November 10th, 2010
“Ask not my name
Nor if you knew me
The dreams I have had
Will grow without me
Alive no more
I will go where my dreams have shown me.
Those who carry on the fight
Will plant other roses
All will remember me.”
– एलसाल्भाडोरको स्वतन्त्रता संग्राममा मारिएका
एकजना गुमनाम गुरिल्लाको कविता
उनको जीवनमा धेरै कुरा स्वतःस्फूर्त र आकस्मिक रुपमा भयो । तर यो वर्षको कात्तिक १२ गतेको आकस्मिक घटना चा“हि अकल्पनीय र पीडादायि बन्न पुग्यो । त्यो दिन, जिफन्ट मात्रै होइन समस्त नेपाली ट्रेड युनियन आन्दोलन शोकाकुल हुन पुग्यो । जिफन्टले, आफ्नना संस्थापक सहकर्मी गुमायो, नेपाली ट्रेड युनियन आन्दोलनले एक जना अथक योद्धालाई गुमायो ।
उनी अर्थात हाम्रा आफ्ननै कमरेड माधव न्यौपाने; जसले कात्तिक १२ गते विहान ७ः ३० वजे काठमाडौंको त्रिपुरेश्वर स्थित व्लु क्रस हस्पिटलबाट हामी सबैलाई “अलविदा” भने ।
>> िपडिएफ फाइल डाउनलोड गर्नुहोस् ObituryMadhav Neupane
११ गते राती डा. शिल्पाकारसंग कुरा गरिरह“दा मैले कात्तिक ८ गते दिउसो आकस्मिक निर्णय सम्झिएं । हामी अर्थात हाम्रा पूर्व अध्यक्ष क. मुकुन्द, महासचिव क. उमेश, उपाध्यक्ष क. उद्धव र उपमहासचिव क. लम्साल उनको घरमा पुग्यौं । उनी शान्त थिए पहिले जस्तै र हाम्रो उपस्थितीमा स्वभाविक खुशी ।
हामीले सोध्यौं– “अहिले कस्तो छ कमरेड?” ‘
हजोर?π” उनले आप्mनै लवजमा प्रतिक्रिया दिए । यस्तो लाग्थ्यो उनले हाम्रो प्रश्न नै बुभ्mेनन् । पछि थाहा भयो, विरामीको कारण उनी फटाफट वोलेको झट्ट बुभ्mन नसक्ने भएछन् ।
हामीले चिया नखाने भन्यौं– तर उनले छोरीलाई कर गरे । उनले “कोल्ड ड्रिङ्क” देऊ भने र फेरी केही भने । छोरी उठिन, यसपटक छोरीले अस्पतालको डिस्चार्ज रेकर्ड सहितको फाईल मेरो अगाडी राखि दिइन ।
यसले एकछिन मलाई विस्मित तुल्यायो । मप्रति जिफन्ट अधिकांश पुराना साथीहरुको एउटा “अन्धविश्वास” छ, उहा“हरु मलाई “जे पनि जान्ने मान्छे” जस्तो ठान्नु हुन्छ । सायद माधवले पनि त्यस्तै केही ठाने की!
“मैले यो के बुभ्mछु र?!”
स्वास्थ्य विज्ञानमा त मलाई रत्ति ज्ञान छैन । तरै पनि मैले रेकर्ड पढि टोपलें । “ट्युवर कुलोमा … ब्रेन … सेकेन्ड स्टेज…फेयर कन्डिसन एट डिस्चार्ज…” यस्तै केही लेखिएको थियो त्यसमा । क. उमेशले पनि सरसर्ती हेर्नुभयो, हामीले ढाढस दियौं– “निको हुन्छ चिन्ता नलिनुहोस्। आजको जमानामा टिवी त रोगै हैन । त्यसमा पनि ब्रेन टिवी त अरुलाई सर्दा पनि सर्देन !”
