Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

कार्पेट मजदुरका अनुभुती

December 26th, 2009

 

झण्डै १ वर्ष अगाडीको कुरा हो, हाम्रो महासंघको एक समूह बौद्ध स्थित नेपाल स्वतन्त्र कार्पेट मजुर यूनियनको क्षेत्रीय कार्यालयमा पुग्यो। मलाइ अझै याद छ, त्यो दिन २०५८ सालको पुस महीनाको २६ गते थियो, समय यस्तै दिउसोको एक बजेको थियो।

हाम्रो त्यहां जानुको मूल उद्देश्य गलैंचा उद्योगमा काम गर्ने महिला र पुरुष श्रमिकलाई सगै राखेर महिला विरुद्ध त्यस उद्योगमा हुने र भएका भेदभाव तथा अत्याचारको जांच पड्ताल गर्नु थियो। छलफलको शुरुवात भयो, जानी राखे कै विषयबाटै हामीले कुरा अघि बढायौं। 

कस्ता मजदूर छन् गलैंचामा? अधिकांश पिस रेट, केही मास्टरहरु चांहीं अस्थायी छन् । 

काम कत्तिको चलेको छ? अर्डर छैन भन्छ, काम चांहि लगाऊछ । खानै प¥यो, जे काम पायो त्यही गर्ने जति दिन्छ, त्यतिमा नै काम गर्ने। 

पुरुषहरुको पनि ताल यस्तै हो? हाम्रो प्रश्नको उत्तर दिदै महिला सहभागीहरुको जवाफ थियो, पुरुषहरु अरु काममा पनि जान्छन्, तर महिला यही काम गर्छन् । 

किन यही काम गर्ने त? किनभने जे ग¥यो त्यही सजिलो लाग्दो रहेछ । हामी महिला रोडा वालुवा उठाउन सक्दैनौं। कतिपय पुरुषहरु पनि २÷४ महिना अरु काम गर्छन्, पछि यही आउछन् । यही काम सजिलो मान्छन् ।

यूनियनप्रति कस्तो धारणा छ? यूनियनमा लाग्नेमा साहुले नथाहापाओस् भन्ने लेवोरमा छ । स्टाफहरुमा चांहि थाहा पाओस् भन्ने। किनकी साहूले थाहापाएर कामबाट निकाले क्षतिपूर्ति पाइन्छ भन्नेमा उनीहरु छन््। यूनियनमा लाग्ना साथ तुरुन्त फाइदा पाउनु पर्छ भन्ने पनि छन्, साहूलाई “थर्काए” मात्र राम्रो भन्ने पनि छन् । अझै धेरै मजदुरहरु यूनियनमा लाग्न डराउछन् । 

महिला सहभागीहरुको धारणा छ, हामी लाग्ने पनि थपना जस्ता मात्रै छौं । वच्चा भएका महिलाहरु सदस्य हुनै चाहदैनन् । उनीहरु यूनियनको सदस्य वनेमा पैसा मात्र खेर जाने ठान्दछन् । यूनियनमा धेरै ठिटा ठिटी मात्र छन् । एक जना महिला भन्छिन्– पोथी वासेर हुदैन।

पुरुष सहभागीको अनुसार यस्तो हुनुको कारण उनीहरुले नवुझेर नै हो । उनीहरु कारखानावाट बाहिर गएका छैनन् । उनीहरुलाई धेरै थाहा छैन । एक सहभागी भन्छन्, महिलालाई राम्रोसंग बुझाउदा संगठन गर्न सजिलो हुदो रहेछ । कतिपय ठाउंमा अभिभावकवाट स्वीकृती समेत नपाउने हुंदा महिलाहरु यूनियनमा लागेका छैनन् । यहां महिलाको संख्या धेरै छ। तर सामान्यतया कमिटीमा महिलाको संख्या पुरुषको भन्दा कम छ । तर पहिलेको तुलनामा महिलाहरुको संख्या वढिरहेको छ। 

