Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

नयाँ पुस्ताको युनियन आन्दोलनः श्रमशक्तिको विकासको अवको योजना

January 22nd, 2014

धेरैलाई लागेको हुनसक्छ– समाज पूर्ण पूँजीवादी नहुँदा पूंजीपतिहरुलाई सहुलियत दिईनु पर्छ। यसले उनीहरुमा लागानीको उत्प्रेरणा जगाउंछ । र, सायद यस्तो सोच्नेले ठान्छन्, त्यो सहुलियत श्रमिकहरुको गांस काटेर मात्रै संभव छ !

सन्दर्भ

नेपालमा ट्रेड युनियन आन्दोलनको दोस्रो संस्करण शुरुवात भएको करिब ३५ वर्ष भएको छ। जिफन्टको स्थापना भएको पनि २४ वर्ष नाघि सकेको छ । संगठित उद्योगदेखि अनौपचारिक क्षेत्रमा छरिएर रहेका श्रमिकसम्मलाई संगठित गर्ने क्रममा विभिन्न विधिहरु प्रयोग भएका छन् । २०३६ सलादेखि २०४६ सम्मको एक दशकसम्म हामीले औपचारिक क्षेत्रमा सञ्चालित कलकारखाना र सेवा उद्योगका श्रमिकहरुलाई युनियनमा समेट्न “अर्गनाईजिङ्ग–मोडल” को विधि अपनायौं । “अर्गनाईजिङ्ग–मोडल” भनेको ‘आप्mनो मानो खाएर, आफ्नोलागि युनियन बनाउने” विधि हो, जुन आदर्श त्यतिखेरका साथीहरुले बोक्नु भएको थियो । जो, जो ‘पेशेवर युनियन संगठक’ बन्नु भयो उहाँहरु समेत श्रमिकहरु कै भरपोषणमा क्रियाशील हुनुभयो । जिफन्टको स्थापना पछि २०४६ साल यता श्रमशक्ति विकासकालागि “अर्गनाईजिङ्ग” सहित विभिन्न विधि र माध्यमहरु प्रयोग भएका छन् ।

अवधिको मूल्याङ्कनगर्दा जिफन्ट आन्दोलन भित्र अहिले तीन पुस्ताका युनियनकर्मीहरु हुनुहुन्छ । ठूलो संख्यामा युवा र चलायमान श्रमिकहरु मातहतमा क्रियाशिल हुनुहुन्छ, मूख्य जिम्मेवारीमा उमेरका हिसावले वयस्क, स्थिर तर क्रियाशील कार्यकर्ता हुनुहुन्छ । र, वरीपरी सेवा निवृत्त भएका वा सेवा निवृत्त हुने दिशातर्फ उन्मुख बरिष्ठ युनियनकर्मीहरु हुनुहुन्छ । २०४६ र २०५७ सालपछि क्रमशः गरिएका १०÷१० वर्षे योजना कै आधारमा हाम्रो आन्दोलन आजको उचाईमा पुगेको हो । अव हामी आउंदो दशकको लागि योजना निर्माणको मोडमा आई पुगेका छौं। अर्को दशकको योजना गर्ने भनेको आउंदो दशकका लागि युनियन आन्दोलनको लागि आवस्यक पर्ने नीति, विधि, संरचना र प्रतिवद्ध नेतृत्व पङ्ती तयार गर्नु हो । निःसन्देह यसकालागि हाम्रो महासंघ–परिवारलाई आवस्यक पर्ने, नियमित तर ठोस र सघन प्रशिक्षणको विस्तृत गृहकार्य आवस्यक छ ।

