November 10th, 2022
राजनीतिक दलले जारी गर्ने घोषणापत्र भनेको ५ वर्षको लागि हरेक नेपालीले सुन्नुपर्ने, पढ्नुपर्ने र ख्याल गर्नुपर्ने विषय हो। घोषणापत्रसँग सम्बन्धित विषयमा चाहिँ आम जनमानसमा एक किसिमको भ्रम पर्न गएको छ। कतिपय मान्छेले पढ्दै नपढिकन घोषणापत्र लागू भएन भन्ने गरेका पनि छन्। त्यसकारण एकैचोटि जानकारी व्यापक प्रवाह होस् भनेर एमालेले डिजिटल्ली सार्वजनिक गरेको हो। सबैका हात हातमा एकै चोटी पुग्ने विधि अपनाउनुपर्छ भनेर हामीले त्यो ठाउँ प्रयोग गरेका हौं।