Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

गठबन्धनलाई एउटा युनिट मान्ने हो भने एमाले सबैभन्दा ठूलो पार्टी हो

May 28th, 2022

२०७४ को आम निर्वाचनपछि संसद र सार्वजनिक स्थलमा नेपाली काँग्रेसको मनस्थितिलाई हेरेर एमालेले एकोहोरो अनुरोध गरिरह्यो– “यो निर्वाचनबाट परिणाम तपाईहरुको पक्षमा आएन । यो सत्यलाई स्वीकार्नुस् । हिजोको रजगज संझिएर कुण्ठित नहुनुस् ।” अहिले काँग्रेस त्यही भाषा दोहर्‍याउँन खोज्दैछ । एमालेलाई भन्दैछ– “हार स्वीकार गर । नेकाँको फेरिएको हैसियतलाई ‘सलाम’ गर !”

नेकाँको चुनाव चिन्ह रुखबाट निर्वाचित जनप्रतिनिधिको संख्या एमालेको भन्दा बढी छ । ‘बढी’लाई एमालेले ‘घटी’ भनि रहेको छैन । एमालेले मात्र एउटा प्रश्न गरिरहेको छ– नेकाँको खातामा आएको त्यो ‘पूँजी’ उसको आफ्नै हो वा त्यसमा अरुको अंश पनि छ?” 

जहाँको  प्रतिस्पर्धामा ‘रुख वा हसिया–हतौडा वा कलम वा छाता/साइकल’ मध्ये एउटा मात्र अरुसंगको प्रतिस्पर्धामा छ, त्यो गठबन्धन नै त होला । या ति मध्ये २ वा २ भन्दा बढी चिन्ह गायब भई कुनै एउटा मात्र ‘सूर्य’संग प्रतिस्पर्धा गरेको भए त्यो पनि गठबन्धन नै त होला ।

अहिले काँग्रेसका नेताहरुले के भनिरहनु भएकोछ, त्यो भन्दा जब्बर तथ्य निर्वाचन आयोगको ‘रेकर्ड’ हो । रेकर्डले देखाउँछ– ७५३ मध्ये ३११ स्थानीय तहमा नेकाँ सहितको पाँच दलीय गठबन्धन छ, ३०७ स्थानमा नेकाँ सहितको २ वा ३ दलीय गठबन्धन देखिन्छ । एमाले, काँग्रेस र माके एक्ला एक्लै प्रतिस्पर्धा गरेको स्थान १३५ मात्र देखिन्छ । 

यो निर्वाचनमा एमाले ‘अघि कि पछि’ भन्ने मुद्धाको छिनोफानो गर्न यो पक्षलाई ख्याल गर्नु परेन? 

यदी गठबन्धनलाई एउटा दल मान्ने हो भने गठबन्धनले जित्यो । एमाले दोस्रो भयो । गठबन्धन भित्रका दलहरु बीच के कसरी अंशबण्डा भएको छ, त्यो ती दलहरुको आन्तरिक विषय हो । यो कोणबाट विश्लेषण गर्ने हो भने यहाँ एमाले सीटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति हो । यो तथ्य स्वीकार्न साथीहरुमा आनाकानी किन? यदी काँग्रेस आफुलाई ‘पहिलो’ भन्न चाहन्छ भने उसले आफुले ‘सहयोगी’बाट लिएको ‘सापटी’ कति हो छुट्याउन परेन? सावाँ, सापटी, व्याज सबै एक्लै काँग्रेसको मात्रै कमाइ हो भन्न मिल्छ र?

यदी लोकप्रीय मतको हिसावमा जाने हो भने जसरी हिसाब गरे पनि एमाले पहिले दल हो भन्न साथीहरुलाई किन आँट नआएको? पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षले प्राप्त गरेको मतलाई सोझो हिसाव गर्ने हो भने मेयर/अध्यक्षहरुको कुल १ करोड १२ लाख ८ हजार १९५ मतको ३४ प्रतिशत (३८०९६९८) एमालेको छ । काँग्रेसको ३३.३ प्रतिशत र माकेको ११.९ प्रतिशत छ । उपमेयर/उपाध्यक्षको कूल १ करोड, ४ लाख ६० हजार ८५३ मत मध्ये ३५.१ प्रतिशत (३६६८२५५) एमालेको पक्षमा छ । गठबन्धन गरिएको सबै पदमा सबै नठेको भन्ने तर्कमा जाने हो र दुवै पदमा खसेको सदर मतको औसत र दलहरुले पाएको मतको औसत निकाल्ने हो भने पनि कूल १ करोड ८ लाख ३४ हजार ५२४ मतको ३५ प्रतिशत (३७३८९७७) एमाले र ३० प्रतिशत नेकाँको देखिन्छ ।

नेकपा एमालेबाट चोइटिएको नेकपा ‘एस’को जम्मा मत ४ प्रतिशत छ ।  ‘एस’को ४ प्रतिशत पनि सबै उसको होइन, काङ्रग्रेस र माओवादी गठबन्धनबाट पाएको हो। भन्ने अनुमान गर्न सकिन्छ । त्यस्तै काङ्ग्रेसले पनि  एसको एकतिहाइ पायो होला । कुल मतमा एसको एकतिहाइ (१.३३ %) कटाउँदा काङ्रग्रेसको ३२ प्रतिशत मात्र रहन्छ । अझ माओवादीबाट पाएको लाभको अनुमानित ३ प्रतिशत कटाउँदा काङ्ग्रेस २९ प्रतिशतमा झर्छ ।

के लाई आधार मान्ने? के को आधारमा नम्बर १ भन्ने? के लाई हार वा जीत भन्ने? 

सिधा जोडे पनि, छड्के जोडे पनि लोकप्रीय मतको हिसाबले एमाले पहिलो त देखियो–देखियो । आउनुस् न तथ्य सहित बहस गरौं । ‘चिट पनि मेरो, पट पनि मेरो, अण्टी मेरो बाऊको’ भने जस्तो नगरौं ।

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.