दक्षिण अफ्रिकी कमरेडहरु भन्छन्, हामी यसरी अघि बढ्न सक्दै सक्दैनौं
December 6th, 2009
“कमरेडहरु, अहिलेको सन्तुलन भनेको हामीले हरेक विषयमा संगैसंगै गरेको संघर्षको प्रतिफल हो । डिसेम्वरमा हुने अफ्रिकी नेशनल कँग्रेसको ५२ औं महाधिवेशनको संघारमा आईपुग्दा ए एन सी का शाखाहरु, क्षेत्र, प्रान्त र राष्ट्रिय संरचनाहरुमा विभाजन र आपसी असहिष्णुता ईतिहासमै कहिल्यै नदेखिएको अवस्था देखिएको छ । राजनीतिक गुटवन्दीका कारण गुप्तचर संस्था, न्यायालय र सार्वजनिक संचारका क्षेत्र समेत चिन्ता लाग्दो किसिमले प्रदुषित भइहेको छ। हाम्रो उदाउँदो लोकतन्त्रका लागि क्षति पु¥याउन यती नै काफी छ, र यसलाई डिसेम्बर (००७) भन्दा अघिको स्थितिमा पु¥याउन चानेचुने तरीकाले संभव देखिदैन ।
यस्तो किन भइरहेछ? यो आफैमा एउटा विवादको विषय हो । तर एउटा कुरा चाँहि निश्चित छ, हामी मरिगए पनि यसरी अघि बढ्न सक्दैनौं । परिवर्तनलाई सुनिश्चित गर्न संगसंगै जानुको हामीसँग विकल्प छैन ।
दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीले एएनसीको मूख्य ६ पदको लागि प्रस्तावित कुनै पनि पक्षको लिस्टमा सहमती जनाएको छैन, नत यसले राष्ट्रिय कार्य समितिको कुनै पनि थप नाममा सहमती जनाएको छ । यो एएनसीको आप्mनो काम हो र हामी यसको इमान्दारिताकोे सम्मान गर्छौं। किनकी आप्mनो निर्वाचनमा हाम्रै आन्दोलन भित्रका बाह्य तत्वको हस्तक्षेप भोगी सकेकाले यस्को पीडा कस्तो हुन्छ भन्ने हामीलाई राम्रै थाहा छ । तर यसको अर्थ ए एन सी को आगामी राष्ट्रिय महाधिवेशनका हामी तटस्थ पर्यवेक्षक भने हुने छैनौं । हामी आफै ए एन सी का इमान्दार सदस्य भएको नाताले, र लामो समयदेखि ए एन सी ले नेतृत्व गरेको संयन्त्रको सहयात्री पनि रहेको कारणले हामी वर्तमान अवस्था प्रति गंभीर चासो राख्छौं ।
राष्ट्रिय तहमा आ आप्mनो महाधिवेशन पछि कोसाटु र एस ए सि पी, निरन्तर ए एन सी संग द्विपक्षीय वा त्रिपक्षीय बैठकको लागि प्रयत्नरत थिए । हाम्रो मनसाय संयन्त्रमा जस्ता सुकै फरक मत र विवाद भए पनि तीव्र प्रतिस्पर्धा वीच हुन लागिरहको ए एन सी को निर्वाचनको प्रकृयामा कमरेडली व्यवहार रहेको नयां उदाहरण कायम गर्न बल पु¥याउनु थियो । दुःखको कुरा हामी यस्तो अनुभूती गरिरहेका छौं, ए एन सी को राष्ट्रिय नेतृत्व यति विघ्न विभाजित भइसकेको छ की अब उनीहरुमा हामीलाई भेट्न समेत अनिच्छा पैदा हुन पुगेको छ।
वर्षौदेखि ए एन सी को एउटा पक्षबाट कोसाटु र एस ए सी पी को सामुहिक नेतृत्वको अपमान र अमार्यादा हुंदै आयो । हामीलाई भनियो– “समस्या तिमीहरुमै छ, पहिले पहिले संयन्त्रका यो वा उ नेताहरुसंग त सम्बन्ध असलै थियो नी ।” यही भनाईमा हाम्रो गंभीर आपत्ति रहेको छ । हामीलाई लागेको छ, हाम्रा सम्बन्ध राष्ट्रिय क्रान्तिप्रतिको हाम्रा साझा प्रतिवद्धतामा आधारित हुनुपर्छ– त्यो अमुक व्यक्ति मन पर्ने वा नपर्ने–नीजि अनुभूतिको आधारमा होइन ।
