December 6th, 2022
ऋषी धमलाले आफ्नै शैलमिा सोधी रहे–
प्रचण्ड/माधव संग सहकार्य गर्ने कि नगर्ने?
रबी लामिछानेको पार्टीसंग सहकार्य हुने कि नहुने?
काङ्ग्रेस र एमाले बीच सहकार्य हुने कि नहुने?
निर्वाचन परिणाम आउनै बाँकी छ । गठबन्धनवालाहरु कता र कसरी अघि बढ्ने भन्नेमा अलमलमैं छन् ।
अङ्क गणित हेर्दा बहुमतको लागि चाहिने सिटभन्दा गठबन्धनसंग ६/७ सिट अझै कम छ । रास्वपा बारे सार्वजनिक चर्चा बाहेक जानकारी नै छैन ।
यस्तो अवस्थामा मैले भनें–कोसंग सहकार्य गर्ने, कोसंग नगर्ने –परिणाम त आउन दिउँ!