Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

वाम एकता सर्जिकल स्ट्राइक हैन, पाँच-सात महिनादेखि घनिभूत लागेका थियौं

October 6th, 2017

यो सर्जिकल स्ट्राइक होइन। यो एक्कासी भएको पनि होइन। कांग्रेसका नेताहरुले थाहा भएर पनि सिरियस्ली नलिनु भएको मात्र हो। यो दीर्घकालीन योजनाअनुसार नै भएको हो। पाँचदेखि सात महिना अगाडिदेखि भने घनिभूत रुपमा काम भएको  हो।  परिणाममात्र अहिले देखिएको हो।

x1-DSC_16931.JPG.pagespeed.ic.NscNNz6zok.jpg

दशैं चलिरहँदा राजनीतिमा अप्रत्याशित तरंग सिर्जना भयो। सधैं टुट्ने फुट्ने उपमाले चिनिएका वामपन्थी दलहरु एकाएक मिलनको खबर सार्वजनिक भयो। राष्ट्रिय राजनीतिमा वाम एकताले नयाँ तरंग सिर्जना गर्‍यो। वाम एकताको काउन्टरमा लोकतान्त्रिक गठबन्धन निर्माणको पनि अग्रसरता अघि बढ्यो। सुत्रधारहरुले लामो प्रयासपछिको परिणाम बताए पनि अप्रत्याशित घटनाक्रम एक हिसाबले ‘सर्जिकल स्ट्राइक’ थियो। कसरी सम्भव भयो अप्रत्याशित परिणाम? कसरी अघि बढ्छ चुनावी तालमेल? के एकीकरणले निरन्तरता पाउँछ? समग्र विषयमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य विष्णु रिमालसँग पहिलोपोस्टका लागि रमेश वाग्ले र सविन ढकालले गरेको कुराकानीः

वाम एकताले त सर्जिकल स्ट्राइक नै गर्नुभयो त। कांग्रेसले केही सोच्न नै भ्याएन। कसरी सम्भव भयो?

यो सर्जिकल स्ट्राइक होइन। यो एक्कासी भएको पनि होइन। मैले कांग्रेसका नेताहरुको कुरा सुन्दा उहाँहरुले थाहा भए पनि सिरियस्ली नलिनु भएको मात्र हो। यो दीर्घकालीन योजनाअनुसार नै भएको हो। सुशील कोइरालाजीको पालामा नै दुईटा ठूला पार्टी सँगै नबस्ने अवस्था देखियो।  संविधान जारी भएपछि नै नेपालमा दुईदेखि तीन धार नेपाली राजनीति हुनु हुँदैन भन्ने थियो। एउटा धारको नेतृत्व कांग्रेसले गर्छ अर्को एमाले नै गर्छ भन्ने हाम्रो बुझाई थियो। यही बुझाइलाई लिएर गृहकार्य शुरु गरेका थियौँ। पाँचदेखि सात महिना अगाडिदेखि भने घनिभूत रुपमा काम भएको  हो।  परिणाममात्र अहिले देखिएको हो।

कांग्रेसका नेताले माओवादीलाई राम्रोसँग बुझे पनि एमालेलाई बुझ्न सकिएन भन्दै अभिव्यक्ति दिइरहेका छन्। किन होला?

कांग्रेसले एमालेलाई नबुझ्ने कारण नै छैन। अहिले हामीले जे भनेका छौं पहिले पनि त्यही भनेका हौं। दुईमात्र एउटा बाटोमा जाने कि तपाईहरु एउटा मोर्चा बनाउनुहोस् कि हामी बनाउँछौं। प्रतिस्पर्धा कस्को बीचमा हुन्छ भने खुल्मखुल्ला भनेका हौं। यदि दुई पार्टीबीच प्रतिस्पर्धा गर्दा आप्ठेरो हुन्छ भने तीन मेजर पार्टीबीच राष्ट्रिय सहमतिको सरकार बनाउँ भनेको हो। उहाँहरु सहमतिको सरकार पनि नबनाउने आफ्नो मतहतमा आएर बस्नुपर्छ भन्ने भयो। कांग्रेसले जहिले बहुमत ल्याउँछ, दशा लागेको जस्तो देखिन्छ। पार्टीभित्र नै गुट चलेको छ, यसले परिवर्तन हुँदैन भन्ने लागेको हो। कांग्रेसले बहुमत बचाएन। शेरबहादुरजीलाई पटक-पटक मिलेर जाउँ भनेकै हो। यतिभन्दा पनि नबुझ्न्ने भन्ने त कारण नै छैन।

एमाले भनेको लार्जेस्ट पार्टी हो। बहुमत ल्याएर सरकार बनाउने पार्टी किन ६० प्रतिशतमा आफूलाई खुम्च्याएर वाम एकता गर्ला भनेर कांग्रेसले  पत्याएकै रहेन छ नि?