हामी बबुराहरुलाई के थाहा, यो भेट नै उनीसंगको अन्तिम हाम्रो भेट हुनेछ भनेरπ स्वास्थ्य, रोग, उपचार विधि र योगा आदिका बारेमा धेरै कुरा गर्न सक्ने क. मुकुन्दले दाया“–वाया“का धेरै कुरा भन्नु भयो । हामीले पनि अलि–अलि ‘घान’ हाल्यौं– हाम्रो वरिपरीका क–कस्लाई टिवी भएथ्यो, कसरी उहा“हरुको ‘रिकभरी’ भयो, को झण्डै–झण्डै वितेको, र कसरी उनको मनोवल दह्रो भएका कारण ‘चमत्कारिक’ ढंगले निको भयो आदि ।
सायद विरामी भेट्न जानेले भन्ने कुरा यस्तै थिए की π हामी फर्कियौं, तर हामीलाई रत्ति पनि माधव जीको अवस्था “अन्तिम” हो भन्ने लागेकै थिएन । निको हुन्छ, पक्कै निको हुन्छ– हामीलाई यस्तै लागेको थियो । अझ हामीहरुले त “३ महीना वित्दा÷नवित्दै तपाई ड्युटीमा जान सक्नुहुन्छ” भन्ने ठोकुवा समेत गरेका थियौं । त्यसै भएर नै त्यही दिन एमाले स्वास्थ्य विभाग प्रमुख क. कृष्णगोपालसंग छलफल ग¥यौं, संभावित थप उपचार र सहयोगको संभावना सोध्यौं । र हामीले सल्लाह ग¥यौं– टिवी, कयान्सर, आङ्खस्ने रोग, मृगौला र मुटु रोगीलाई राज्यले दिने राहत–सुविधाबाट क. माधव न्यौपानेलाई पनि सहयोग उपलव्ध गराउन प्रयत्न गर्ने । क. उमेशले त प्रकृयाको लागि नेस्वहोमयुका अध्यक्षलाई जिम्मा नै लगाउनु भयो ।
तर ती सब केही हुन पाएनन् । कात्तिक ८ गते कै राती उनलाई पापी रोगले उम्कनै नसक्ने गरि गा“जेछ । त्यसरात काठमाडौंका अधिकांश अस्पताल र नर्सिङ्ग होमहरुमा आइसियु, भेन्टीलेटर र रगतको अभाव थियो । उनलाई उपचार गर्ने डाक्टरकै सहयोगमा बल्लबल्ल परिवारका सदस्यहरुले ह्याम्स अस्पतालमा भर्ना गर्न सके, उपचार शुरु भयो । १ दिन पछि पहिले उचार गरिएकै अस्पताल, व्लु–क्रसमा पुनः सारियो । केही काम लागेन, छोरी स्मरण गर्छिन्– “१० गते बाबालाई धेरै गाह्रो भयो । राती, ८ वजे तिर छटपटीमै उहा“ले ममीलाई “घर जाउ” भन्नु भयो । भेन्टीलेटरमा चडाउनु अघि ८ः३० वजे तिर मलाई भन्नुभयो– बाबा अब गएं, तिमी पनि जाऊπ” यसरी, उनी भेन्टिलेटरमा चडे, हामी सबैसंग सदाको लागि विदा हुनेगरी !
‘भेट्रान’ युयिनकर्मीको आगमन
उनी भन्ने गर्थे– “थाहै नपाई म मजदुर आन्दोलनमा आइपुगें ।”
“२०३६ सालको भाद्र महिनातिर होटल सोल्टीमा विभिन्न तहमा केही तालिमेहरु माग गरिएको थियो । तालिम राम्रो गर्नेलाई नोकरी पनि दिने भन्ने कुरा थाहा पाएपछि निवेदन दिए“ । धेरै चरणको अन्तर्वार्ता पछि मैले मासिक रु. २ सय पाउने गरी ‘स्टेवार्ड’ पदमा तालिम लिन पाउने भए“ ।”
तालिम सजिलो थिएन । माधव सम्झन्छन्– “देवे्र हातको हत्केलामा धेरै गह्रौें टे« बोकेर लगातार १५–२० मिनेट चौरमा ओहोर दोहोर गर्नु पथ्र्याे, यो क्रम दिनमा धेरै पटक चलिरहन्थ्यो। शुरुका दिनमा त कस्तो ठाउ“मा आएर फसियो नी भन्ने समेत लाग्यो ।”
