Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

माधव नेपाल: एमाले हुन नचाहने, माओवादी भएर जान पनी नसक्ने

April 17th, 2021

‘संसद पुनर्स्थापना गर्नुपर्छ भन्नेहरूले नै संसदको हुर्मत लिएका छन्’

-फागुन २८ गतेको बैठकमा सबैलाई डाकिएको हो। त्यो दिनको निर्णय बहुमतले गरेको हो। प्रधानमन्त्रीले पुनर्स्थापित एमालेको बैठक डाकेर थप निर्णय गर्नु परेको थियो। संगठनलाई पुनर्गठन गर्ने भनेर प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो।

-माधव नेपाललगायत न एमाले हुन चाहनुभयो, न माओवादी भएर जान सक्नुभयो। त्यो द्विविधामा उहाँहरू पर्नुभयो। त्यही भएर फागुन २८ गते हामी नभएको बेलामा बैठक गरेर निर्णय गरियो भन्ने उहाँहरूको तर्क हो। उहाँहरूले गरेको तर्कमा खासै धरातल छैन।

-अब फलानो पक्षधर भनेर आउने होइन, एमाले भनेर आउने हो। गुटबन्दी भनेकै यही हो। बैठकका लागि सबैलाई फोन गरिएको छ, सबैलाई एसएमएस गरिएको छ। आफ्नो पार्टीमा त आफैं जाने हो नि! पत्रकारलाई थाहा हुने अनि उहाँहरूलाई थाहा नहुने भन्ने हुन्छ। ल मान्नुस्, प्रधानमन्त्री ओलीले नडाकेको भए मेरो पार्टीमा मलाई नडाक्न पाइन्छ भनेर आउन सकिन्थेन? पेरिसडाँडामा लुरूलुरू जान मिल्ने आफ्नो पार्टीमा आउन नमिल्ने भन्ने हुन्छ?

-विधानको व्यवस्थाअनुसार नै महाधिवशेन आयोजक कमिटी गठन गरिएको हो। उहाँहरू आफैंले विधि विधानको कुरा गर्नुहुन्छ। यो जम्मै कुरा बैठकमा आएर गर्न सकिन्छ। एमालेमा अहिले केपी ओली पक्षधर र माधव नेपाल पक्षधर छैन, सबै एमाले पक्षधर हो। एमालेको एउटै कमिटी छ। कमिटी बनाउन पार्टीको निर्णय चाहिन्छ। त्यस्तो निर्णयको कुनै वैधता रहँदैन। एमालेको एउटै कमिटी छ, एमाले छोडेर कोही जान्छ भने नजानुस् भन्ने हो।

-अहिले ४ जना नेताहरूलाई स्पष्टिकरण र स्पष्टिकरणपछि निलम्बन गरिएको छ। थप क्षति हुने काम नेताहरूले गर्नु हुँदैन। क्षति पुग्ने काम भएन भने कारबाही हुँदैन। कारबाही भोग्दै नेताहरू जानुस्, त्यसपछि पार्टीले क्षति भोगोस् भन्ने मैले चाहेको छैन।

-अहिलेको स्थितिमा सरकारलाई बहुमतको समर्थन छ। यो सरकार अल्पमतमा छैन। विश्वासको मत लिनुपर्ने अवस्था छैन। माओवादीले समर्थन फिर्ता नलिँदासम्म कुनै दौडधुप गर्नु पर्दैन। फिर्ता लिएपछिको अवस्थाबारे त्यही बेलामा छलफल हुन्छ। प्रधानमन्त्रीलाई कतै बहुमत खण्डित छ कि भनेर विश्वासको मत लिन पनि सकिन्छ। त्यो बेलामा विश्वासको मत प्राप्त भएन भने संवैधानिक प्रक्रियाअनुसार अघि बढ्छ।

-राजपासँग मिलेर सरकार बनाउने विषयमा छलफल भएको छैन। उहाँहरूले उठाएको मागको विषयमा मात्रै छलफल भएको छ। दुबैतिरका कार्यदलका बीचमा छलफल भएको छ। मलाई लाग्छ, राजपाले पनि यस विषयमा बोलेको छैन। राजपाका मागबारे प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ। उसका मागलाई कसरी सम्बोधन गर्ने भनेर छलफल भइरहेको छ भन्ने मेरो अन्दाज हो।

पार्टीमा फलानो पक्षधर भन्ने होइन, एमाले पक्षधर भन्ने हो: विष्णु रिमाल (भिडिओ) VIDEO

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८, ०६:४१:००

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.