दुर्भाग्यवस गठबन्धनका निर्वाचित नेतृत्वको अपमान र अमर्यादा एउटा दिनचर्याको रुपमा प्रान्त, क्षेत्र र शाखासम्म झारिएको छ । गठबन्धनका हामी मात्रै होइन अपमानको कहर स्वयं ए एन सी का प्रान्तिय नेतृत्व, समर्पित तर स्वतन्त्र मन्त्रीहरु, अन्य जनसंगठनका सदस्य र गैरपार्टी सदस्य कमरेडहरुमाथि समेत थोपरिएको छ । अन्तहिन असफलता र काण्डका वीचको व्यापक असक्षमता माथि प्रभावकारी जितका लागि दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी संघर्षप्रतिको समर्पणको सट्टा व्यक्तिप्रति समर्पण खोज्ने यस्तो नेतृत्व शैलीको तुरुन्त समाप्तीको लागि आव्हान गर्दछ ।
ए एन सी को डिसेम्बर महाधिवेशनले नयाँ जगमा त्रिपक्षीय संयन्त्रलाई सुदृढ गर्न हामी सबैलाई एउटा अर्को मौका दिनेछ भन्ने हामीलाई लागेको छ । तर ए एन सी मा भने यो महाधिवेशनबाट झन् विवादको शुुरुवात हुने देखिंदै छ । डिसेम्बरको निर्वाचनमा जे सुकै परिणाम आए पनि सन् २००८ को जनवरी र फेव्रुअरी पनि महाधिवेशनमय नै हुने छाँटकाँट देखिदैछ । एक समूह कमरेडहरु “जितुवा” को रुपमा र अर्काे समूहका कमरेडहरु “हरुवा” को रुपमा दुइ चिरामा देखिने निश्चित छ । हामीलाई लाग्छ, जसले जिते पनि त्यो “विजय” वास्तवमा खोक्रो विजय हुनेछ, किनकी हामी विवादलाई नीति र सिद्धान्तको सट्टा व्यक्तित्वको लडाइमा केन्द्रीत गर्दैछौं । …
यसरी दक्षिण अफ्रिका अहिले विवादमा छ । एस ए सी पी को तर्फबाट ए एन सी का सदस्यहरुलाई लेखिएको यो खुल्ला पत्रले एकातिर नेतृत्व, शैली, व्यवहार र आचरण आधारित विवाद प्रतिविम्वत गरेको छ । अर्कातिर अफ्रिकी नेशनल कँग्रेस (एएनसी), दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी (एसएसपिी) र कँग्रेस अफ साउथ अफ्रिकन ट्रेड यूनियन्स (कोसाटु) रहेको सत्ता संचालक त्रिपक्षीय गठवन्धनले अंगिकार गरेको क्रान्तिको कार्यक्रम एन डि आर– नेशनल डेमोत्र्mयाटिक रेभोल्युसन अर्थात राष्ट्रिय लोकतान्त्रिक क्रान्तिलाई बुभ्mने, व्याख्या गर्ने र प्रयोग गर्ने मामिलामा सैद्धान्तिक बहस पनि जारी छ ।
रंगभेदी शासनको अन्त्यपछि प्रख्यात अस्वेत नेता मण्डेलाकै कार्यकालमा दक्षिण अफ्रिकी कमरेडहरु बीचको विवाद के’मा हो भन्ने प्रश्नमा कोसाटु र एस ए सी पी का नेताहरुको भनाई थियो– लोकतान्त्रिक दक्षिण अफ्रिका भोली कस्तो हुनेछ, समाजवादी की पूँजीवादी? हामी वीचको बहसको चुरो यही नै हो । आप्mना मान्यताहरुलाई जोड दिंदै ट्रेड यूनियन र कम्युनिस्ट पार्टीले “समाजवाद हाम्रो भविष्य हो, अहिले नै त्यसको निर्माण गरौ (सोसलिजम इज आवर प्mयुचर, विल्ड ईट नाउ)” को नारा अघि सारे । उनीहरुले असमान र उत्पीडनमा पिसिएको अफ्रिकालाई उठाउन पुनरनिर्माण र विकासको कार्यक्रम (आरडिपी–रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट पोग्राम) लाई परिवर्तनको आत्माको रुपमा व्याख्या गरे ।