पुराना सहपाठीहरुको असहयोगी भूमिकाले त तालिमेहरु टिक्दै टिक्दैन थिए । क. माधवको स्मरणमा गहिरोसंग बसेको थियो– “सबभन्दा पहिला मलाई खटाईएको गार्डेन टेरेस रेष्टुरा“मा ‘यो फुच्चेले नोकरी गर्नै सक्दैन’ भन्दै पुराना साथीहरुले सताउने र गेस्टको नजिक जान समेत दिएनन्। यस्ता कुराले आजै छाडौं कि, भागौं की जस्तो पनि लागिरहन्थ्यो ।”
तर होटल सोल्टीको आ“गन नेपाली ट्रेड युनियन आनदोलनको ‘एक जना भेट्रान युनियनकर्मी’को प्रतीक्षामा थियो । त्यसैले हुनुपर्छ– “आपूmहरुले पनि शुरुका दिनमा त्यस्तै खालको समस्या झेलेको” अनुभव ‘सेयर’ गर्ने सहयोगीहरुको प्रेरणाले ‘जसरी पनि टिक्नु पर्दछु भन्ने’निस्कर्षमा क. माधव न्यौपाने पनि पुगे । यो घटनाबाट सोल्टीले एक जना इमान्दार स्टाफ मात्र पाएन, नेपालको ट्रेड युनियन आन्दोलनले अविचलित ढंगले अघि बढिरहने होनाहार नेता पनि पायो ।
आन्दोलनमा स्वतः संलग्नता
०३६ सालकै घटना थियो त्यो, सोल्टी होटलमा अचानक मजदुरहरुको आन्दोलन शुरु भयो । तत्कालीन जनरल मेनेजर डी.एस. डल्लीले तालिमे मेनेजर धर्मराज काºलेलाई कठालोमा समातेर घोत्र्mयाएकोले होटलका कामदारहरु आन्दोलित भएका थिए । क. माधव सम्झन्छ्–“सबै जना काम छोडेर होटलको प्रा¨णमा जम्मा भए । त्यसको नेतृत्व मस“गै क्याप्टेन पदको तालिम लिइरहेका मदन अमात्यले गरेका थिए । समाचार तत्काल चारैतिर पैmलियो, बेलुकीको समय भए पनि ड्युटीमा नरहेका मजदुरहरु समेत जम्मा हुन थाले । त्यहीं नै संघर्ष समितिको घोषणा गरियो, जसको नेतृत्व तत्कालिन समयका विद्यार्थी नेता जगन्नाथ थपलियाले गर्नु भएको थियो ।”
त्यस आन्दोलनमा अधिकांश मेनेजरहरुको समेत प्रत्यक्ष संलग्नता रहेको थियो । लगातार पा“च दिनसम्मको घेराउ पछि प्रहरुी हस्तक्षेप भयो । पुलिसले अन्धाधुन्द लाठी चार्ज ग¥यो, ५० औं मजदुरहरु घाइते भए । गिरप्mतारी दिने मजदुरहरुको संख्या सात सय भन्दा बढी थियो, उनीहरुलाई महेन्द्र पुलिस क्लब, बग्गीखाना, त्रिपुरेश्वर पुलिस थानामा राखियो । यहा“ उनले पहिलो पटक बन्दी जीवन भोगे ।
“एक भएपछि जस्तो सुकै आन्दोलनमा पनि जित हुन्छ भन्ने पूर्ण आत्मविश्वास यसबाट ममा पनि पलायो ।” कमरेड न्यौपाने संझन्छन्– “दोस्रो दिन, मागमा छलफल गर्न तत्कालीन सरकार र व्यवस्थापन सहमत भयो । दोषी जनरल मेनेजर र तीन जना फाइनान्सीयल कन्ट्रोलरलाई निष्कासन गर्ने, १० प्रतिशत सेवा शुल्क र अन्य आर्थिक माग पूरा गर्ने सहमति भयोे । त्यसपछि आन्दोलनको ७ औं दिन पुलिस कस्टडीबाट मुक्त भएर मजदुरहरु सिन्दुर–यात्रा सहित होटलमा प्रवेश गरे । शत प्रतिशत मजदुरहरु सहभागी भएको र पूर्ण रुपले सफल भएको आन्दोलन सायद यो पहिलो र ऐतिहासिक थियो ।”
युनियन निर्माणको उकाली–ओरालीका प्रत्यक्ष सहभागी
