Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

दक्षिण अफ्रिकी अनुभवको सन्दर्भमा नयाँ नेपाल निर्माणको बहस

November 6th, 2012

झण्डै ५ वर्ष अघि दक्षिण अफ्रिकी अनुभवको वारेमा मैले यो लेख तयार गरेको थिएं । त्यतिखेर लागेको थियो, संविधानसभाको चुनाव पछि निर्धारित समयमा भित्रै संविधान निर्माण हुनेछ । द्वन्द्वपछिको संक्रमणकालको व्यवस्थापनमा विगतमा गरिएका कमिहरु दोहरिने छैनन्। अफ्रिकाले भोग्नु परेको अप्ठ्यारामाथि हामी नेपालीले टेक्नुपर्ने छैन । तर, संविधानसभाको अस्वभाविक अवसानपछि हामीहरु पनि उस्तै प्रकृतिको पेचिंदा प्रश्नै–प्रश्नका पेटारोबाट घेरिन पुगेका छौं । बहसमा उठाइएका कतिपय प्रश्नहरु आज हाम्रा सन्दर्भमा पनि सान्दर्भिक देखिएका छन् ।

यो सैद्धान्तिक बहसमा एमालेको मार्गदर्शक सिद्धान्त, जनताको बहुदलीय जनवाद (जबज) पनि तानिएको छ । यसन्दर्भमा तीन कोणबाट बहस जारी छ ।

पूर्ण पाठ को  pdf  फाइल डाउनलोड गर्नुहोस्  दक्षिण अफ्रिकी अनुभवको सन्दर्भमा नयाँ नेपाल निर्माणको बहस

  • पहिलो, जननेता मदन भण्डारीको अगुवाईमा विकास गरिएको ‘जबज’ पूर्ण छ । यसलाई ‘यता–उता’ गर्नु सिद्धान्तप्रतिको वेइमानी हो ।
  • दोस्रो, ‘जबज’लाई व्याख्या गर्नुपूर्व नै सिद्धान्तकारको षडयन्त्रमूलक हत्या भयो । त्यतिखेर राजतन्त्र थियो, अहिले गणतन्त्र आइसक्यो । पार्टीको पाँचौ महाधिवेशनमा ‘जबज’ नेपाली क्रान्तिको कार्यक्रमको रुपमा पारित भएको थियो । अहिले यो पार्टीको मार्गदर्शक सिद्धान्त हो । मार्गदर्शक सिद्धान्त भन्नुको अर्थ हो, ‘जबज’ नै माक्र्सवादको नेपाली संस्करण हो । क्रान्तिको कार्यक्रम, सिद्धान्तमा रुपान्तरित हुँदा व्याख्या गरिनु पर्ने कतिपय विषय छन्, त्यसलाई विकास गर्नुपर्छ ।
  • तेस्रो, ‘जबज’ अर्धसामन्ती–अर्ध औपनिवेशिक समाजको क्रान्तिको कार्यक्रम हो । नेपाली समाज ‘पुँजवादी’ समाजमा बदलिइसक्यो । तसर्थ, ‘जबज’ ले अबको क्रान्तिको मार्गदर्शन गर्न सक्दैन, त्यसमाथि नै पुनरविचार गर्नुपर्छ ।

सङ्क्षेपमा, बहसको पहिलो कोण– यान्त्रिक/यथिास्थितिवादी हो । यसले माक्र्सवादी सिद्धान्तलाई जडसुत्रको रुपमा व्याख्या गर्छ । ‘जे लेखेको छ, त्यही हुनुपर्छ’ भन्ने मान्यता राख्ने यो कोणले सिद्धान्तलाई ‘धर्मग्रन्थ’को तहमा झार्छ ।

तेस्रो कोण, गैर–जबज’वादी कोण हो । ‘यो वा त्यो’ रुपमा यसले ‘जबज’लाई नकार्छ ।

दोस्रो, सही कोण  हो । यसले सिद्धान्तलाई ‘कन्टेण्ट’ हैन ‘मेथड’को रुपमा अङ्गिकार गर्छ । सिद्धान्तको प्रयोग, सिर्जनात्मक हुनुपर्ने तर्क गर्छ । ‘जबज’लाई ‘गजब’ नबनाउन हामीले बहस गर्नेहरुको भनाईमा बहकिने हैन, अन्तरवस्तुमा ध्यान दिनु पर्छ ।

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.