त्यो त पोल्टिकल ट्रिक हो। कांग्रेसले पनि ३० प्रतिशत र प्रधानमन्त्री दिन्छु भनेकै रहेछ त। काग्रेस चाहिँ किन ७० प्रतिशतमा खुम्चिन खोजेको रे त?  त्यो कुनै लजिकल नै भएन। चुनाव अनेक ट्रिक हुन्छ।

सिद्धान्तको आवरणमा माओवादीसँगको सहकार्य देखिएको छ तर यो कतै मंसिरको चुनावका लागि मात्रै त होइन?

यसरी बुझ्नुस्, तत्काल त चुनावको लागि नै हो। यसलाई लुकाउन मिल्दैन। हृदयश त्रिपाठीसित चुनावको तालमेल मात्र हो। उहाँले हाम्रो चुनाव चिह्नमा लड्नु हुँदैछ। उहाँसित चुनावको तालमेल मात्र हो कुनै सिद्धान्त एकताको कुरा छैन। तर, माओवादी केन्द्र र बाबुरामजी को नयाँ शक्तिसँग भने त्योभन्दा परको कुरा गरेका हौं। एउटा सैद्धान्तिक विषयमा बहस गरौं भनेका हौं। चुनावपछि यति सिट जित्यो, उसले गर्दा हार्‍यो भन्ने बहस गर्नेभन्दा पनि जे आउँछ परिणाम एकता गरेर जाने भनेका छौं। नेता, इगो, पद भन्ने कुरा ठूलो नहोला हामी छोड्न तयार हुन्छौं।

योभन्दा अगाडि दुई पार्टीबीच भएका सहमति हेर्दा अहिलेको सहकार्य पनि धेरै अगाडि नजाला भन्ने शंका त देखिन्छ?

ठीकै हो। अगाडि पनि राजनितिक दलले विश्वसको काम नगरेकाले शंका गर्ने ठाउँ छ। कुरा के हो भने चुनावलाई अहिले चाहिँ अगाडि देखाएर अथवा एकीकरण देखाएर चुनाव तालमेल मात्र गर्न खोजेका हैनौं। एकीकरणको नाम देखाएर चुनावको तालमेल गर्न खोजेको भए मंसिर २१ गते आउने परिणामसहित सँगसँगै नयाँ कुरा होला जस्तो लाग्छ। हामीले अगाडि नै एउटा परिणाम निकालिसकेका थियौं।

700x438x1-DSC_1651.JPG.pagespeed.ic.dPqYpxxp7C.jpg

माओवादीका साथीहरुले सिकसिको मान्नु भयो अप्ठेरो मान्नुभयो। एकीकरण एउटै चुनाव चिह्नमा जाने तयारीमा नै थियौं। हामी ‘मोस्ट स्यौर’ गर्न खोजेका थियौं। सबै जनतालाई विश्वास गर्ने साँच्चिकै एउटै पार्टी बनाएर जाने देखाउन खोजेका थियौं। २४ घन्टामा के कुरा कुरा मिलेन र भएन। बहुमत ल्याउनमात्रै दुइटा पार्टी मिलेर यति गर्नुपर्छ जस्तो लाग्दैन। हामी राप्रपा र अन्य पार्टीसँग यस्तो कुरा गर्दैनौं नि। नन् लेफ्ट पार्टीसित एकीकरणको कुरा गर्दैनौं।  वाम  दलहरुसँग भने सारमा लुकेर बसेर छुटाछुटै बस्नु जरुरी छैन भन्ने हो।

 

जुन तपाईहरु सर्जिकल स्ट्राइक गर्नुभयो कति नेतालाई पत्तै भएन। यसले पार्टीमा के असर पारेको छ? किन त्यस्तो गर्नुभयो?

देशको समस्या के हो भने एउटा उहादहरण नै दिन्छु। संविधान जारी गर्ने दिन ढोका थुनेर सही नगराएको भए संविधान नै आउँदैन थियो। किन कसरी नसोध्नुहोस्। त्यही कार्यले गर्दा दुई पार्टीबीचका शीर्ष नेताले मन खाएका व्यक्तिहरुलाई नै यो गृहकार्यमा खटाइएको थियो। जो व्यक्तिलाई खटाइयो उहाँहरुलाई केही लागेन। जसलाई पछि थाहा भयो उहाँहरुलाई मात्र सर्जिकल जस्तो लागेको हो। यसको कारण कसैले नबिगारुन भन्ने थियो। हामी त यो तेस्रो चरणको निर्वाचन असोज २ गते नसारेको भए भदौको दोस्रो सातामा नै घोषणा गर्ने तयारीमा थियौं। डेट नै तयार भएको थियो।

 

सेकेन्ड लेयरका नेतालाई नै विश्वासमा नलिई गर्दा यसको परिणाम नकारात्मक देखिने त होइन ?