युनियन निर्माणको कष्टसाध्य काममा नेता–कार्यकर्ता तल–माथि भइरहन्छन् । कति व्यवस्थापक संग बिक्छन्, कति आम मजदुरका पक्षमा आप्mना परिवारका सदस्यहरुको २ छाक दाल–रोटीको समेत पर्वाह नगरी आन्दोलनमा होमिन्छन् । यस्ता कैयौं उकाली÷ओराली देखेका र भोगेका छन् माधवले पनि आप्mनो जीवन कालमा ।
२०३७ सालको कार्तिक महिनातिरको कुरा हो । होटल सोल्टी, याक एण्ड यति, होटल एभरेस्ट र होटल कृष्स्टलका विभिन्न विचार राख्ने साथीहरु समेटेर नेपाल राष्ट्रिय स्वतन्त्र होटल मजदुर यूनियन, प्रथम राष्ट्रिय सम्मेलन आयोजक कमिटीको गठन भयो । यसले काम थाल्दा नथाल्दै संयोजक बनेका नारायण काप्mले प्रमोसनको लोभमा फसेर निस्क्रिय हुन पुगे । अर्का सदस्य दिनेश झालाई तत्कालै मेनेजर पदको टे«निङमा दिल्ली पठाइयो । माधव भन्छन्– “मैले सुने अनुसार उनीहरुले कुनै हालतमा मजदुरको विरुद्ध नलाग्ने कसम खाएका थिए रे तर तिनीहरुले आपूmलाई बेचे– मजदुरप्रति ठूलो गद्दारी गरे । त्यसपछि हरिप्रसाद शर्माको नेतृत्वमा आयोजक कमिटीलाई पुनर्गठन तथा पुनर्संयोजन गरियो ।”
आन्दोलनको प्रवाहमा सामेल हुंदै
कमरेड माधव न्यौपानेले धेरै स्मरण गर्ने एउटा घटना छ, त्यसलाई उनले धेरै ठा“उमा सुनाएका पनि छन्, आप्mनै भाकामा लेखेका छन् । घटना २०३८ मंसीर १२ गतेको हो । उनी संझन्छन्– “बेलुका १० देखि १२ बजेसम्म नया“ बानेश्वर चोकमा धेरै मजदुर साथीहरुलाई बोलाइएको रहेछ, म पनि त्यहा“ पुगें । त्यहा“बाट मिन भवन क्याम्पस लगियो, क्याम्पस भित्र पुगिसके पछि पो थाहा भयो, म त राष्ट्रय सम्मेलनको प्रतिनिधि भईसकेछु † त्यही“ हामीले आपसमा आर्थिक संकलन ग¥यौं र रातभरि सम्मेलनको तयारीमा जुट्यौं । भोलिपल्ट बिहान, नेस्वहोमयुको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन भयो । हरिप्रसाद शर्माको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरियो । कार्यक्रम चलिरहेकै बेला प्रहरीले बाहिर पूरै घेरा हालेको खवर आयो । हामीहरु केही त्रसित पनि भयौं तर बेलुकीसम्ममा त पुलिस पनि हिंडि सकेछ ।”
क. माधव भन्छन्– “यस सम्मेलनबाट मैले पनि कुनै न कुनै कमिटी मार्फत अघि बढ्नु पर्छ र हाम्रो संगठन देशव्यापी रुपमा पैmलिएको शक्तिशाली संगठन बन्नु पर्छ भन्ने पे्ररणा प्राप्त गरें । यसरी म यूनियन आन्दोलनको प्रवाहमा सामेल हुन पुंगे ।”
पछिल्ला दिनमा क्रमशः परिणाम पनि देखिन थाल्यो । क. माधव न्यौपानेले आप्mनो सांगठानिक जीवन २०३८ सालको अन्त्यतिर सोल्टी होटलको स्थानीय कमिटीबाट शुरु गरे । २०३९ सालको असारमा भएको नेस्वहोमयुको प्रथम काठमाडौं नगर सम्मेलनबाट नगरस्तरीय कार्य समितिमा निर्वाचित भए । यसपछि उनी अघि बढ्दै गए, क्रमशः माथिल्ला कमिटीहरुको जिम्मेवारी बढाउ“दै । २०४१ साल असारमा भएको नेस्वहोमयुको दोस्रो राष्ट्रिय सम्मेलनले उनलाई केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी दियो ।