स्थिति

गतसाल परिचालन गरिएको ‘तत्काल कार्यसम्पदान टोली’को तथ्याङ्कलाई हेर्ने हो भने देशभरीमा जिफन्टका हजारभन्दा बढी स्थानीय कमिटीहरु अस्तित्वमा छन् । यिनीहरुलाई पनि नेतृत्व गर्ने केन्द्रीय–अञ्चल र जिल्ला संरचनाहरु छन् । यिनै कमिटीहरुमा आवद्ध कमरेडहरुमा नै जिफन्टको वर्तमान नेतृत्वमा रहेका अघिल्लो पुस्ताले आप्mनो जिम्मेवारी हस्तान्तरण गर्ने हो । हामीलाई थाहा छ, नेतृत्व निर्माण भनेको हाटहुटमा हुने कुरा होईन । विभिन्न विषय र विधामा जानकार व्यक्तिहरुको टिम निर्माण गर्नु भनेको बाट नै नेतृत्वको निर्माण गर्नु हो ।

अघिल्लो दुई दशकमा आमसभामा दिइने भाषण हु“दै निश्चित पाठ्यक्रम रहेको ९ महिने ट्रेड युनियन स्कूलबाट ‘सिकाई’को प्रकृयालाई निरन्तरता दिईएको थियो । ट्रयु–क्याम्पेन नाम दिइएको त्यो अभियान अन्तरगत मोवाइल ट्रेड युनियन स्कूल हु“दै लेवोर युनिभर्सिटीको अवधारणा समेत प्रस्तुत गरिएको थियो । हाम्रा कतिपय योजनाहरुले उत्साहजनक परिणाम दिए, तर केही भने प्रचारमा मात्रै सीमित रहन पुगे । जिफन्ट श्रोत केन्द्र सञ्चालनदेखि राष्ट्रिय श्रम प्रतिष्ठान (ल्ीब्(ल्बतष्यलब िीबदयगच ब्अबमझथ) को स्थापनासम्म यही प्रकृयामा विकसित भएका हाम्रा संरचनाहरु हुन् ।

तर अहिले हामीसंग रहेको नेता–कार्यकर्ता पङ्तीलाई समयानुकल नेतृत्व गर्न सक्ने तुल्याउन विचार, सिद्धान्त, अर्थ–राजनीति र श्रम–सम्बन्धका विभिन्न पक्षका बारेमा थप प्रशिक्षित गर्नु जरुरी देखिन्छ । श्रमशक्तिको विकासका लागि भिन्न–भिन्न देशमा विभिन्न प्रकारका संरचना नै खडा गरी प्रयत्न गरिएको पाईन्छ । उनीहरुको यी अनुभवको कसीमा,“ट्रेड युनियन शिक्षा विभाग, केन्द्रीय योजना आयोग, राष्ट्रिय श्रम प्रतिष्ठान”जस्ता जिफन्टसंग रहेका विद्यमान संरचना अपेक्षा गरिएका आवस्यकतालाई सम्बोधन गर्न अपर्याप्त देखिन्छ ।

जस्तो की, विभिन्न युरोपेली देशहरुका ट्रेड युनियनहरुलेआप्mनै ट्रेड युनियन ईन्स्टिच्युट मार्फत प्रशिक्षण अभियान नै सञ्चालन गरिरेहका छन्, उनीहरुका आफ्नै ट्रेड युनियन स्कूलहरु छन् । कतिपय युनियन तथा ग्लोवल युनियन फेडेरेशनहरुले नियमित रुपमै वर्षको एक याममा ‘समर ट्रेड युनियन स्कूल’ सञ्चालन गरी सामूहिक रुपमा प्रशिक्षण दिने विधि समेत सञ्चालन गर्दै आएका छन् । अष्ट्रेलियाको ट्रेड युनियन– एसिटियुले त पृथक ढंग कै प्रशिक्षण अभियान सञ्चालन गरेको थियो । ट्रेड युनियन ट्रेनिङ्ग अथोरिटी (टुटा) नामको संस्था खडा गरी आप्mनो देशको मात्रै नभएर विश्व कै युनियन आन्दोलनलाई लाभान्वित गराउने काम समेत गरेको थियो। वेलायतले विभिन्न क्याम्पस र विश्वविद्यालयहरु संगै जोडेर अर्गनाईजिङ्ग एकेडेमी सञ्चालन गरिरहेको छ । अमेरिकाको ट्रेड युनियन एएफएल–सिआईओ ले विगत २५ वर्ष देखि आफ्नै अर्गनाईजिङ्ग इन्स्टिच्युट सञ्चालन गरिरहेको छ । हामी आफैं आवद्ध आइटियुसीले पनि गतवर्षबाट अर्गनाईजिङ्ग एकेडेमीको अवधारणा विकसित गरेको छ ।

