April 8th, 2017
हामीले एक शब्दमा यो भ्रमण अत्यन्त सफल भ्रमण भनेका छौं । एउटै शब्दमा भन्दा त्यति नै काफी हुन्छ जस्तो लाग्छ । त्यो भन्दा पर भन्नुपर्दा हामीले जे गर्छौं भनेर गएका छौं, त्यो भन्दा कम गरेनौं । हामीले देशको लागि माग्ने भएर नजाने तर दुई देशको सम्बन्धलाई सुमधुर बनाएर आउने, दुई देशको तुलना गर्दाखेरि, यद्यपि हाम्रो प्रधानमन्त्रीले भनिसक्नुभएको छ, छिमेकीहरुको तुलना हुँदैन, त्यसबारे बोल्दैनौं भन्नुभा छ । तर, यसको ऐतिहासिकता र यसको स्थिति नै फरक थियो । मित्र राष्ट्र भारततिर जाँदाखेरि हामीले रहेका द्विविधाहरु र असमझदारीलाई अन्त्य गर्ने राजनीतिक मिसन थियो भने चीनसित त्यस्तो कुनै पनि द्विविधा र असमझदारी नरहेको हुँदा आर्थिक, सामाजिक विकासमा हामी केन्द्रित हुनुपर्ने थियो । त्यही हिसाबले जे जे योजना बनाएर हामी नेपाल सरकारको तर्फबाट नेपाली जनताको प्रतिनिधित्व गरेर चीन भ्रमण गरयौं । त्यसलाई हामीले टुङ्गोमा पुरयायौं भन्ने जस्तो लाग्छ । त्यस हिसाबले भ्रमण अत्यन्त सफल रह्यो ।
अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>09 Mountain TV_3 Apr 2016