Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

नयाँ वर्ष २०७१ (वि.सं) को शुभकामना!

April 14th, 2014

उनान्न सत्तरी साल, आसा र अपेक्षा विपरीत असफल सालमा दरियो । सत्तरी आशंका सहित जन्मियो तर जाँदाजाँदै लिकबाट खसेको राजनीतिलाई लिकमा उकाल्न भ्यायो । ‘गयो की क्या हो लोकतन्त्र’ भन्ने चिन्तालाई, ‘मैले त यति गरें, अब कति गर्छस् एकहत्तर म पनि हेर्छु’ भन्दै हिजो रातीबाट विदा भयो । साँच्चिकै वि.सं. २०७१ ह्यात्तै आकांक्षा बोकेर आएको छ ।
उनान्न सत्तरी साल, आसा र अपेक्षा विपरीत असफल सालमा दरियो । सत्तरी आशंका सहित जन्मियो तर जाँदाजाँदै लिकबाट खसेको राजनीतिलाई लिकमा उकाल्न भ्यायो । ‘गयो की क्या हो लोकतन्त्र’ भन्ने चिन्तालाई, ‘मैले त यति गरें, अब कति गर्छस् एकहत्तर म पनि हेर्छु’ भन्दै हिजो रातीबाट विदा भयो । साँच्चिकै वि.सं. २०७१ ह्यात्तै आकांक्षा बोकेर आएको छ ।
लाखौं नेपाली झैं म पनि आस गर्छु- यो साल झण्डै सात दशकदेखि हामी नेपालीले साँचेको सपनाले मूर्तताः पाउनेछ; हाम्रा प्रतिनिधिले सहीछाप गरेको नयाँ संविधान आउनेछ । हाम्रो गणतन्त्रले ढुक्कसंग अडेस लाग्न, संघीयता र पूर्ण लोकतन्त्र सहितको  संविधान पाउनेछ । संक्रमणकालिन राजनीतिले ०७० सालले झैं ‘म त गएँ है’ भन्दै हामीबाट विदा लिनेछ । फेरिएको राजनीतिक पद्दती बमोजिम हामी नेपाली, श्रमशक्ती विकासको बाटोबाट नेपाली समाजको आर्थिक-सामाजिक पद्दती फेर्ने “नयाँ खाले क्रान्ति”मा होमिने छौं !
आज वि. सं. २०७१ साल वैशाख १ गते, ‘नयाँ वर्षको सपना’को रुपमा म यही अपेक्षा गर्छु ।
स्वदेश र  विदेशमा ज्याला रोजगारीका रहेका संपूर्ण नेपालीहरु तथा स्वदेशमा स्वरोजगारीमा रहेका श्रमजीवीहरू सहित सम्पूर्ण  नेपालीहरुको सपना पुरा होस्; म यही कामना गर्दछु ।
नयाँ बर्ष वि. सं. २०७१ को हार्दिक शुभकामना !

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.