महिलाले कस्ता कस्ता काम गर्छन्?महिलाले गर्ने अधिकांश स्थानको काम धागो डल्ला पार्ने र बुन्ने हो । एक पुरुष सहभाग िहुन्छन्, साहुहरुले नै ग¥हौं भारी बोक्ने काम महिलालाई दिंदैनन्। गलैंचा धुने काम चाहि महिलाले सक्दैन की? भन्ने एक जना महिला सहभागीको भनाईलाई, ‘दिए किन नसक्ने अर्र्किे महिला भन्छिन् । “कस्ता कस्ता लुगा त धोइन्छ ।” भन्ने उनको तर्क थियो । एक पुरुष थप्छन्, नेपालीलाई त दिंदैनन् भने किन महिलालाई दिन्थे । एक जनाले ठट्टा गरे– साडी उचालेर भारी वोक्न झयाउ भएकोले पनि महिलालाई नदिएको हुनुपर्छ ।

अर्को पुरुष साथी भन्छन्, धुने काममा केमिकलको प्रयोग हुने र हामीले यो नजानेकोले नदिएको हुनुपर्छ । उनका अनुसार ठेकेदारी प्रथामा ठेकेदारले ल्याएकोले नै त्यो काम गर्ने भएकोले नेपालीले पाउदैनन् । त्यसैगरी स्टिचिङ र डाईङमा पनि नेपालीले काम पाउदैनन् । पुरुष सहभागी भन्छन् डाईङमा टेम्प्रेचर र  रंगको क्वान्टीटी कति राख्ने भन्ने जानेमा (सिक्न पाएमा) नेपालीले यो काम गर्न सक्छन् । यो क्षेत्रमा नेपाली न्यून संख्यामा भएकोले वर्क परमीट प्रथा लागू गर्न पाए संख्या वढ्ने थियो । मूलकुरा चाहिं हामीलाई तालिम चाहियो नै । 

महिलाले सक्दै नसक्लान त? महिलाले सक्दैनन्, सक्दैनन्, भनेको भरमा महिलाले सांच्चै सक्दैनन् भन्ने धारण बन्यों । एक महिला सहभागी थप्छीन् – अन्यथा जन्मदै कसले जानेर आएको छ र ? पुरुष सहभागी भन्छन् तर यसको लागि महिलाहरु पनि अघ सर्नु पर्छ ।

ईण्डिण्नलाई नेपालको काम गर्न नदिने हो भने हामी गर्न सक्छौं । बुन्ने कुरा पनि त पहिला हामीले कहा“ जानेका थियौं ? त्यसैले अवसर पाए महिलाले पुरुषले गर्ने काम गलैंचामा नगर्ने वा गर्न नसक्ने भन्ने केही छैन । 

कार्पेट कारखानाको ट्वाईलेटमा चुकुल हुनुलाई त्यहांका मजदुरहरुले ठूलो कुरा मान्दा रहेछन्। यसले त्यहांं विद्यमान अशिक्ष्टतालाई उजागर गर्छ। “कार्पेट कारखाना फोहर र अध्या“रो छ वा हुनै पर्छ भन्ने होइन। एक महिला भन्छिन् – हाम्रो ट्वाईलेटमा चुकुल पनि छ, सफै छ ।” “काम गर्ने ठाउ“ उज्यालै छ । एक महिला भन्छिन् मजदुरले भाङभुङ गरेर नै ट्वाईलेट स्वाईलेट विग्रिएको हो ।आज वनायो, राती जा“ड खाएर केटाहरु लात्ताले फुटाउछन्।” पुरुष सहभागी थप्छन् ।

कारखानाको वातावरणको वारेमा श्रमिकहरुको तर्क आप्mनै खालको छ। अर्डरमा काम लगाउने कारखाना सांघुरो होला । तिनीहरु अलि ठग्छन् ।तर एक्सपोर्ट कारखाना राम्रै छ र ट्वाईलेट कति भिडभाड हुन्छ भने १०० जना मजदुर काम गर्ने ठाउमा ६–७ वटा ट्वाईलेट छ । पुरुष सहभागी थप्छन्, विहान ट्वाईलेटमा लाइन लाग्ने र १२ वजे खाने समयमा धारामा एकै चोटी लाइन लाग्ने मजदुरको बानी भएकोले पनि अलि अप्ठारो भएको हो, अन्यथा १०० मजदुरका लागि  ५–७ वटा ट्वाईलेट ठिकै हो ।

