Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

‘ टालाटुली-बटुली’ले केही गर्दैनन्, स्थिरता दिने एमाले हो

March 11th, 2022

‘अध्यक्ष ओली युवा पुस्तामा लोकप्रिय हुनुहुन्छ, पार्टी प्रवेशको लहर छ’

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले जनताले स्थिरताका लागि टालाटुली बाटुली गठबन्धनलाई भन्दा एमालेलाई मत दिने दाबी गरेका छन्।

सेतोपाटीसँग कुराकानी गर्दै रिमालले सत्ता गठबन्धनमा रहेका दलहरू एक्लै चुनावमा जानसमेत डराएको बताए।

‘माधव नेपालले त आफ्नो प्रतिवेदनमा एकातिर गठबन्धन अर्कोतिर एमाले रहन्छ भन्नुभएछ। कुरा स्पष्टै हो किनभने एमाले एक्लै काफी छ,’ रिमालले भने,‘जनतालाई हामी के भन्छौं भने स्थिरता हामीले नै दिने हो। टालाटुली बाटुली गरेर स्थिरता दिने होइन। त्यसकारण मत दिनुस्, हामी परिवर्तन गर्छौं, भन्छौ

आफूहरूले देशमा ल्याएको परिवर्तन घरकै छेउछाउमा हेर्नुस् भनेर जनतालाई भन्ने उनले बताए।

कांग्रेस र एमाले प्रतिस्पर्धी दल रहेकाले तालेमलको सम्भावना नरहेको, माधव नेपालको पार्टीनै नबनेको र माओवादी केन्द्र कांग्रेससँगै टाँसिएकाले गठबन्धनमा रहेका दलसँग एमालेको तालमेलबारे बहस गर्न जरूरी नरहेको उनको भनाइ छ।

‘कांग्रेस र एमाले प्रतिस्पर्धी दल हुन्। यी दुईको तालमेल हुँदैन। यी पार्टी स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्छन्। अरू पार्टी आफ्नो इच्छाअनुसार दायाँ-बायाँ लाग्ने हुन्। त्यसमा पनि माधव नेपालजीको पार्टी नै बनेको छैन त्योसँग तालमेल गर्नै परेन,’ उनले भने,‘प्रचण्डजीहरू दुई तिहाइको सरकार छोडेर हिँड्नुभएको छ,उहाँहरूलाई हामीले तालमेल गरिदिनै परेन। उहाँहरूले हामीसँग तालमेलको कुरै गर्नुभएको छैन। उहाँहरू त कांग्रेससँगै मिसिनुभएको छ। अहिले हामी आफ्नो पार्टीको रणनीतिक योजनामा छौं। हामी गठबन्धनको चक्करमै छैनौं

२०७९ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले गरेको तयारी, उसका चुनावी एजेन्डालगायत विषयमा केन्द्रीत रहेर हामीले एमाले उपमहासचिव रिमालसँग भिडिओ कुराकानी गरेका छौं। यस कुराकानीका मुख्य अंश यसप्रकार छन्।

-एक्लै चुनाव लड्ने ल्याकत माधव नेपाल र प्रचण्डसँग छैन। एक्लै लड्दा के हो, के हो भन्ने कांग्रेसलाई पनि परेको छ। कांग्रेसलाई उहाँहरू चाहिएको छ र उहाँहरूलाई पनि कांग्रेस चाहिएको छ। एक्लै चुनाव लड्न सक्ने कसैको आँट छैन।https://www.youtube.com/embed/hqbkHu9S7kE

-अहिले एमालेले कसैलाई तालमेल गर्न आऊ या नआऊ भनेको छैन। हामी आफ्नो एजेन्डामा अगाडि गएका छौं। हिजो पनि हामी एक्लै चुनाव लडेका हौं। हामी अहिले पनि त्यहीँ गर्छौं र कोही साथीहरू हामी सहभागी हुन्छौं सहमत भएर अगाडि बढ्छौं भन्नुहुन्छ भने त्यतिखेर सोचौंला। आजका मितिमा कुनै पार्टीले तालमेल गरौं भनेका छैनन्। हामीले पनि सोच बनाएका छैनौं।

-हामीले पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छौं। स्कुल विभाग, स्थानीय विकास विभाग र निर्वाचन विभाग जोडिएको छ। यसको संयोजन पार्टी स्कुल विभागले गरेको हो। यो बीचमा हामीले गरेका कामको विवरण तयार पारिरहेका छौं र आगामी कामको लिस्टिङ गरिरहेका छौं।

-स्थानीय सरकार चल्दाका हाम्रा अप्ठ्याराहरू र हामीले गरेका कामको विवरण साथीहरूले तयार गर्दै हुनुहुन्छ। यसको आधारमा अब हुने चुनावमा हामी कुन तरिकाले जानुपर्छ भन्ने हिसाबले हाम्रा योजना बन्दैछन्। हामी अल्पमतमा रहेको हामीले निर्वाचन हारेको र अरूले चुनाव जितेको पालिकाहरू र हामीले जितेका पालिकामा भएको कामको तुलना गर्दैछौं। त्यही हिसाबले हामी आफ्नो विषयवस्तुहरू तयार गर्दैछौं।