युनियनमा लागे वापत होटल व्यवस्थापनबाट जीवन कै पहिलो नसिहत उनले २०४० सालमा पाए । त्यो दिन एयरपोर्ट रेस्टुरा“मा कार्यरत हाउस किपिङ विभाग एक जना मजदुर मोहन अर्याललाई डलर हराएको बहानामा अपहरण गरेका खवर आएपछि होटल सोल्टी पुनः एक पटक आन्दोलित भयो । त्यसको विरोधमा काम बन्द नगरी व्यवस्थापकहरुलाई अफिस–अफिसमा घेराउ गरियो । अपहरित मजदुरलाई उपस्थित नगराएसम्म यो क्रम जारी राख्ने निर्णय भयो । होटल व्यवस्थापनले “माग पुरा गरेको” घोषणा ग¥यो, आन्दोलन रोकियो तर त्यसको मह“गो मोल धेरै मजदुरहरुले तिर्नुप¥यो ।
क. माधव संझन्छन्– “केही दिनपछि आन्दोलनको नेतृत्व गर्ने सिङ्गो संख्यालाई विभिन्न खालका कार्वाही शुरु गरियो । हरिप्रसाद शर्मा र मदन अमात्यलाई त व्यवस्थापनले निष्कासन नै ग¥यो । मलाई अन्तिम नसिहत दिइयो ।”
अप्ठारोमा युनियन; अप्ठारोमा माधव
दोस्रो राष्ट्रिय सम्मेलनले पनि नेस्वहोमयुलाई दह्रो र स्थिर नेतृत्व दिन सकेन । सम्मेलन भएको थोरै समयपछि नै नेतृत्वमा रहेका धेरैजसो साथीहरु विदेशिए । कोहीले स्वास्थ्यको कारणले नोकरी छोडे । केहीले पेशा नै परिवर्तन गरे, बा“की केही भने सम्पर्कमै आउन छाडे । यसरी छोटो समयमै केन्द्रीय कमिटी पदाधिकारी विहिन अवस्थामा पुग्यो । केन्द्रको नाममा झण्डै माधव र उनका ईञ्चार्ज शर्माजी मात्र बा“की रहन पुगे ।
तर मजदुर आन्दोलनको लागि भने २०४१ साल आशलाग्दो बनेर आयो । साउनमा नेस्वहोमयू प्राकको अगुवाईमा होटल एभरेस्टमा बीसौं दिन लामो हडताल भयो । होटल ब्लुस्टार र याक एण्ड यतिमा पनि केही दिन हडताल भए । पुष महिनामा खाना भत्ता नबढाई क्याप्mटेरियाको खानाको भाउ बढाउने निर्णय सोल्टी होटलले ग¥यो । यसको विरोधमा एक जना मजदुरले पनि क्याप्mटेरियामा नटेके पछि होटल व्यवस्थापन क. माधवमाथि खनियो। तत्काल स्पष्टीकरणको माग्यो र “मजदुरलाई उक्साएको आरोप”मा निष्कासन पत्र थमाइ दियो ।
क. माधवको जीवनमा यो ठूलो धक्का थियो । उनी भन्छन्–“४ सय हाराहारीमा तलब पाउने मजदुरहरुलाई २४० खाना भत्ता थोपर्ने कार्य निन्दनीय र अन्यायपूर्ण नै थियो । त्यसको विरोध गर्नु न्यायपूर्ण थियो । यसको सुनुवाइ त भएन–भएन≤ धेरै मुस्किलले प्राप्त गरेको नोकरीबाट हात धुन म बाध्य भए“ ।”
यसपछि सिलसिला शुरु भयो कामको खोजीमा यता उता भौंतारिने । २–३ महिनाको लामो प्रयत्न पछि उनले पुतलीसडकको ‘भ्यान–भ्यान रेष्टुरा“’मा काम पाए । ठाउ“ सानो भए पनि तलब र सुविधा सोल्टीको भन्दा धेरै दिइयो । एक वर्ष भ्यान भ्यान रेष्टुरा“ काम गरेपिछि करिब एक वर्ष वेरोजगार भए माधव । २०४४ सालदेखि उनको कार्य थलो हुन पुग्यो होटल काठमाडौं । होटल काठमाडौंबाट बाहिरिएपछि २०५३ सालदेखि जीवनपर्यन्त उनको कार्यथलो बन्न पुग्यो होटल अन्नपूर्ण !
