May 22nd, 2011
विवाद, दंगा–फसाद, अस्वस्थ प्रतिस्पर्धा र विभाजनको कुचक्रलाई सक्दो निस्तेज पार्दै सामाजिक सहयात्री बीच अनेकतामा एकताको खोजी गर्ने प्रयत्न यो अवधिको प्रशंसनीय उपलब्धि हो । ट्रेड यूनियनहरूको बालश्रम निवारण सम्बन्धी धुलिखेल घोषणा, तीन ट्रेड यूनियनहरूबीच प्राथमिकताको साझा अवधारणा, जेण्डर प्रवर्धन र समानताको साझा संयन्त्र, एकल यूनियन निर्माणको लागि उच्चस्तरीय कार्यदल र हालै श्रम कानूनको सामयिक परिमार्जनको लागि भएको द्विपक्षीय सहमतिलाई यस सन्दर्भमा उदाहरणको रूपमा लिन सकिन्छ । यो उदाहरण “केही भएन”, “सबै खत्तम” जस्ता सजिलो प्रतिक्रिया व्यक्त गर्ने त्यस्ता “पानी माथिका ओभान” हरूका लागि उपयुक्त जवाफ हो भन्ने हामीलाई लाग्छ । श्रमको संसारमा ‘कमैया मुक्ति’,‘कृषि श्रमिकलाई न्यूनतम ज्याला’ र ‘अनौपचारिक क्षेत्रमा संगठन स्वतन्त्रताको अधिकार’ जस्ता उपलब्धिलाई खेलांचीको रूपमा लिइ“दैन, लिनु हु“दैन । कठिन संघर्षबाट प्राप्त ठूला उपलब्धिका रूपमा बुझ्नु पर्छ ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड गर्नुहोस 12 Barsama k bhayo