यी केही उदाहरण मात्र हुन्, यस्ता थुप्रै अनुभव विश्व भरी नै छन् । हामीले यिनै अनुभवलाई ख्याल गर्दै आगामी कार्यकालबाट नया“ प्रयास थाल्नु आवस्यक छ ।

लक्ष्य

श्रमजीवी वर्गको २ वटा स्वार्थहरु छन्– हक सम्बन्धित र हीत सम्बन्धित । हक राजनीतिक विषय हो भने हित, संविधान–कानून– र संझौताबाट तय गरिने लाभ हो । ‘हक’लाई  हामी समाजको रुपान्तरणसंग जोड्छौं, ‘हित’लाई श्रम लागानीबाट प्राप्त गरिने ज्याला–सुविधा जस्ता मर्यादित लाभसंग जोड्छौं । पहिलो विषय, ज्यालजीवीलाई राज्यको सम्मानित नागरिक बनाउने विषयसंग गा“सिन्छं, र दोस्रो चा“हि श्रम लगानी गरे वापत प्राप्त गरिने मुनाफासंग ।

यसको प्राप्तीको बाटोलाई हामी श्रमजीवी वर्गले ‘वर्गसंघर्ष’ नामाकरण गरेका छौं । हाम्रो समाज र अर्थ–राजनीतिको रुपान्तरण, वर्ग–संघर्षको माध्यमबाटै हुन्छ भन्नेमा हामी विस्वास गर्छौं। र, हामीले स्वीकारेको राजनीतिक सिद्धान्त र कार्यक्रम अनुसार– वर्गसंघर्ष, शान्तिपूर्ण तथा बैधानिक बाटोबाट सञ्चालित हुन्छ ।

धेरैलाई लागेको हुनसक्छ– समाज पूर्ण पू“जीवादी नहु“दा पूंजीपतिहरुलाई सहुलियत दिईनु पर्छ। यसले उनीहरुमा लागानीको उत्प्रेरणा जगाउंछ । र, सायद यस्तो सोच्नेले ठान्छन्, त्यो सहुलियत श्रमिकहरुको गांस काटेर मात्रै संभव छ !

हाम्रो बुझाईमा आर्थिक गतिविधिमा लगानी एक पक्षले मात्रै गर्दैन । त्यहा“ दुई पक्ष हुन्छ– एउटा पक्षले भौतिक तथा मौद्रिक पू“जी लगानी गर्छ, अर्कोले जिवित श्रमशक्ति लगानी गर्छ π अघिल्लोले सारा सम्पत्ती लगानी गर्छ, पछिल्लोले सम्पूर्ण जीवन π लगानी गर्नेले तीन प्रकारको प्रत्याभुतिको माग गर्छ– प्रतिफल, दिगोपन र सुरक्षा π यो दुवै पक्षमा उत्ति कै लागु हुन्छ र हुनुपर्छ । अघिल्लोले प्रतिफलको रुपमा मुनाफा, दिगोपनको रुपमा लगानीको दीर्घ जीवन र सुरक्षा को रुपमा भौतिक सम्पत्तीको संरक्षणको प्रत्याभुति चाहन्छ । दोस्रोले प्रतिफलको रुपमा मर्यादित ज्याला–सुविधाहरु, दिगोपनको रुपमा रोजगारीको निरन्तरता र सुरक्षाको रुपमा मानवीय शक्तिको सामाजिक संरक्षणको प्रत्याभुति खोज्छ । यी दुई पक्ष वर्गसंघर्षका पक्ष र विपक्ष हुन् । समाजको विकासको लागि यी दुई विपरित स्वार्थ वोकेका पक्षवीच संघर्ष– एकता– र संघर्ष चलिरहन्छ । एकको अस्तित्वमा अर्को को जीवन रहने हुनाले नै हामी यी दुई पक्ष वीच सह–अस्तित्व खोज्छौं । र दुई पक्ष वीचको द्वन्द्वलाई सामाजिक सम्बाद मार्फत वैधता दिन्छौं । सामाजिक सम्बाद भनेको दुई लगानीकर्ता वीच हुने सामुहिक सौदावाजी हो । तसर्थ सामुहिक सौदावाजीलाई हामी वर्गसंघर्षको वैधानिक र शान्तिपूर्ण अभिव्यक्तिको माध्यम ठान्दछौं ।