अर्कातिर सत्ताधारी अफ्रिकी नेशनल कँग्रेसले भने रंगभेदी शासनको आर्थिक जरा उखलेर मात्रै परिवर्तन दिगो हुने नीतिमा जोड दियो । “उत्पीडित विश्वको अन्य भागभन्दा अलि फरक हाम्रो देशमा, आम जनतामा सम्पती र जमिन फिर्ता गरिएन भने मुक्तिको खासै अर्थ रहने छैन । त्यसैले हाम्रो रणनीतिको आधारभूत पक्ष भनेकै हाम्रो विजयले दिने परिवर्तनलाई औपचारिक प्रजातन्त्र भन्दा माथि उठाउनु हो । विद्यमान आर्थिक शक्तिहरुको भूमिका जस्ताको तस्तै रहन दिनुको अर्थ रंगभेदी हैकमको जरामा मलजल गर्नु हुनेछ ।” यही मान्यतामा एएनसीले अल्पसंख्यक गोरा साहूहरुको मुठ्ठीमा रहेको अर्थतन्त्र, बहुसंख्यक कालाहरुको हातमा ल्याई कालाहरुलाई धनी बनाउने विइइ(वि)– व्लाक इकोनोमिक इम्पाओरमेन्ट अर्थात कालाहरुको हातमा अर्थतन्त्रको शसक्तिकरण कार्यक्रम अघि सा¥यो ।
यसपछि नयाँ विवाद “कालालाई धनी बनाउने की गरिब अफ्रिकीलाई अधिकार सम्पन्न बनाउने” अघि बढ्यो । नेल्सन मण्डेलाका उत्तराधिकारीका रुपमा थावो एम्वेकी दोस्रो कार्यकालको लागि राष्ट्रपतीमा चुनिएपछि ट्रेड यूनियन, कम्युनिष्ट पार्टी र सरकारमा रहेका एएनसी नेतृत्व वीच सैद्धान्तिक र शैलीगत दुबै प्रकृतीको विवादले चुली छोयो ।
“के हाम्रो लोकतान्त्रिक राज्यले पक्षपोषण गरेको र गरिरहेको श्रमिक वर्ग र शहरी तथा ग्रामीण गरिव जनसमुदायहरुको हात माथि पर्दै गएको छ त? वा एकाधिकार पूँजीवादले वितेको दशकमा तुलनात्मक रुपमा आपूmलाई सुदृढ गरेको छ ? के सन् १९९४ पछि एनडिआरका चालक शक्तिको वर्चश्व समाजमा बढेको छ?” अझै बहस यसरी जारी छ ।
“स्थिति पहिले भन्दा पनि साह्रै खराव भयो ।” भन्नेहरुलाई सरकारमा रहनेहरुको जवाफ छ, “आज हिजो भन्दा राम्रो भएको छ र भोली निश्चित रुपमा आजभन्दा असल हुनेछ ।” दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीको दावी छ, एनडिआरले आप्mनो घोषित बाटो फेरेको छ । जसको कारण एनडिआरका चालक शक्तिलाई भन्दा एकाधिकार पूँजीवादलाई ज्यादा लाभ हुन पुगेको छ ।
प्रश्नहरुको पेटारो
“सन् २००७ मा आईपुग्दा के हामीहरु पहिले कै क्रान्किारी बाटोमा अडिग छौं त? रंगभेदी शासन सन् १९९४ मा अन्त्य भएपछिको हाम्रो राज्य तथा समाज रुपान्तरणको मार्ग के हो?” विवादको अर्को पाटोमा सैद्धान्तिक बहस पनि चाख लाग्दो देखिन्छ । रंगभेदी शासनको पतन पछि आफैले शासनको वागडोर सम्हाल्दा सिद्धान्तलाई व्यहारमा उतार्ने क्रममा उत्पन्न अनुत्तरित प्रश्नहरुको सूचि लामै छः
ड्ड के समाजवाद पूँजीवादको गर्भबाटै जन्मन्छ?