कारखानाको मूल समस्या के हा? “धुलो” हाम्रो कारखानामा मूल समस्या हो । यसलाई रोक्न सकिदैन । कानको जाली फुट्ने गरी क्यासेट वजाउने गर्छन्, एक महिला भन्छिन्– कोपुण्डोलको कारखानामा साथीहरुले कुरा गर्न नपाउन भनेर वडेमाको आवाजमा क्यासेट घन्काउंछ । यसले हाम्रो वानी नै के प¥यो भने क्यासेट नवजे वुन्दा निन्द्रा लाग्छ ।

गलैंचामा काम गर्नेलाई टि.वी.लाग्छ भन्ने सुनेथें । व्यवसायजन्य स्वास्थ्य सम्वन्धि अन्दाज मात्रै मजदुरहरुमा छ । रोग लागे उपचारको व्यवस्था छ त ? “कहा“ पेश्की माग्दा त पाईदैन ।” एक महिला सहभागी भन्छिन । कहिं कहिं सिटामोल चक्कि मात्र दिन्छन्, अरु उपचारको कुनै व्यवस्था छैन । 

के गर्नपर्ला त? खै, भन्नै आउंदैन † एक स्वरमा महिला सहभागी वताउंछन् । तुलनात्मक रुपमा सचेत मजदुरको रायमा सरकार प्रमुख जिम्मेवार हो, उद्योगीसंग कर लिएपछि त्यही पैसावाट पनि सुविधा दिनु पर्छ । उद्योगीहरुले मजदूलाई दोस्रो दर्जाका नागरिक ठान्नु हुन्न । यूनियनले कानूनी व्यवस्था लागू गर्न माग पत्र राख्नुपर्छ ।

मजदुरहरुसंग यस्तै एउटा घटना अझै ताजै छ। सांग्रिला कार्पेट ठूलै कम्पनी ठानिन्छ । त्यहीं काम गर्ने सोलुखुम्वुका अशोक राई कारखानामा काम गर्दा गर्दै विरामी भए । खर्चको जोहो गर्न नसकेकोलो वीर अस्पताले उनलाई वेहोसी मै स्चिार्ज गरयो । उसको ज्यान वचाउन नेपाल मेडिकल कलेजमा भर्ना गर्न गइयो । नाम दर्ता गर्न लाग्ने  पैसा नभएकोले उधारोमा भर्ति गरियो । व्यवस्थापनसंग पेश्की माग्दा समेत पाइएन । ७,५०० खर्च भएपछि अशोक मरे । उनको लास वाध्न हरियो वास पाइएन । तर सांग्रिलाको कन्पाउण्डमा वांसको झ्या“ग ठूलो नै थियो ।

गलैंचा कारखानामा कुनै पनि विदा छैन । तर त्यहां व्यापाक लिंगिय दुरुत्साहन छ भन्ने कुरालाई सवै सहभागीहरु एकै स्वरमा स्विकार्न चाहंदैनन् । उनीहरु तर्क गर्छन्, पुरुष– महिलासंगै वसेर काम गरेको देख्नेले यस्तो नकारात्मक सोच वनाएको हुन सक्छ । वाहिरकाले के गर्छन? हामीलाई थाहा हुने कुरा भएन। गलैंचे च्वा“क वनेर हिड्छन् भन्ने कुरा त सुनिन्छ तर अरु नराम्रो व्यवहार चाहि थाह छैन ।

पुरुषहरुले ट्वाईलेट भित्र मनलाग्दो लेख्ने, महिला पसेको देखे पछि दौडेर पुरुष त्यहीं पस्ने., वलात्कार समेत गर्ने, ट्वाईलेट प्वाल पार्ने र महिला पसे पछि त्यहीवाट चियाउने जस्ता घटना भने हुने गरेको मजदुरहरु बताउंछन् । महिलालाई हैरान पार्र्न ट्वाईलेटमा उसको नाम लेखि मन लागी लेख्ने र वाहिर आएर हल्ला गर्ने जस्ता काम पनि हुन्छन् । यस्तो काम अहिले अलि घटेको छ । पहिले त रिसमा झोकी  केटीले पनि केटाको नाम लेखेर त्यस्तै जथाभावी समेत लेख्ने गर्थे । कुनै कुनै कारखानामा विवाहित जोडी र अविवाहित महिला र पुरुषहरु एकै ठाउमा सुत्न बाध्य छन् । त्यस्ता ठांउमा केटाहरुबाट मनपरेको केटी माथि हातपात भएको थियो । 