त्यो कठिन घडिमा क. माधवमाथि नेस्वहोमयुको नेतृत्व गर्ने दायित्व आयो । उनी पछि हटेनन्, ०४७ सालमा भएको तेस्रो राष्ट्रिय सम्मेलनबाट उनी नेस्वहोमयुको केन्द्रीय अध्यक्ष बने । त्यसपछिको ४ कार्यकालसम्म उनले नेस्वहोमयुको नेतृत्व सम्हाले । उनी आप्mना ‘मर्जी’ मालिक थिए । आप्mनो युनियनमा यति समर्पित थिए की ‘अब अध्यक्ष छोड्छु’ भनेर यदी आफैले नभनेको भए नेस्वहोमयुका अध्यक्ष अन्तिम क्षणसम्मै उनी नै रहने थिए ।
जिफन्ट र संस्थापक माधव
नेस्वमयु स्थापनाको १० वर्ष पछि औद्योगिक, होटल, पर्यटन र यातायात क्षेत्रमा चार वटा केन्द्रीय युनियनहरु क्रियाशील थिए । राजनीतिक आन्दोलनलाई समेत प्रभाव पार्न सक्ने शक्ति कलकारखानाहरुमा संगठित भइसकेको थियो । क्रियाशिल ४ वटै युनियनलाई समन्वय गर्न नया“ संरचनाको आवस्यकता महसुस गरि २०४६ साल श्रावण ५ गते जिफन्ट गठन गरियो । कमरेड माधवलाई होटलको तर्फबाट संस्थापक सदस्यको रुपमा काम गर्ने जिम्मेवारी दिइयो ।
कमरेड माधव न्यौपाने २०४६ देखि २०६७ सालसम्म २१ वर्ष जिफन्टको विभिन्न संरचनामा रहेर सक्रिय रहे । उनी ९ मध्ये एक संस्थापक केन्द्रीय नेता बने । २०५० सालमा छानिएका १२ जना अगुवा प्रशिक्षक मध्ये १ रहे । उनले जिफन्टको प्रतिनिधित्व गर्दै विदेशका विभिन्न फोरमहरुमा भाग लिए । उनी जिफन्टका विभागीय सचिव बने र अन्त्यमा नवस्थापित “बरिष्ठ युनियनकर्मी सञ्जाल”को ४ मध्ये १ नेता बने । होटल उद्योगमा रहेको उनको सहभागिता सहित हिसाव गर्दा नेपाली युनियन आन्दोलनमा उनले ३१ वर्ष लगानी गरे ।
कसरी सम्झौ हामी क. माधवलाई?
अवसान पछि फर्केर हेर्दा प्रश्न गर्न मन लाग्छ– त्यसो भए कस्ता थिए त हाम्रा माधव? यहा“ एउटा चर्चित पङ्ति उनको सन्दर्भमा मेल खाने देखिन्छः
“न गिला है, न कोई सिकवा;
तु सलामत रहे, ये रहा मेरा दुआ !”
उनको स्वभावै यस्तो रह्यो की– अर्काको कुभलो नचिताउने तर आपूmलाई अरुले के सोच्छन्, वास्ता पनि नगर्ने † जे जति पिडा भए पनि “आप्mनो कुरा आफैमा मात्रै सीमित गर्ने†” आकस्मिक रुपमा ज्यानै लिने त्यो रोगले यत्ति छिट्टै लैजानुको एउटा कारण कतै उनको यो स्वभाव पनि थियो की!
