May 8th, 2022
मेरो आफ्नो बुझाइमा भू–राजनीतिक हिसाबमा यो गठबन्धन जोगिने हिसाबले जाला। यो गठबन्धन आफ्नो खुसीले बनेको हैन। गठबन्धन आफूखुसी बनेको भए कांग्रेसका नेता र कार्यकर्ताले बागी उम्मेदवार उठाउँदैनथे। उहाँहरुले रुचेको गाँस खाएको होइन, नरुचेको गाँस खाएको हो। त्यसैले यो भित्रैबाट बनेको गठबन्धन होइन। यो गठबन्धन बनाउन जसले सहयोग वा प्रेरित गर्यो, तिनीहरुले नै जबसम्म संघीय संसदमा एमाले कमजोर हुँदैन, तबसम्म तिमीहरूको गठबन्धन कायम रहनुपर्छ भनेको हुनसक्छ भन्ने मेरो अनुमान हो। तर, परिस्थिति के हुँदैछ भने यो गठबन्धनबाट कांग्रेस वा माओवादी या माधव नेपालहरु कसैलाई पनि फाइदा हुनेवाला छैन। यसले उपेन्द्र यादवहरूलाई पनि फाइदा हुनेवाला छैन। उनीहरुबीच नै आगामी दिनमा एउटाले अर्कोलाई असहयोग गरेका कारण निर्वाचन हारेको भन्ने निष्कर्षमा पुग्ने अवस्था आउने छ। पछि उहाँहरुको बीचमा हुने झगडाको कारण नै त्यही हुनेछ।
म कथित वाम गठबन्धनको पक्षमा छैन : विष्णु रिमाल (अन्तर्वार्ता)