ड्ड एनडिआरको चरित्र के हो– पूँजीवादी की समाजवादी?
ड्ड दक्षिण अफ्रिका समाजवादमा पुग्ने बाटो कुन हो– पूँजीवादी, समाजवादी वा गैर पूँजीवादी?
ड्ड एनडिआरलाई समाजवादी बाटो तर्फ उन्मुख गराउनु वा यसको क्रान्तिकारीकरण गर्नु पर्छ भन्नु, यो कार्यक्रमलाई श्रमजीवी वर्गद्वारा अपहरण गराउनु वा “छलाङ मार्ने कच्चा काम” बाट धरापमा पार्नु नै हो त?
ड्ड एनडिआरले उपनिवेशकालिन उत्पीडनको उत्तराधिकारको रुपमा रहेको एकाधिकार पूँजीवादको पुनरसंयोजन गर्ने हो की त्यसको अन्त्यको लागि काम गर्ने?
ड्ड हाम्रो ‘सपना’को राष्ट्रिय लोकतान्त्रिक राज्य कस्तो हुन्छ– “बुर्जुवा” की अन्य कुनै प्रकारको?
ड्ड एनडिआर समाजवादी रुपान्तरणको लागि बाधक हो की समाजवादको लागि छारितो बाटो?
ड्ड एनडिआरको सबैभन्दा बलशाली तथा गतिशिल पाटो कुन हो? के यो वर्ग निरेपेक्ष कार्यक्रम हो? आदि ।
चाखलाग्दा बहस
दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी र ट्रेड यूनियनले अघि सारेको नारा– समाजवाद हाम्रो भविष्य हो, अहिले नै त्यसको निर्माण गरौ को व्याख्याबाटै बहसको थालनी भएको छ । “श्रमिक वर्ग र त्यसका सहयोगीहरुले राज्य सत्ता कव्जा नगरेसम्म समाजवादी उत्पादन सम्बन्ध शुरु हुनै सक्दैन” भन्ने व्याख्या यो नारा क्वाइन गर्दा तय गरिएको थियो । अहिले यही मान्यतामा विश्वास गर्नेहरुको तर्क छ– पहिलेको नारालाई “समाजवाद हाम्रो भविष्य हो, अहिले श्रमिक वर्गको शक्ति निर्माण गरौ” भन्नु पर्छ । अर्काथरीको भनाई छ– यसको पुनरसंयोजन “समाजवाद भविष्य हो, अहिले समाजवादी सुधार गरौ” हुनुपर्छ । यी दुइ लाइनमा चलेको विवादको मुद्दा हो– “राष्ट्रिय संघर्षमा वर्गीय विषयको खोजी गर्ने की वर्ग संघर्षको राष्ट्रिय विषय खोज्ने” । यसै बहसको आसपास रहेर ए एन सी का विज्ञको निष्कर्ष छ– राष्ट्रिय लोकतान्त्रिक राज्य अहिलेको राज्य जस्तै हो शुद्ध पूँजीवादी । दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीले भनेको “मिश्रित समाजवादी अर्थतन्त्र” पनि माक्र्सवादी लेनिनवादी होईन, ‘मिश्रित’ भन्नुको अर्थ हो सामाजिक जनवादी ।
“समाजवाद पूँजीवादको गर्भबाटै जन्मन्छ” यो भनाई पनि अहिले बहसको विषय बन्न पुगेको छ । यो वहस दक्षिण अफ्रिकाको बाटो “पूँजीवादी–समाजवाद उन्मुख की गैर पूँजीवादी” भन्ने विषयसंग जोडिएको छ । मोजाम्विक र अंगोलाका प्रगतिशिल राष्ट्रिय मुक्ति क्रान्तिले विश्व पूँजीवादी उत्पादन प्रक्रियालाई पन्छाइ समाजवादमा पुग्नका अपनाएको समाजवाद–उन्मुख बाटो र जाम्बियाले अपनाएको गैरपूँजीवादी बाटोेलाई “जिउँदो समाजवाद” को रुपमा बहसकर्ताहरुले उदाहरणको रुपमा चर्चा गरेका छन् ।
