Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

मेरो बुझाईमा अखिल ट्रेड यूनियन महासंघ

October 8th, 2014

अखिल नेपाल ट्रेड युनियन महासंघको आसन्न महाधिवेशनको अवसरमा प्रकाशन गर्न लागिएको मजदुर बुलेटिनको विशेषाङ्कमा “अन्टुफका सकारात्मक र नकारात्मक पक्षका बारेमा सङ्क्षेपमा लेख्न” मलाई पनि पत्र लेखिएको रहेछ । संगठनको पक्षमा दुई÷चार लाइन लेख्न त गाह्रो थिएन तर त्यसको महाधिवेशनको सन्दर्भमा प्रकाशन हुन लागेको महत्वपूर्ण सामग्रिमा “नकारात्मक” टिप्पणी चाँहि गर्ने कसरी? म अलि अप्ठ्यारोमा परें । त्यसमा पनि कुनै समय सम्बन्ध चिसो रहेको बेलामा जस्तो भए “लौ जा, लेखिदिन्छु” भन्न सकिन्थ्यो होला । तर अहिले, संगसंगै काम गरिरहेको बेला “छिद्रान्वेषि” हुन खोज्नु कुनै पनि हिसाब उपयुक्त हुने मलाई लागेन ।

‘सकारात्मक र नकारात्मक’ भन्नु को अर्थ, प्रतिस्पर्धी संगठनबाट ‘अन्टुफको संपरिक्षणको लागि’ गरिएको आव्हानको रुपमा मैले बुझें । २०६३ को शान्ति प्रक्रियासंगै खुल्ला गतिविधिमा पूर्णगतिसंग क्रियाशिल अन्टुफका गतिविधिलाई सरसर्ती नियाल्दा, श्रमको संसारमा यसले आप्mनो उपस्थिति महसुस गराउन छोटो अवधिमा गरेको गतिविधि नै सायद प्रमुख सकारात्मक पक्ष थियो की भन्ने मैले ठानें ।

तत्कालिन समयमा राज्यको दृष्टिमा चार÷चार वटा यूनियनहरु प्रभावकारी भूमिकामा रहिरहेको वेला आप्mनो छुट्टै ‘स्पेस’ खोज्नु, आपूmले पहिचान गरेको स्पेसमा प्रभाव विस्तार गर्नु र त्यसमा प्रवेशको रचानात्मक एवं बलशाली विन्दु पहिचान गर्नु शुरुको दिनमा अन्टुफले खेलेको सबैभन्दा सकारात्मक पक्ष थिए । ‘श्रमको संसारमा सबैतिर पस्ने, सबैलाई आक्रमक तरिकाले आपूm तिर आकर्षित गर्न प्रयत्न गर्ने, हरेक श्रमिकमा रहेको निराशामा टेकी उनीहरुमा व्यवस्थापन एवं राज्यप्रति आक्रोस सिर्जना गर्ने र “कसैले गरेनन् तर हामी आयौं नी” आसयमा आक्रोसित श्रमिकलाई आप्mनो संगठनको घेरामा कुशलतापूर्वक हुल्ने’ कामलाई उदाहरणको रुपमा चर्चा गर्नु यहाँ सान्र्दभिक होला भन्ने म ठान्दछु ।

यो टिप्पणी तयार गर्नु अघि मैले आफूसंग रहेको अन्टुफका केही कागजातहरु पनि सरसर्ती हेरें । ०६४ भदौ २६ गतेको “विशेष केन्द्रीय कमाण्ड”को सर्कुलरको एउटा अंश– “… १ महिना भित्र १ लाख सदस्यता वितरण गर्ने निर्णय भएको छ । जसको रणनीतिक लक्ष्य र उद्देश्य ४ महीना भित्रमा जिफन्ट ‘बढार्ने’ निर्णय भएको छ ।” ले भने मलाई एकैछिन अचम्मित तुल्यायो । यससंगै मैले केही घटनाहरु स्मरण गरें ।

“०६४ असोज ३० गते काठमाडौंको नेपाल वायु सेवा निगमको मुख्यालय अगाडि जिफन्टका वरिष्ठ नेताहरूमाथि आक्रमण, त्यही समयमा कोशी अञ्चल अध्यक्षमाथि आक्रमण, कात्तिक ५ गते होटल मल्लका जिफन्टका नेताहरूमाथिको सांघातिक आक्रमण, मंसीर १८ गते जिफन्टका संस्थापक नेतामाथिको दुरव्यवहार… ग्रुपफोर लगायत जिफन्ट आवद्ध केही यूनियनका कार्यालय तोडफोड र जवरजस्ती कार्यालय कब्जा, जिफन्टको आधिकारिक यूनियन भएको केही स्थानमा व्यवस्थापनसंग भएका संझौताको विरुद्ध “अर्को मागपत्र र अर्को हडताल आदि” सायद यी र यस्ता घटना त्यो बेलाका नकारात्मक कामका सूचि थिए की?

