘सेट्ङ्गि” मिलाएको अन्दाज कमिटीलाई थियो । कमिटीको निरन्तर खवरदारी र हस्तक्षेपले ती जिल्लाहरुमा निर्वाचन परिणाम अनेपेक्षित क्षतिबाट जोगियो ।

उपलव्धि र कमिटी विघटनः यसपटक प्रत्यक्ष निर्वाचनमा विजयीहुने गठबन्धनका प्रत्येक सदस्यको परिणाम घोषणा हुनासाथ अध्यक्षको तर्फबाट उममेदवारको तसबीर सहित बधाई तथा सफल कार्यकालको शुभकामना सामाजिक सञ्जालमार्फत औपचारिक रुपमा दिने काम भयो । यसलाई धेरैले ‘स्मार्ट’ मुभको रुपमा लिए । निर्वाचनको अन्तिम परिणामसंगै पत्रकार सम्मेलन आयोजना गरी दुवै अध्यक्षद्वारा सबैलाई धन्यवाद ज्ञापन गरे लगत्तै त्यहीं नै परिचालन कमिटीको बैठक आयोजना गरियो । अध्यक्षले विहानदेखि बेलुकासमम खट्ने परिचालन कमिटीका सबै सदस्यहरुलाई धन्यवाद दिंदै केन्द्रीय निर्वाचन परिचालन कमिटी बिघटन भएको घोषणा गर्नुभयो ।

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.