ए एन सी का जोयल नेट्सीटेन्झेले दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका महासचिव ल्बेड जिमान्डेको “समाजवाद उन्मुख” र “गैरपूँजीवादी बाटो” को व्याख्यालाई “तर्कसंगत नरहेको” भनेर बहस अघि बढाएका छन् । उनको तर्क छ, कविलातन्त्रबाट दास युग, दास युगबाट सामन्तवाद र सामन्तवादबाट पूँजीवादी संक्रमणको ऐतिहासिक कालखण्डमा जसरी उत्पादन सम्बन्ध फेरियो, त्यसै गरी समाजवादी उत्पादन सम्बन्ध पनि फेरिन्छ । यो पूँजीवादको गर्भबाट जन्मदैन, बरु यस्ता सम्बन्ध त दिग्विजयी श्रमिक वर्गले सचेतनतापूर्वक आफैं सिर्जना गर्छन् । उनको भनाई छ– समाजवादी क्रन्तिमा पहिलो र जटिल काम भनेकै श्रमिक वर्गमा शक्तिको हस्तान्तरण हो । यो शक्ति वलात् कव्जा गरेर वा चुनाव जितेर अभिव्यक्त हुनसक्छ । यो क्युवामा जस्तै फराकिलो आधारमा निर्मित क्रान्तिकारी मोर्चालाई “क्रान्तिकारी श्रमजीवी वर्गको पार्टी”मा रुपान्तरित गरेर पनि हुन सक्छ ।
हामी, जवज र दक्षिण अफ्रिकीहरुको अनुभवको सान्दर्भिकता
अहिले हामी पनि नेपालमा सातदलिय गठबन्ध सञ्चालन गरिरहेका छौं । गठबन्धन भित्र रहेका यथास्थितिवादी, उग्रवामपन्थी र दक्षिणपन्थी सबै प्रवृत्ति नयाँ नेपाल कस्तो बनाउने भन्नेमा आ–आप्mनै तरीकाकाको व्याख्या गरिरहेका छन् । अर्कातिर दक्षिण अफ्रिकी कमरेडहरुले आप्mनो राजनीतिक कार्यक्रम एनडिआरको भविष्य, समाजवादको निर्माण र समाजिक रुपान्तरणमा बहस केन्द्रीत गरे झैं हामी पनि नेपाली क्रान्तिको कार्यक्रम “जबज”, माक्र्सवादको सृजनात्मक प्रयोग र नेपाली समाजको रुपान्तरणमा बहस केन्द्रीत गरिरहेका छौं । नेपालको द्वन्द्व समाधानमा दक्षिण अफ्रिकाको अनुभवको पटक पटक चर्चा गरेझैं, सरकार सञ्चालन र राजनीतिक कार्यक्रमको सन्दर्भमा दक्षिण अफ्रिकी कमरेडहरुले बहसमा उठाएका प्रश्नहरु हाम्रो छलफलमा पनि सहायक होला की?
“कमरेडहरु, अहिलेको सन्तुलन भनेको हामीले हरेक विषयमा संगैसंगै गरेको संघर्षको प्रतिफल हो । डिसेम्वरमा हुने अफ्रिकी नेशनल कँग्रेसको ५२ औं महाधिवेशनको संघारमा आईपुग्दा ए एन सी का शाखाहरु, क्षेत्र, प्रान्त र राष्ट्रिय संरचनाहरुमा विभाजन र आपसी असहिष्णुता ईतिहासमै कहिल्यै नदेखिएको अवस्था देखिएको छ । राजनीतिक गुटवन्दीका कारण गुप्तचर संस्था, न्यायालय र सार्वजनिक संचारका क्षेत्र समेत चिन्ता लाग्दो किसिमले प्रदुषित भइहेको छ। हाम्रो उदाउँदो लोकतन्त्रका लागि क्षति पु¥याउन यती नै काफी छ, र यसलाई डिसेम्बर (००७) भन्दा अघिको स्थितिमा पु¥याउन चानेचुने तरीकाले संभव देखिदैन ।
यस्तो किन भइरहेछ? यो आफैमा एउटा विवादको विषय हो । तर एउटा कुरा चाँहि निश्चित छ, हामी मरिगए पनि यसरी अघि बढ्न सक्दैनौं । परिवर्तनलाई सुनिश्चित गर्न संगसंगै जानुको हामीसँग विकल्प छैन ।
दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीले एएनसीको मूख्य ६ पदको लागि प्रस्तावित कुनै पनि पक्षको लिस्टमा सहमती जनाएको छैन, नत यसले राष्ट्रिय कार्य समितिको कुनै पनि थप नाममा सहमती जनाएको छ । यो एएनसीको आप्mनो काम हो र हामी यसको इमान्दारिताकोे सम्मान गर्छौं। किनकी आप्mनो निर्वाचनमा हाम्रै आन्दोलन भित्रका बाह्य तत्वको हस्तक्षेप भोगी सकेकाले यस्को पीडा कस्तो हुन्छ भन्ने हामीलाई राम्रै थाहा छ । तर यसको अर्थ ए एन सी को आगामी राष्ट्रिय महाधिवेशनका हामी तटस्थ पर्यवेक्षक भने हुने छैनौं । हामी आफै ए एन सी का इमान्दार सदस्य भएको नाताले, र लामो समयदेखि ए एन सी ले नेतृत्व गरेको संयन्त्रको सहयात्री पनि रहेको कारणले हामी वर्तमान अवस्था प्रति गंभीर चासो राख्छौं ।
राष्ट्रिय तहमा आ आप्mनो महाधिवेशन पछि कोसाटु र एस ए सि पी, निरन्तर ए एन सी संग द्विपक्षीय वा त्रिपक्षीय बैठकको लागि प्रयत्नरत थिए । हाम्रो मनसाय संयन्त्रमा जस्ता सुकै फरक मत र विवाद भए पनि तीव्र प्रतिस्पर्धा वीच हुन लागिरहको ए एन सी को निर्वाचनको प्रकृयामा कमरेडली व्यवहार रहेको नयां उदाहरण कायम गर्न बल पु¥याउनु थियो । दुःखको कुरा हामी यस्तो अनुभूती गरिरहेका छौं, ए एन सी को राष्ट्रिय नेतृत्व यति विघ्न विभाजित भइसकेको छ की अब उनीहरुमा हामीलाई भेट्न समेत अनिच्छा पैदा हुन पुगेको छ।
वर्षौदेखि ए एन सी को एउटा पक्षबाट कोसाटु र एस ए सी पी को सामुहिक नेतृत्वको अपमान र अमार्यादा हुंदै आयो । हामीलाई भनियो– “समस्या तिमीहरुमै छ, पहिले पहिले संयन्त्रका यो वा उ नेताहरुसंग त सम्बन्ध असलै थियो नी ।” यही भनाईमा हाम्रो गंभीर आपत्ति रहेको छ । हामीलाई लागेको छ, हाम्रा सम्बन्ध राष्ट्रिय क्रान्तिप्रतिको हाम्रा साझा प्रतिवद्धतामा आधारित हुनुपर्छ– त्यो अमुक व्यक्ति मन पर्ने वा नपर्ने–नीजि अनुभूतिको आधारमा होइन ।
दुर्भाग्यवस गठबन्धनका निर्वाचित नेतृत्वको अपमान र अमर्यादा एउटा दिनचर्याको रुपमा प्रान्त, क्षेत्र र शाखासम्म झारिएको छ । गठबन्धनका हामी मात्रै होइन अपमानको कहर स्वयं ए एन सी का प्रान्तिय नेतृत्व, समर्पित तर स्वतन्त्र मन्त्रीहरु, अन्य जनसंगठनका सदस्य र गैरपार्टी सदस्य कमरेडहरुमाथि समेत थोपरिएको छ । अन्तहिन असफलता र काण्डका वीचको व्यापक असक्षमता माथि प्रभावकारी जितका लागि दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी संघर्षप्रतिको समर्पणको सट्टा व्यक्तिप्रति समर्पण खोज्ने यस्तो नेतृत्व शैलीको तुरुन्त समाप्तीको लागि आव्हान गर्दछ ।