हाम्रो यो लक्षलाई, हाम्रा प्रत्येक सदस्यले, नेता तथा कार्यकर्ताहरुले उस्तै जोड र कोणमा बुभ्mनु पर्छ । त्यसैले अवको योजना ‘सिक्ने र सिकाउने’ कार्यसंग जोडिनु पर्छ ।

योजना

अवको दशकको लागि प्रस्तावित नया“ योजनाका २ पक्ष हुनेछन् । पहिलो अनुसन्धान र नीति विश्लेषणसंग सम्बन्धित हुनेछ । सिक्ने–सिकाउने विधि, प्रकृया र संरचनाकोे विकास गरी ‘प्रशिक्षण, नीति विश्लेषण, अनुसन्धान र परिचालन’ गरी ४ तहमा यो कार्यक्रम लागुगर्नु उपयुक्त देखिन्छ ।

  1. प्रशिक्षण– ठूलो संख्यामा युनियनकर्मीलाई प्रशिक्षित गर्न निमित ट्रेड युनियन स्कूल सञ्चालन गर्ने।यस्तो स्कूलमा एक दिन वा केही घण्टाको छोटा विषय आधारित अभिमुखिकरण देखि हप्ता लामो आवासीय प्रशिक्षण दिने । उदाहरणको लागि यदी १ हजार मातहतका कमिटीमा जिफन्ट प्रतिनिधि सहित सरदर ११ जना साथिहरु संगठित हुनुहुन्छ भने पहिलो चरणमा कमिटीमा संगठित एघारै हजार सदस्यलाई प्रशिक्षित गर्ने । एक–हप्ते कक्षामा, प्रत्येकमा ३० जना लाई संलग्न गर्दा सरदर ३६७ कक्षा हुनेछ । यदी एउटा कक्षा एक जोडी प्रशिक्षकले सञ्चालन गर्ने र प्रत्येक जोडीलाई २ महिना कक्षा सञ्चालन गर्ने जिम्मा दिने हो भने ४६ जोडी प्रशिक्षकको आवस्यकता पर्छ । यो आवस्यकता विगतको दशकमा विकास गरिएका, पछिल्लो प्रशिक्षक सम्मेलनपछि छनौट गरिएका मूख्य प्रशिक्षकहरुबाट पुर्ताल गर्नुपर्छ । उनीहरुलाई यसै वर्षको पुस महीनासम्ममा आवासीय तर प्रयोगात्मक पुनरताजगी तालिम दिई आउने जिम्मेवारी बहन गर्न सक्ने तुल्याउनु पर्छ ।
  2. नीति विश्लेषण– नीति विश्लेषणको लागि महासंघ राष्ट्रिय कमिटीको मातहतमा जिफन्ट ट्रेड युनियन पोलिसि ईन्स्टिच्युट (न्भ्ँइल्त्( त्ग्एक्ष्) स्थापना गर्ने । यो नै भावी दिनमा नीतिगत हिसावले जिफन्टले आड लाग्ने “थिंक ट्याङ्क विंग” हुनेछ, यसलाई राष्ट्रिय कमिटीले “सञ्चालन निर्देशिका” मार्फत सञ्चालन गर्नेछ । यसले श्रम र राजनीतिका विभिन्न पक्षमा उच्चतहका विज्ञहरुलाई सलग्न गरी समसामयीक नीतिगत विषयमा सामग्रिहरु तयार गरी राष्ट्रिय कमिटीलाई आवस्यक फिडव्याक दिनेछ ।
  3. अनुसन्धान– राष्ट्रिय श्रम प्रतिष्ठानलाई सुदृढ गरी आवस्यक अनुसन्धानमूलक काममा सङ्लग्न गर्ने । यसको अनुसान्धानका आधारमा पोलिसी इन्स्टिच्युटले नीतिगत दस्तावेज विकास गर्ने ।
  4. परिचालन– युनियनमा संगठित हुने सदस्यहरुको प्रतिशत बृद्धिका लागि संगठकहरुको फौज परिचालन नगर्ने हो भने आगामी दिनको चुनौती सामना गर्न कठीन देखिन्छ । यस्तो आवधिक अभियानबाट युनियन निर्माणमा “अर्गनाइजिङ्ग एकेडेमी” अवधारणलाई व्यवहारमा लागू गर्ने ।

