Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

मे दिवस- २०१२ को शुभकामना !

April 30th, 2012

मे दिवसमा हामीहरु– अगस्त स्पाइस, अल्वर्ट पार्सनहरुको शोषण विरुद्धको ‘विद्रोह’ र विद्रोहमा सामेल भए वापतको सहादतलाई स्मरण गर्दै आएका छौं । हामीहरु मध्ये कतिले आफुलाई ‘क्रान्तिकारी’ र भिन्न देखाउन ‘उ बेला’का विभिन्न नारालाई जस्ताको तस्तै चपाउने– निल्ने र ओकल्ने समेत गर्दै आएका छौं ।

भनिन्छ– आदर्श सपना नभएको विश्व मानचित्र एक नजर हेर्न लायक पनि हुन्न (A map of the world that does not include Utopia is not worth even glancing at) । त्यसै भएर होला विसौं शताव्दीका विद्रोहका ‘गुरु’ चे ग्वे भाराले भनेका थिए– असम्भवलाई संभव बनाउन– वास्तविकतामा आधारित होऊ (Be realistic– demand the impossible)!

पूर्ण पाठ को pdf फाइल डाउनलोड Greeting May Day2012

मे दिवस, ईस्वी सम्बत्को पाँचौ महिनाको पहिलो दिन मात्रै होइन, यो विश्वव्यापी ऐक्यवद्धता दिवस हो ! वितेका समयको संघर्षलाई स्मरण गर्ने र असल भविष्यप्रति आसा प्रदर्शन गर्ने दिन हो । मे दिवस, महिनाको १ तारिख त अवस्य हो तर विशेष महत्व सहित को ! श्रमिकहरुकालागि ‘एउटालाई चोटलाग्दा सबैलाई दुख्छ’ भन्ने कुरा स्मरण गर्ने ऐतिहासिक दिन हो !

संधै झैं यस वर्ष पनि विश्वभरी नै मे दिवस धुमधामका साथ मनाइदै छ । नेपाली श्रमिकहरु स्वदेशमा मात्र हैन, आपूm कार्यरत विदेशी भूमिमा पनि मे दिवस मनाउँदै छन् । आ–आफ्नो देशको ठोस आवस्यकता अनुरुपको श्रमिकका अपेक्षालाई प्रचारित गरिंदै छ । जिफन्टले यसपटक सगरमाथाको वेस क्याम्पमा समेत मे दिवसको झण्डा फराउँदै छ ।

अमेरिकाको चर्चित ‘वाल स्ट्रीट कव्जाकारी’हरुले यो वर्षको मे दिवसमा ‘९९ प्रतिशत’ भन्ने शव्दलाई विशेष जोडका साथ उठाई रहेका छन् । उनीहरुको दावी छ–

  •  हामी सबै श्रमिक हौं,
  •  हामी सबै आप्रवासि हौं,
  •   हामी सबै ९९ प्रतिशत हौं ! हामी ९९% पीडित हौं, अमेरिकामा मोज गर्ने त १% मात्र हुन् !

मे दिवस पिडित श्रमिक ९९%को हो । त्यसैले, उनीहरुको आह्वान छ– ‘तपाइले जे काम गरिरहनु भएको छ, मन परेको छैन? नर्गनुस् ! १ दिन (मे दिवसमा) त कम से कम आफुलाई मन परेको काम गर्नु होस्! तपाइले गरिरहेको काम मन परेको छ? निर्धक्क गर्नु होस् ! यसलाई अझै गरुँ गरुँ लाग्ने तहमा उकास्नोस् र सबैले थाहा पाउने गरी प्रचारित गर्नुहोस्!!’

मे दिवसमा हामीहरु– अगस्त स्पाइस, अल्वर्ट पार्सनहरुको शोषण विरुद्धको ‘विद्रोह’ र विद्रोहमा सामेल भए वापतको सहादतलाई स्मरण गर्दै आएका छौं । हामीहरु मध्ये कतिले आपूmलाई ‘क्रान्तिकारी’ र भिन्न देखाउन ‘उ बेला’का विभिन्न नारालाई जस्ताको तस्तै चपाउने– निल्ने र ओकल्ने समेत गर्दै आएका छौं ।

भनिन्छ– आदर्श सपना नभएको विश्व मानचित्र एक नजर हेर्न लायक पनि हुन्न (A map of the world that does not include Utopia is not worth even glancing at) । त्यसै भएर होला विसौं शताव्दीका विद्रोहका ‘गुरु’ चे ग्वे भाराले भनेका थिए– असम्भवलाई संभव बनाउन– वास्तविकतामा आधारित होऊ (Be realistic– demand the impossible)!