ए एन सी को डिसेम्बर महाधिवेशनले नयाँ जगमा त्रिपक्षीय संयन्त्रलाई सुदृढ गर्न हामी सबैलाई एउटा अर्को मौका दिनेछ भन्ने हामीलाई लागेको छ । तर ए एन सी मा भने यो महाधिवेशनबाट झन् विवादको शुुरुवात हुने देखिंदै छ । डिसेम्बरको निर्वाचनमा जे सुकै परिणाम आए पनि सन् २००८ को जनवरी र फेव्रुअरी पनि महाधिवेशनमय नै हुने छाँटकाँट देखिदैछ । एक समूह कमरेडहरु “जितुवा” को रुपमा र अर्काे समूहका कमरेडहरु “हरुवा” को रुपमा दुइ चिरामा देखिने निश्चित छ । हामीलाई लाग्छ, जसले जिते पनि त्यो “विजय” वास्तवमा खोक्रो विजय हुनेछ, किनकी हामी विवादलाई नीति र सिद्धान्तको सट्टा व्यक्तित्वको लडाइमा केन्द्रीत गर्दैछौं । …
यसरी दक्षिण अफ्रिका अहिले विवादमा छ । एस ए सी पी को तर्फबाट ए एन सी का सदस्यहरुलाई लेखिएको यो खुल्ला पत्रले एकातिर नेतृत्व, शैली, व्यवहार र आचरण आधारित विवाद प्रतिविम्वत गरेको छ । अर्कातिर अफ्रिकी नेशनल कँग्रेस (एएनसी), दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी (एसएसपिी) र कँग्रेस अफ साउथ अफ्रिकन ट्रेड यूनियन्स (कोसाटु) रहेको सत्ता संचालक त्रिपक्षीय गठवन्धनले अंगिकार गरेको क्रान्तिको कार्यक्रम एन डि आर– नेशनल डेमोत्र्mयाटिक रेभोल्युसन अर्थात राष्ट्रिय लोकतान्त्रिक क्रान्तिलाई बुभ्mने, व्याख्या गर्ने र प्रयोग गर्ने मामिलामा सैद्धान्तिक बहस पनि जारी छ ।
रंगभेदी शासनको अन्त्यपछि प्रख्यात अस्वेत नेता मण्डेलाकै कार्यकालमा दक्षिण अफ्रिकी कमरेडहरु बीचको विवाद के’मा हो भन्ने प्रश्नमा कोसाटु र एस ए सी पी का नेताहरुको भनाई थियो– लोकतान्त्रिक दक्षिण अफ्रिका भोली कस्तो हुनेछ, समाजवादी की पूँजीवादी? हामी वीचको बहसको चुरो यही नै हो । आप्mना मान्यताहरुलाई जोड दिंदै ट्रेड यूनियन र कम्युनिस्ट पार्टीले “समाजवाद हाम्रो भविष्य हो, अहिले नै त्यसको निर्माण गरौ (सोसलिजम इज आवर प्mयुचर, विल्ड ईट नाउ)” को नारा अघि सारे । उनीहरुले असमान र उत्पीडनमा पिसिएको अफ्रिकालाई उठाउन पुनरनिर्माण र विकासको कार्यक्रम (आरडिपी–रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट पोग्राम) लाई परिवर्तनको आत्माको रुपमा व्याख्या गरे ।
अर्कातिर सत्ताधारी अफ्रिकी नेशनल कँग्रेसले भने रंगभेदी शासनको आर्थिक जरा उखलेर मात्रै परिवर्तन दिगो हुने नीतिमा जोड दियो । “उत्पीडित विश्वको अन्य भागभन्दा अलि फरक हाम्रो देशमा, आम जनतामा सम्पती र जमिन फिर्ता गरिएन भने मुक्तिको खासै अर्थ रहने छैन । त्यसैले हाम्रो रणनीतिको आधारभूत पक्ष भनेकै हाम्रो विजयले दिने परिवर्तनलाई औपचारिक प्रजातन्त्र भन्दा माथि उठाउनु हो । विद्यमान आर्थिक शक्तिहरुको भूमिका जस्ताको तस्तै रहन दिनुको अर्थ रंगभेदी हैकमको जरामा मलजल गर्नु हुनेछ ।” यही मान्यतामा एएनसीले अल्पसंख्यक गोरा साहूहरुको मुठ्ठीमा रहेको अर्थतन्त्र, बहुसंख्यक कालाहरुको हातमा ल्याई कालाहरुलाई धनी बनाउने विइइ(वि)– व्लाक इकोनोमिक इम्पाओरमेन्ट अर्थात कालाहरुको हातमा अर्थतन्त्रको शसक्तिकरण कार्यक्रम अघि सा¥यो ।