सायद ती घटनाहरु ‘कसलाई जोडबल गर्दा आप्mनो बनाउन सकिन्छ, कसको बाटो छेक्दा अघि बढ्न सकिन्छ र कसप्रति रातो आँखा लगाउदा समेत काम चल्छ’ भन्ने नीतिबाट पो अभिप्रेरित थिए की भन्ने पनि म ठान्दैछु । जस्तो की एउटा वाम पक्षीय ट्रेड युनियन हुनुको नाताले ‘जति जिफन्टवालालाई तान्यो त्यत्ती नै रुपान्तरणमा सहज हुने’ बुझाईमा “आक्रमणको तारो जिफन्टलाई बनाउने”, सत्तामा गिरिजा वावुसंगको सम्बन्धका कारण “ट्रेड युनियन काँग्रेसलाई फुस्लाउने र डिकोन्टलाई तर्साउने मात्र”को नीति पो थियो की भन्ने लख काट्न सकिन्छ । तर जे सुकै भएतापनि, ‘जिफन्ट–एनटियुसी–र अन्टुफ’को स्पेस छोटो समय मै निर्धारित हुन पुग्यो । व्यवस्थापनको गुदी भागमा रहेका कर्मचारीबीच ट्रेड युनियन काँग्रेस, स्थायी–अस्थायी नियमित श्रमिक वीच जिफन्ट र ज्यालादारी– करार/कन्ट्रयाक्ट एवं आउटसोर्स जस्ता अनिश्चित कामका रहेका श्रमिकबीच अन्टुफ क्रियाशिल हुन पुग्यो ।

र, ‘संलग्नता–बहस–समझारी र सहकार्य’को बाटोमा मूलतः जिफन्ट सहितका युनियनहरुसंग अन्टुफको संगत तत्कालै बढ्यो । एक हिसाबले ‘आन्दोलनमा लडाकुपन र व्यवहारमा लचकता’को तुलनात्मक रुपमा “ठीक” ठाउँमा अन्टुफ आईपुग्यो । यसले कतिपय सन्दर्भमा श्रम संझौताकोलागि सहज अनुकुलता पनि सिर्जना गर्यो । जसरी गणतन्त्र घोषणामा ‘माओवादी कार्ड’ले हिचकिचाहटमा रहेका गणतन्त्र पक्षधर पार्टीहरुलाई लाभ भयो त्यसै गरी अन्टुफको भूमिकाले वर्षौंदेखि थाँती रहेका श्रमका मुद्धालाई किनारा लगाउन उत्तोलकको काम समेत ग¥यो । यो सकारात्मक कार्य हो र यसले पृष्ठभागमा भए÷गरिएका अनपेक्षित भूमिकालाई ‘छिट्टै विर्सन’ अरु युनियनहरुलाई सहज भयो । मूलतः तीन ट्रेड युनियन महसंघवीचको झण्डै एक दशकको सहकार्यले ‘जेटियुसीसी हुँदै आईटियुसी तथा ग्लोवल युनियन फेडेरेशनहरुसम्मको यात्रा संभव भयो । त्यसले सिर्जना गरेको समझदारी सहितको सहकार्य, पछिल्लो समयमा भएको सबैभन्दा सकारात्मक काम हो । जसले गर्दा अहिले, अन्टुफ सहितको तीन महासंघहरु, ९० प्रतिशत माथिको संगठित श्रमशक्तिको प्रतिनिधित्व गर्दै श्रमको संसारमा नितीगत मार्गदर्शन गरिरहेका छन् ।

तर यी सकारात्मक पक्षका वावजुद, अहिले राष्ट्रिय महाधिवेशनको संघारमा उभिएको अन्टुफले आपूmसंग जोडिएका केही प्रश्नहरुको जवाफ खोज्नै पर्ने आवस्यकता म देख्छु ।

