April 21st, 2013
ज्याला निर्धारणमा संसारमा विभिन्न विधि अपनाइएका छन्, उदाहरणका लागि ब्राजिलमा विगत वर्षको मुद्रास्पिर्तीमा बितेका दुई अवधिको आर्थिक वृद्धि जोडेर न्युनतम ज्याला निश्चित गरिन्छ । फ्रान्समा जति मुद्रास्पिर्ती हुन्छ, हरेक वर्ष सोही अनुपातमा न्युनतम ज्याला बढाइन्छ । त्यसबाट पुरताल नहुने खाडललाई सौदाबाजीको माध्यमद्वारा वृद्धि गरी समायोजन गरिन्छ । अर्को एउटा फर्मुला छ- ‘निर्वाह हुने न्युनतम खर्चलाई औसत परिवार संख्याले गुणा गरी, पूर्ण रोजगारी पाउने परिवार संख्याले भाग गर्दा’ जति आउँछ, त्यत्ति नै एक श्रमिकको न्युनतम ज्याला हुनुपर्छ । जस्तो, हालको मासिक रु. ६,२०० लाई न्युनतम निर्वाह खर्च मानी, औसत ४ जनाको परिवारमा श्रीमती/श्रीमान दुवै रोजगारीमा रहेको ठान्ने हो भने पनि एउटा नेपाली श्रमिकको न्युनतम मासिक ज्याला रु १२,४००।- र दैनिक रु. ४७६।९२ पैसा हुनआउँछ । यो फर्मुला अनुसार यदि त्यो परिवारको १ जना सदस्यमात्र पूर्ण रोजगारीमा छ भने मासिक ज्याला रु. २४,८०० र दैनिक रु. ९५३।८५ पैसा हुनुपर्छ ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड गर्नुहोस् WageHow to increase_2013