मे १, १८८६ मा ‘आठ घण्टा काम’ को माग गर्दै शिकागोमा संघर्षमा उत्रिएका श्रमिकलाई आग्रह गर्दै एकजना प्रकाशकले यस्तो पर्चा छापेका थिए–

  • हतियारलैस होऊ श्रमिकहरु !
  •   महलमा युद्ध, झुपडीमा शान्ति, र सुविधाभोगी अल्छिहरुलाई मृत्यु !
  •  विश्वको दुःखको मुख्य कारण हालको ज्याला प्रणाली नै हो । यो धनिवर्ग कै कारणले भएको हो, र यसको अन्त्यको लागि या त उनीहरुले पनि श्रम गर्नुपर्छ या मर्नुपर्छ !
  •   एक ट्रक मतपत्रभन्दा एक पाउण्ड डाइनामाइट असल हो !
  •  ८ घण्टा– कामको समयको माग गरौं, पू“जीवादी रक्तपिपासुहरु, प्रहरी र मिलिसियालाई सटिक जवाफ दिन हातमा हतियार बोकौं !

के हामीले हाम्रो मे दिवसमा यस्तै माग गर्न उपयुक्त होला? या भनौं हामीले के कुरा हाम्रो मे दिवसमा चर्चा गर्नु उचित होला? यी कुराहरुको हाम्रो सन्दर्भमा के अर्थ लाग्छ?

हाम्रो विचारमा इतिहासका पानामा दर्ज भएका यी भावनाको अर्थ हो– आज सम्भव देखिएका कामहरु हिजो असम्भव थिए, त्यसबाट पाठ सिक! प्रप्तिको लागि संघर्ष गर!!

अमेरिकाको श्रमिकले अङ्क ९९ लाई आप्mनो झण्डा बनाए झैं हामीले वितेका वर्षमा अङ्क ८७ लाई चर्चामा ल्याएका थियौं र माग गरेका थियौं– संगठन स्वतन्त्रता सम्बन्धि आइएलओको महासन्घि अनुमोदन गरπ यो वर्ष अङ्क १० लाई हामीले नेपाली युनियन आन्दोलनको झण्डा बनाएका छौं । १० अर्थात १० प्रतिशतπ जारकालिन रुसमा प्रतिनिधित्वको हिसाव– १ पूँजीपति बराबर ४७ श्रमिक भन्ने थियो । गणतन्त्र नेपालमा, जहाँ वाम–लोकतान्त्रिक आन्दोलनका अगुवाहरु शासन सत्तामा हुनुहुन्छ≤ हामी नेपाली बीच “३७.८%जनजाती, १३%दलित, ३०.२%अन्य जाति, ३१.२% मधेसी र ३३%भन्दा बढी महिला प्रतिनिधित्व बराबर 0% श्रमिक”को फर्मुला लागु भएको छ । बहिस्करणमा परेकाहरुलाई केन्द्रमा ल्याउन अपनाइएको ‘समावेसीकरण’को फर्मुला त्यही-त्यही समुदाय, लैङ्गिक पहिचान र क्षेत्रका ‘टाठा–वाठा’का लागि बुईगलमा पुग्ने ‘छ्डके भरयाङ्ग’ बन्दै छ ।

यो अन्याय हो । त्यसैले हामीले माग गरेका छौं– अवको राज्य संरचनाको सबै जनप्रतिनिधिमुलक निकायमा श्रमिकहरुको निर्वाचन क्षेत्र अलग गर π जुनसुकै जाती/जनजाती लिङ्ग वा क्षेत्रका भएपनि जनसंख्याको झण्डै आधा हिस्सा ओगट्ने श्रमिकहरुको हालललाई १०%प्रतिनिधित्वको व्यवस्था गर π स्वदेशमा होस् वा विदेशमा आप्mनो पसिनाबाट राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जीवन विताई रहेका श्रमिकहरुको सम्मान गर !

देशभित्रका सबै उद्योग–व्यवसाय, कलकारखाना, खेत–खलिहान, निर्माण र सेवाका विविध क्षेत्रमा कार्यरत श्रमिक एवं राष्ट्रसेवक ज्यालाजीवी वर्गमा म जिफण्ट, यसका सबै सदस्य संघ र यसमा आवद्ध ३ लाख ५० हजार भन्दाबढी सदस्यहरुको तर्फबाट मे–१ अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । मुलुक बाहिर विभिन्न देशमा परिश्रम गरिरहनु भएका सबै नेपाली प्रवासी श्रमिकहरुमा ‘सुरक्षित आप्रवासन–मर्याादित श्रम’को सुभेच्छा सहित हार्दिक शुभकामना व्यक्त गर्दछु !

एक होऔं !

श्रमजीवी वर्गको एकता जिन्दावाद!!

विष्णु रिमाल
अध्यक्ष

मे १, २०१२

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.