-हामीले संविधानले दिएको अधिकार जनतालाई डेलिभर गर्ने हो। हाम्रो नीति भनेको समाजवादको आधार तयार गर्ने हो। र मुलुकलाई समाजवादतर्फ लैजाने हो। त्यसको लागि स्थानीय सरकारले काम गर्नुपर्छ। अब ५ वर्षसम्ममा पालिकालाई नयाँ रूपमा समाजवादको आधार कसरी बनाउन सकिन्छ भनेर जनतामा जान्छौं। हिजो हामीले के गर्‍यो र अब हामी के गर्न चाहन्छौं भनेर जनतालाई भन्छौं।

-अघिल्लो चुनावमा पनि अहिलेकै जस्तो परिस्थिति थियो। कांग्रेस र माओवादी केन्द्रले चुनावमा मोर्चाबन्दी गरेका थिए। त्यो मोर्चाबन्दीमा पराजित भएपछि हामीसँग मिल्न आउनुभएको थियो। मिलेर नयाँ जनमत सिर्जना गरेपछि जनमत लुटेर, बेचेर अहिलेको माओवादी केन्द्र र हामीसँगैबाट बाहिर निस्किनुभएको माधव नेपालजीहरूले नयाँ बितण्डा मच्चाइरहनुभएको छ।

-हामी जनताको बीचमा जनताले चाहेको स्थिरता जनताले देखेको विकासको एजेन्डा जनताको मनमा रहेको परिवर्तनको तिर्खालाई मेटन जसरी लागिपरेका थियौं। त्यसमा गरिएका गडबडीबारे जनतालाई बताउँछौं। यो हाम्रो पालिकाका प्रमुख र नेताहरूले राम्रोसँग बुझ्नुभएको छ। हामी चुनावका बेला यो कुरालाई उठाउँछौं।

– हिजो जसरी प्रतिगामी भनेर हामीलाई दण्डित गरिएको थियो। राम्रो काम गर्दागर्दै घेराबन्दीमा पारिएको थियो। हामीलाई हिजो जे आरोप लगाइएको थियो त्यही हाम्रो एजेन्डा हुन्छ। जनताको बीचमा जाने कसरी प्रतिगामी हुन्छ, चुनाव छल्दै हिँड्ने कसरी अग्रगामी हुन्छ। आफ्नो एकल दललाई फुटाएर कांग्रेसलाई सत्ता सुम्पिने कसरी अग्रगामी हुन्छ। अर्काको वैशाखी टेकेर उभिएको कांग्रेस कसरी दह्रो हुन्छ। यीनै विषय हाम्रा प्रश्न हुन्छन् जनतासामु त्यसलाई नै स्पष्ट पार्दै हामी अगाडि जान्छौं।

-दुई पटक प्रतिनिधि सभा विघटन गर्न केपी ओलीलाई किन बाध्य पारियो भन्ने हो। हुँदाखाँदाको सरकार त केपी ओलीले ढालेको होइन नि। तलदेखि माथिसम्म सरकार ढाल्छौं भनेको त उहाँहरूले हो नि। एउटा एजेन्डामा चुनावमा जाने अनि सरकार ढलाउन अर्को पार्टीमा गएको कुरा त हामी भन्छौं नि।

-अहिलेको गठबन्धन टुट्छ र माओवादीहरू हामीसँग तालमेल गर्न आउँछन् भनेर परिकल्पना नगरौं। अहिलेको राष्ट्रिय राजनीतिमा हामीले एमालेको सरकार किन ढाल्यौ भनेर पुष्टि गर्नुपर्ने होला। प्रचण्डलाई गठबन्धनबाट कांग्रेसले निकाल्छ कि भन्ने डर छ। हामीले गठबन्धन बनाएरै आउनुस् भनेर सुझाव दिएका छौं। त्यसैले यसमा धेरै परिकल्पना गर्न जरूरी छैन।

-हामीले २०७४ मा ४५ प्रतिशत धेरै स्थानीय तह जितेका थियौं। जुन ठाउँमा राम्रो काम गरेका छन्, त्यहाँ उनीहरू नै उठ्लान्। अथवा कोही फेरिन पनि सक्छन्। स्थानीय तहमा काम गरेको र लोकप्रियता  अनि जनताले रूचाएको आधारमा उम्मेदवार छानिन्छ। जनतामा भिजेका व्यक्ति नै उम्मेदवार बन्छन्।

-हरेक ठाउँमा पार्टी प्रवेश गर्नेको लहर छ। देशव्यापी रूपमा यो चलिरहेको छ। हाम्रो अध्यक्षज्यू युवापस्तामा अझै लोकप्रिय हुनुहुन्छ। यस्ता थुप्रै आधार छन्, हामीले जित्छौं भन्ने। हामी चुनावसँग डराउन पर्ने कारण छैन। हामीले गरेको कामले हामी चुनाव जित्छौं।

-हाम्रो अध्यक्षले मतपत्र किन हरियो भनेर जिज्ञासा मात्रै राख्नुभएको हो। हरियो रूखको रंग भएर राखेको हो कि अरू केही प्राविधिक छ कि भनेर सोध्नुभएको हो। अहिले त षड्यन्त्रै षडयन्त्र देखिन्छ नि। त्यही भएर हो। हामीलाई निर्वाचन आयोगले प्रष्ट पार्छ होला किनकी यो उसको दायित्व हो र हामी सबैभन्दा ठूलो दल हो।

टालाटुली बाटुलीले केही गर्दैनन्, स्थिरता दिने एमाले हो भनेर जनतामा जान्छौं: विष्णु रिमाल (भिडिओ)

I सन्जिब बगाले Iसेतोपाटी I काठमाडौं, फागुन २६

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.