दोस्रो पक्षमा पहिलो पुस्ताका कार्यकारी भूमिकाबाट निवृत्त कमरेडहरुलाई संगठित गर्न व्यवस्था गरिएको वरिष्ट युनियनकर्मी सञ्जाल, सामुदायिक श्रमिक क्लवलाई एकीकृत रुपमा सञ्चालन गरिनेछ । वरिष्ट युनियनकर्मी सञ्जाल र सामुदायिक श्रमिक क्लवलाई जोड्ने कडीको रुपमा सहकारी कार्यक्रम शुरु गर्नु व्यवहारिक देखिन्छ । यद्यपी सहकारी सञ्चालन सम्बन्धि हाम्रा वितेका वर्षहरुका अनुभव उत्साहजनक छैनन्, तर यसैमा काम गर्ने गरी अनुभवी नेता–कार्यकर्ताको पङ्ती विन्यास गर्दा अपेक्षित नतीजा आउने आसा गर्न सकिन्छ । यसलाई सुत्रमा “वक–अप कार्यक्रम” या “भिसीसी एसः भेट्रान– क्लव– र कोअपरेटिभ स्कीम” नाम पनि दिन सकिन्छ । यो छुट्टै नया“ योजना नभएर, पा“चौ महाधिवेशनमा तय गरिएको कार्यक्रमलाई निरन्तरता दिने प्रयास मात्रै हो । यसलाई जिफनटमा आवद्ध श्रमजीवी वर्गको “घर–दैलोदेखि घर–दैलोसम्म” को कार्यक्रमको रुपमा प्रचारित गर्न सकिन्छ ।

समन्वय गर्नुपर्ने केही पक्ष

आगामी दशकको कार्यक्रम तय गरिरह“दा विद्यमान संरचनासंग खप्टिने र दोहरिने केही पक्षलाई ध्यान दिनुपर्छ । हाल हामीसंग रहेका संरचनाहरुलाई नया“ प्रस्ताव अनुरुप निम्नानुसार व्यवस्थापन गरिनु उपयुक्त हुन्छ –