सामुहिक सौदावाजी शब्द संग चाहि मजदूरहरु जानकार छैनन् । एक सहभागी भन्छन्– मागपत्र राख्ने र साहुसंग संझौता गर्ने भन्ने हो भने फेरी  सवैले वुझ्छन् ।  सामुहिक सौदावाजीका विषयमा चाहिं रेट वढाउने र वच्चाहरुलाई पढाइयोस् भन्ने छ। दशैंमा वोनस माग गर्दा “सरकारो तलव खानेलाई मात्र दिने करुा” भन्यो भन्ने सहभागीहरुको भनाई छ।

सामुहिक सौदावाजीवाट प्रौढ शिक्षा, निस्कासनमा क्षतिपूर्ति, यूनियन खोल्न दिने, काम नहुदा आधा तलव दिने (ले अफ) जस्ता काम भएको छ । पहिले स्टाफले मात्र पाएको. सुविधा–२ वटा वच्चा सम्म वच्चालाई भर्ना फि आधा दिने, अहिले श्रमिकलाई पनि दिने चलन शुरु भएको छ ।

सामुहिक सौदावाजीमा महिलालाई पनि लगिन्छ । तर कहिले कहिले वार्तामा महिलाहरु “यसो हो की होइन” भनि साहुले सोध्दा त्यति कै “हो” भनेर आपतमा पारि दिन्छन् भन्ने सहभागीको गुनासो छ।

शिशुस्याहार केन्द्र भएको ठाउंमा कर्मचारिलाई तलव खुवाउने काम मात्र भएको छ । वच्चा झगडा गरेर टाउको फुटाए पनि वास्ता नगर्ने, खाजा– साजा नदिने, मेनेजेर–पाले  सवैले पाट्ट पुट्ट हिर्काउने गर्ने भएकोले मजदूर त्यस्ता केन्द्रमा वच्चा पठाउन चाहदैनन् । त्यसैले मजदूरहरु तान नजिक कोक्रो राखेर आप्mना वच्चा सुताउंछन् । तर वायर (गलैंचा किन्ने विदेशी) आउंदा भने बाल मजदुर छैन भन्ने देखाउन हाम्रा केटाकेटीको कोक्रो काटेर समेत फयालिदिने चलन छ । 

मातृत्व संरक्षणको विषयमा कतिपय ठाउमा सुत्केरी भत्ता दिने गरिएको जानकारी सहभागिसंग छ। एउटा कारखानाको सहभागीका अनुसार कामहेरी आइमाइलार्ई मात्र यस्तो सुविधा व्यवस्थापनले दिन्छ । 

श्रम ऐन के हो ? “वुझेको छैन” एक जना महिला सहभागीको उतर थियो । केही केही थाह छ – अर्कोको भनाई थियो। के “के छ त, यसमा?” मजदुरहरुको जवाफ थियो– काम गरी खानेलाई न्याय दिलाउने कुरा होलानी। तर लगभग सबै महिला सहभागीले यसमा अनभिज्ञता देखाए । एक जना पुरुषले श्रम ऐन ०४८ वारे केही चर्चा गरेपछि “ए † अहिले पो आयो” भन्दै केही महिलाहरुले श्रम ऐन ०४८को वुदाहरु चर्चा गर्न थाले । यो कत्तिको लागू भएको छत ? एक पुरुष सहभागिले जवाफ दिए– सरकार, मजदूर दुवै थरीले ऐन लागू गर्न पहल गरे मात्र ऐन लागू हुन्छ । कानूनमा भएर मात्रै साहुले दिंदैन । अर्काले थपे– एउटा कारखानामा कानून लागू भएर मात्र्रै हुदैन, सवै कारखानामा लागू हुनुपर्छ । यसमा केन्द्रीय संगठनको भूमिका हुनुपर्छ ।

आई एल ओ वारे थाहा छ ? सुनेको त हो, तर यो कहां छ र कस्तो रुपको छ थाहा भएन । एकै रुपमा सहभागीहरुले ठटा गरे । 