यसपछि नयाँ विवाद “कालालाई धनी बनाउने की गरिब अफ्रिकीलाई अधिकार सम्पन्न बनाउने” अघि बढ्यो । नेल्सन मण्डेलाका उत्तराधिकारीका रुपमा थावो एम्वेकी दोस्रो कार्यकालको लागि राष्ट्रपतीमा चुनिएपछि ट्रेड यूनियन, कम्युनिष्ट पार्टी र सरकारमा रहेका एएनसी नेतृत्व वीच सैद्धान्तिक र शैलीगत दुबै प्रकृतीको विवादले चुली छोयो ।
“के हाम्रो लोकतान्त्रिक राज्यले पक्षपोषण गरेको र गरिरहेको श्रमिक वर्ग र शहरी तथा ग्रामीण गरिव जनसमुदायहरुको हात माथि पर्दै गएको छ त? वा एकाधिकार पूँजीवादले वितेको दशकमा तुलनात्मक रुपमा आपूmलाई सुदृढ गरेको छ ? के सन् १९९४ पछि एनडिआरका चालक शक्तिको वर्चश्व समाजमा बढेको छ?” अझै बहस यसरी जारी छ ।
“स्थिति पहिले भन्दा पनि साह्रै खराव भयो ।” भन्नेहरुलाई सरकारमा रहनेहरुको जवाफ छ, “आज हिजो भन्दा राम्रो भएको छ र भोली निश्चित रुपमा आजभन्दा असल हुनेछ ।” दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीको दावी छ, एनडिआरले आप्mनो घोषित बाटो फेरेको छ । जसको कारण एनडिआरका चालक शक्तिलाई भन्दा एकाधिकार पूँजीवादलाई ज्यादा लाभ हुन पुगेको छ ।
प्रश्नहरुको पेटारो
“सन् २००७ मा आईपुग्दा के हामीहरु पहिले कै क्रान्किारी बाटोमा अडिग छौं त? रंगभेदी शासन सन् १९९४ मा अन्त्य भएपछिको हाम्रो राज्य तथा समाज रुपान्तरणको मार्ग के हो?” विवादको अर्को पाटोमा सैद्धान्तिक बहस पनि चाख लाग्दो देखिन्छ । रंगभेदी शासनको पतन पछि आफैले शासनको वागडोर सम्हाल्दा सिद्धान्तलाई व्यहारमा उतार्ने क्रममा उत्पन्न अनुत्तरित प्रश्नहरुको सूचि लामै छः
- के समाजवाद पूँजीवादको गर्भबाटै जन्मन्छ?
- एनडिआरको चरित्र के हो– पूँजीवादी की समाजवादी?
- दक्षिण अफ्रिका समाजवादमा पुग्ने बाटो कुन हो– पूँजीवादी, समाजवादी वा गैर पूँजीवादी?
- एनडिआरलाई समाजवादी बाटो तर्फ उन्मुख गराउनु वा यसको क्रान्तिकारीकरण गर्नु पर्छ भन्नु, यो कार्यक्रमलाई श्रमजीवी वर्गद्वारा अपहरण गराउनु वा “छलाङ मार्ने कच्चा काम” बाट धरापमा पार्नु नै हो त?
- एनडिआरले उपनिवेशकालिन उत्पीडनको उत्तराधिकारको रुपमा रहेको एकाधिकार पूँजीवादको पुनरसंयोजन गर्ने हो की त्यसको अन्त्यको लागि काम गर्ने?
- हाम्रो ‘सपना’को राष्ट्रिय लोकतान्त्रिक राज्य कस्तो हुन्छ– “बुर्जुवा” की अन्य कुनै प्रकारको?
- ड्ड एनडिआर समाजवादी रुपान्तरणको लागि बाधक हो की समाजवादको लागि छारितो बाटो?
- एनडिआरको सबैभन्दा बलशाली तथा गतिशिल पाटो कुन हो? के यो वर्ग निरेपेक्ष कार्यक्रम हो? आदि ।