कमिटीको विषयमा सबै नेताले ट्रस्ट नै गर्छन्। विगतमा छरितो कमिटी बनाउँथ्यौ मन खोलेर कुरा गर्ने वातावारण हुन्थ्यो अहिले समावेशी र समानुपातिक कमिटी छ। सबै साथीहरुको स्तर एउटै छैन। बैठकका एजेन्डाहरु लामो-लामो हुन जाने भएकाले त्यो तरिकाले अगाडि जान सकिँदैन भनेर छरितो प्रणाली अपनाएका हौं। स्थानीय कमिटीका धेरै साथीहरुलाई थाहा नै थियो। सचिवालयमा गएकालाई अलिअलि अन्दाज थियो। एमालेभित्र कमसेकम अनर्थ भयो उत्पातै भयो भन्ने रहेन। एमालेभित्र अप्ठेरो परेको भने छैन। यो लेयर त सन्तुष्ट नै छ।

अबको निर्वाचनले साना दललाई स्क्रिन आउट गराउने देखिन्थ्यो। तर वाम तालमेलले त सबैलाई उपस्थित गराउने देखियो नि त? पहिले कै ढाँचामा गयो हैन र?

अहिलेको स्थानीय तहको परिणाम हेर्दा त एक प्रतिशत थ्रेसहोल्ड कटेको पार्टी त पाँच छ वटा त छ नि। तीन प्रतिशत कटाउन गाह्रो छ। जस्तो गठबन्धन हुँदा छरपस्ट हुने समायोजनलाई तल तलको काटमार कम हुने भयो। यसले त भविष्यमा दुईदेखि तीन पार्टी बनाउने  सिस्टम पो बनायो त झन्। 

यो कोलीसन टु प्सस टु फोर नै हुन्छ?

हा….हा  फोर नै हुन्छ हो। कांग्रेसले गठन गरेको गठवन्धनले आकार लिन्छ लिँदैन भन्नेमा शंका छ मलाई। त्यसले आकार लिए एउटा निष्कर्ष निकाल्छौं। कति त एमालेको कोलिसनमा नै आउँछन् भन्ने लागेको छ।

त्यसो भए तपाईहरु खोस्ने तयारीमा हुनुहुन्छ?

हामी त ढुक्क भएर बसेका छौं। साथीहरुलाई आउनुहोस् भनेका छौं। राजनीति कर्ममा लगेका मान्छे आकलन त गर्छन्। हावा कता बगेको छ विचार गर्छन्। मेजर पार्टीले आफूलाई सुदृढ गर्न प्रयास गर्छन्। साना पार्टीले जता हावा बगेको छ त्यतै जाँदा सुरक्षित महसुस गर्छन्। कसैले आफ्नो अस्तित्व सुरक्षित गराउन खोजिरहेका छन् भने एमाले चाहिँ वास्तवमा उनीहरुलाई साथ दिन्छ।

उपेन्द्र यादवको पार्टीलाई बोलाउन खोज्नु भएको हो?

हामी त्यो हदसम्म पुगिसकेका छैनौं। उपेन्द्र यादवलाई मात्र किन विजय गच्छदारसँग पनि त राम्रै छ नि। राजपा कहाँ कति नेतासँग राम्रो छ। सर्जिकल एट्याक गर्दै जाने हो भने सम्भावना त अरुतिर पनि छ नि।

अझै पनि बहुमत पुग्दैन भन्ने लागेको हो?

१ सय ६५ मा त हामी ७० त नाग्छौं। यदि माओवादी पनि सूर्य चिन्हमा लड्ने भए ४५ देखि ५० प्रतिशत पपुलर भोट आउँथ्यो। दुई तिहाइ पुर्‍याउन लागि रहेका हौं।

निर्वाचन क्षेत्रको छनोट कठिन हुने भयो त? कसरी व्यवस्थापन गर्नुहुन्छ?

हामी १ सय ६५ स्थान कै सिफारिस लिन्छौं। माओवादीले पनि १ सय ६५ कै सिफारिस ल्याउँछ। त्यसपछि हामीले नयाँ शक्ति र अरुको भाग छुट्याउँछौं। छुट्याउने आधार के भने २०७० सालको निर्वाचन र स्थानीय तह नै हो। जित र पपुलर भोट हेरेर नै छनोट गर्छौ।

चुनावपछिको समीकरण के छ ?

पाँच वर्षको कार्यकाल हुन्छ बहुमत त ल्याइहाल्छौं । प्रधानमन्त्रीको अवधि मिलाएर बाड्छौं। त्यो दुई र तीन वर्ष अथवा आधा-आधा पनि हुनसक्छ ।

More>>

वाम एकता सर्जिकल स्ट्राइक हैन, पाँच-सात महिनादेखि घनिभूत लागेका थियौं

<http://www.pahilopost.com/content/-40048.html>

माओवादीका मन्त्री हटाए पनि एमाले मौन रहन्छ : विष्णु रिमाल

<http://www.pahilopost.com/content/-40028.html>

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.