पितृसत्ता के हो ? यसलाई मजदुरहरुले आप्mनै तरीकामा बुझेका छन्। पितृसत्ता भनेको नागरिकता र पासपोर्टमा वावुको नाम मात्र लेख्ने आमाको नाम नलेख्ने कुरा हो– एउटा महिला सहभागिको जवाफ थियो। घरको मूली वाउ हुने, जे जातको केटी विहे गरे पनि लोग्नेको थर जोडिने कुरा होला, अर्को पुरुषको जवाफ थियो । “छोरीले स्कुल जान्छु भन्दा नजा, जा वाख्रा गोठालो” भन्ने र छोराले स्कूल जान्छु भन्दा “जाउ वावु” भन्ने कुरा होला– एउटा महिलाको भनाई थियो, घरमा कोही महिलाले वोल्दा “नकरा मुख छदै नाक वाट पानी न खा” भन्ने काम होला नी † 

सम्पतिमाथि छोरीको अधिकार सम्वन्धि विषयमा धेरै सहभागीहरुको उदाशिनता देखियो। पितृसत्ता सम्पतिसंग सम्वन्धि छ? “होला” निस्क्रिय जवाफ थियो। छोरालाई सम्पति दिने, छोरीलाई चाहि सम्पति नदिने त्यस्तो छ ? भन्ने प्रश्नमा “हुने भए त देलान नी, नहुने ले के दिने ? छोरालाई दिने त छैन, छोरीलाई के दिने? “एक महिलाको जवाफ यस्तो थियो। “किन छोरालाई चाहि…” प्रश्न नखस्दै उनी भन्छिन् “छोराले त पाल्छ नी, छोरी त अर्काको घर जाने जात।” “छोरीले पाल्दैनन्” उनको राय थियो– “ पाल्लान तर अर्काको बावु आमालाई कस्ले पाल्छ भनेर लोग्नेले भन्छ नी ।” 

यस्तो प्रचलनले समस्या पारेको छ महिलालाई ? “छ” उनीहरुको जवाफ थियो। तर के असर पारेको छ भन्ने जवाफ दिन सहभागी असमर्थ देखिए। कसरी समस्या हल गर्ने त भन्नेमा सहभागीको तर्क थियो–“वच्चा हेर्ने चाहियो। पारिवारिक समस्याको हिसावमा स्वास्नीले भनेको मान्नेले काममा सहयोग गर्छन ।तर जे भएपनि लोग्ने स्वास्नी मिलेर काम गर्नुपर्छ, समस्या समाधान होला।”

आप्रवासन सम्वन्धिसहभागीको भनाई थियो– घर छोडेर हिड्नेमा पुरुष धेरै भएपनि कार्पेटमा महिला नै धेरै छन् । पुरुष चाहिं अरब लगायत अन्य देशमा जाने तर महिला चाहि गलैंचामा नै रहनाले पनि समस्या आएको छ । श्रीमान नभएको श्रीमतिलाई काम नदिने, कोठाको समस्या पर्ने जस्ता समस्या यहां छन्। यस्ता धेरै समस्या छ, लोग्नेको काम समेत आफैले गर्नुपर्छ । 

वाल विवाह, वहु विवाह र अनमेल विवाहको बारेमा सहभागीका जवाफ थियो– अनमेल विवाह थाह छैन, मन नमिली कोही पनि विहे गर्दैनन् जस्तो हामीलाई लाग्छ । वाल र वहुविवाह फट्ट फुट्ट छ । “मेरो कारखानामा तीनवटी स्वास्नी हुने पनि छ ।” पेमा शेर्पाको भनाई थिया– वहु विवाह गर्नेलाई यो गैर कानूनी हो भन्ने थाहा छैन होला भनुभने मोटर साइकल चढेर हिड्छ ।

एचआईभी÷एड्स हाम्रो तिर थाहा छैन भन्ने सहभागीहरु धेरै थिए। यो के हो थाह छ भन्नेमा “थाह छ, रेडियो सुनेको” भन्ने सहभागीहरुको जवाफ थियो। तर उनीहरुको एउटा असहमती सहित प्रतिप्रश्न थियो – एचआईभी÷एड्ससंग  किन गलैंचा मजदूरलाई मात्रै जोड्ने ?

 

मितिः २०५८÷०९÷२६

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.