  •  ट्रेड यूनियन कस्तो संगठन हो? ट्रेड यूनियन र पार्टी तथा टे«ेड यूनियन र राजनीति बीचको अन्तरसम्बन्धमा अन्यौल हुनुहुन्न । ट्रेड यूनियन जस्ता जनसंगठनहरू “सार र रूप” दुवै पार्टी कमिटीभन्दा पृथक नहुने हो, र “ट्रेड युनियनको सदस्यता– पार्टी सदस्यलाई मात्रै, कमिटी– पार्टी कमिटी जस्तै” हुने हो भने पृथक ट्रेड संगठनको आवश्यकता किन पर्छ? यहाँ विश्वका केही चर्चित तथा संघर्षशील ट्रेड यूनियनहरू (उदहारणको लागि दक्षिण अफ्रिकी कोसाटु, ब्राजिलको कुट, र दक्षिण कोरियाको केसिटियू आदिलाई लिन सकिन्छ) ले विकसित गरेको ट्रेड यूनियन र पार्टी तथा ट्रेड यूनियन र राजनीति बीचको सम्बन्ध बारे थप अध्ययनको लागि अनुरोध गर्छु ।
  • ट्रेड युनियन आन्दोलन र आम श्रमजीवी वर्गीय आन्दोलन वीच कुनै भेद छ? नेपालमा आजको सन्दर्भमा ‘सर्वहारा वर्ग’ कुन हो? हाम्रो देशको वर्ग संरचना कस्तो हो? किन हाम्रो आन्दोलन, हाम्रा पार्टी संगठन र निर्णय प्रक्रियामा शहरी– युवा÷विद्यार्थी आन्दोलनबाट आएका ‘मध्यम वर्ग’ हावी छन्? श्रमजीवी वर्गको भूमिका विस्तार कसरी होला?
  • वर्ग संघर्ष के हो र अहिलेको सन्दर्भमा यसको सञ्चालन कसरी गर्ने? श्रम–सम्बन्ध (औद्योगिक–सम्बन्ध पनि भन्न सकिन्छ) र वर्ग संघर्षको वीचमा भेद छ की छैन? के नेपालमा अब “वर्ग संघर्ष (क्लास स्ट्रगल)” को स्थान “जन–आन्दोलन (मास स्ट्रगल)” ले लिएको हो?
  • कम्युनिष्ट÷वामपन्थी दलहरुले राजनीतिक क्रान्ति सम्पन्न भएको (हामीहरु क्रान्तिलाई राजनीति र आर्थिक–सामाजिक भनेर छुट्याउन उचित ठान्दैनौं) निस्कर्ष निकालि रहेको सन्दर्भमा सामाजिक रुपान्तरण (यसलाई अझ साँघु¥याउने हो भने आर्थिक–सामाजिक÷साँस्कृतिक रुपान्तरण) कसरी हुन्छ? श्रमशक्तिको विकास (माक्र्सवादी अवधारणमा उत्पादक शक्तिको विकास) गर्ने कसरी? के ०४७ सालमा नेपाली काँग्रेसले दिएको नारा ‘आधा पेट खाइन्छ, शिशु प्रजातन्त्र जोगाइन्छ’ झैं कम ज्याला÷सुविधा र नियन्त्रणमुखि कानूनी विधिबाट पूँजीको विकास गर्न र श्रम तथा पूँजीबीच सन्तुलन कायम गर्न सकिन्छ? नेपाली मौलिक क्रान्तिमा आर्थिक शोषण (वर्गीय दमन) र सामाजिक उत्पीडन (लैङ्गिक, जाती/जनजाती र भुगोल आधारित दमन) अन्त्यको लागि कस्तो विधि उपयुक्त होला?
  • समाजवादमा जाने बाटो कुन हो? नेपालको सन्दर्भमा दक्षिण अफ्रिकीहरुले चर्चा गरे झैं ‘समाजवाद पुग्ने गैरपूँजीवादी बाटो’ कुन हो? र, त्यसमा ट्रेड युनियनको भूमिका के हुनुपर्छ?

(अखिल नेपाल ट्रेड यनियन महासंघको स्थगित भएको छैटौं महािधवेशनका लािग प्रकाशन गर्न खोजिएको मजदुर बुलेटीनकोलागि तयार पारिएको लेख)

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.