  1. ट्रेड युनियन शिक्षा विभाग– जिफन्ट ट्रेड युनियन पोलिसी ईन्स्टिच्युटले तयार पारेका नीतिगत सामग्रिको आधारमा आवस्यक पाठ्यक्रम विकास गर्ने । प्रशिक्षकको व्यवस्थापन र विन्यास गर्ने, प्रस्तावित ट्रेड युनियन स्कूल सञ्चालन र समन्वय गर्ने ।
  2. केन्द्रीय केन्द्रीय योजना आयोग– जिफन्ट ट्रेड युनियन पोलिसि ईन्स्टिच्युटले यसले गर्ने र त्यो भन्दा बढी काम समेत गर्ने हु“दा यसको स्थापनापछि केन्द्रीय योजना आयोग खारेज गर्ने ।
  3. राष्ट्रिय श्रम प्रतिष्ठान– कार्यमूलक र नीतिगत विषयको अनुसन्धानमा यसलाई सङ्लग्न गराउने । यसलाई न्भ्ँइल्त्(त्ग्एक्ष् को कामको आधार बनाउने । जिफन्ट स्रोत केन्द्र र एनएलएको पुस्ताकालय एकै ठाँउमा गाभी प्रतिष्ठान कै भवनबाट सञ्चालन गर्ने ।
  4. अर्गनाइजिङ्ग एकेडेमी– यो संरचना नभएर अवधारणा हो । तसर्थ यसमा ट्रेड युनियन स्कूलद्वारा दिक्षित संगठकलाई अभियानकर्ताको रुपमा संगठन कार्यमा परिचालन गर्ने । यसको समन्वय युनियन परिषद र जिफन्ट अञ्चल तथा मातहतका जिल्ला कमिटीको सहयोगमा हालको श्रम सम्बन्ध परिषदले गर्ने । परिचालनमा जिफन्ट युवा तथा महिला कमिटीलाई सङ्लग्न गर्ने ।
  5. बरिष्ट युनियनकर्मी सञ्जाल– यसको व्यवस्था कार्यकारी पदबाट हटे पनि युनियन आन्दोलनमा जीवन पर्यन्त सङ्लग्न हुने वातावरण सिर्जना गर्न गरिएको हो । बरिष्ट युनियनकर्मीहरु परिवारसंगै समुदायमा रहन्छ । त्यसैले ‘बक–अप’ कार्यक्रमको मूल समन्वयकर्ताको रुपमा यो सञ्जाललाई परिचालन गरिनुपर्छ । को हुन् बरिष्ठ भन्ने कुराको पनि मापदण्ड तय गरिनु पर्छ । प्रस्ताव कै रुपमा ५० वर्ष माथिका कम्तिमा डेढ दशक युनियन आन्दोलनमा संलग्न रहेका, महासंघ र यसका विभिन्न घटकहरुको केन्द्रीय तहमा कार्य गरिसकेकालाई लिन सकिन्छ ।

वरिष्ट कार्यकर्ताको प्राथमिक काम भनेको पदोन्नतीकोलागि युवा र मध्यम–उमेरका कार्यकर्ताहरुको खोजी गर्नु हो ।

–चिनियाँ नेता तङ् सियाओ पिङको

“यदी हामीले अव ३–५ वर्षको वीचमा उत्तराधिकारको समस्या राष्ट्रिय स्तरमा नै हल गर्न सकेनौं भने निसन्देह भद्रगोल शुरु हुनेछ । केही बरिष्टहरु हामी वीच नरहनु होला, केही जिवित रहे पनि काम गर्न नसक्ने हुनुहोला ।

… अहिले ४० माथिकाहरु ४७÷४८ वर्ष मा पुग्नेछौं । यो भनेको तन्नेरी पुस्ता होईन । जो अहिले नै ५० नाघेका छौं, ६० तिर उक्लिने छौं । मलाई डर लागि रहेछ, आज यहाँ उपस्थित कमरेडहरुमा केही मात्र अझै युवा छौं, अधिकाँस हामी ६० कै हाराहारीका छौं । आजबाट ७–८ वर्ष पछि के होला? हामीहरु सबै ७० को आसपास पुग्ने छौं । यो नै आज हामीले गंभीरता पूर्वक सोच्न पर्ने विषय हो…!”

( जुलाई २, १९८१ म प्रान्तीय पार्टी सचिवहरुको भेलामा दिईएको मन्तव्यबाट)

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.