तर उनी अन्तरमुखि भने थिएनन्, आपूmलाई लागेको कुरा सिधै भन्थे । कसैप्रतिको आप्mनो धारणा खुलस्त नै राख्थे । उनी निरस÷निरास थिएनन् । उनी पदकाङ्क्षी वा महत्वका“क्षी दुवै थिएनन् । त्यसैले, उनले “माथि” पुगौं वा ‘यो’ पदमा पुगौं भन्ने ख्वाव कहिल्यै राखेनन् । समयले जता लान्छ, त्यतै पुगेर ठिङ्ग उभिने कार्यशैलीमा उनी अभ्यस्त थिए ।
तर उनी आस्थामा भने सतिसाल थिए, विलकुल अविचलित † आप्mनो श्रमको मोलमा नै रम्ने– कसैबाट अरु कुनै आकाङ्क्षा नराख्ने † उनको यही दृढताबाट प्रतिस्पर्धीहरु जल्थे ।
२०६३ साल मंसीर १७ गते दिउ“सो ३ः३० बजे यस्लाई पुष्टी गर्ने एउटा घटना घट्यो । आपूmलाई टे«ड यूनियनका कार्यकर्ता भन्ने तत्कालिन माओवादी पार्टीका केही उच्छृङ्खल केटाहरुले उनीमाथि अभद्र व्यवहार गरे । २४ घण्टा पनि नटिक्ने जाली आरोप लगाउ“दै उनी माथि कार्यस्थलमै कालोमोसो र जुत्ताको माला समेत लगाए । एक इमान्दार युनियन नेता विरुद्ध लाछीहरु कतिसम्म गिर्न सक्छन् भन्ने घिन लाग्दो उदाहरण थियो । सिङ्गो श्रमजीवी वर्गलाई लज्जित गर्ने त्यो हिंस्रक घटनाको जिफन्टले कडा विरोध ग¥यो । ट्रेड युनियनहरुले संयुक्त रुपमा होटल अन्नपूर्णकै प्राङ्गणमा, माधव न्यौपाने कै सभापतित्वमा आयोजना गरेको विरोध सभामा टे«ड युयिन का“ग्रेस सहित अरु युनियनहरुले त्यो घटनाको निन्दा गरे । माओवादी निकट युनियनले “घटना आफ्नो युनियनको नीति विपरित, दुःखपुर्ण भएको” भन्दै यूनियनको तर्फवाट क्षमा याचना ग¥यो । अनि घटनामा संलग्न ब्यक्तिहरुमाथि कार्वाही गर्ने सार्वजनिक प्रतिवद्धता ग¥यो ।
कमरेड माधवले यसलाई नीजि प्रतिष्ठाको विषय बनाएनन्, न त उनले कहिल्यै यूनियनको आन्तरिक बैठक÷भेटमा कुनै गुनासो नै गरे । सभा विसर्जनको क्रममा “त्यो घटनाले सिंगो नेपाली श्रमिक र आन्दोलनको अपमान गरेको आफुले महशुस गरेको” उनले बताए । विना उत्तेजना, विना आक्रोस माओवादी निकट टे«ड युनियनसंग विनम्रतापूर्वक माग गरे– “यदी सा“च्चि नै दोषीमाथि कार्वाही हुन्छ भने कार्वाहि गरिएको निर्णय अविलम्व होेटलको सुचना पाटीमा टा“सियोस् !”
नेपाली श्रमजीवी वर्गीय आन्दोलनमा कमरेड माधव न्यौपानेको भूमिका उच्च छ, र उनको योगदान स्मरणीय छ । उनी नेपाली वाम–लोकतान्त्रिक आन्दोलनमा पनि उत्तिकै सक्रिय थिए । ०३५÷३६, २०४६ र २०६२÷६३ का सबै आन्दोलनमा उनको भूमिका सक्रिय र अग्रिम स्थानमा रह्यो ।
२०१६ साल असार ७ गते सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाविस–७ मा जन्मिई मानवीकी शास्त्रमा प्रविणता प्रमाण पत्र तहको शिक्षा हासिल गरेका क. माधव न्यौपाने तत्कालिन नेकपा (माले) द्वारा दिक्षित पार्टी कार्यकर्ता थिए, जस्को संगठित सदस्यता उनले पार्टीमा क्रियाशिल भएको झण्डै ९ वर्ष पछि ०४५ सालमा पाएका थिए । हाल ललितपुर जिल्लाको इमाडोल–३ मा वसोवास गर्दै आएका उनी नेकपा (माले)को काठमाडौ विशेष मजदुर जिल्ला कमिटी हु“दै उनी नेकपा (एमाले) को राष्ट्रिय परिषदका सदस्य समेत बनेका थिए । उनले आपूm संलग्न पार्टीको आदर्शलाई निरन्तर पछ्याए । र, आप्mनै संलग्नतामा निर्मित जिफन्ट र नेस्वहोयुलाई सदा आप्mनो ‘घर’ ठाने ।
लालसलाम कमरेड माधव न्यौपाने, नेपाली श्रमजीवी वर्गको तर्फबाट म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
क. माधव न्यौपानेकी पत्नी श्रीमती शारदा न्यौपाने, छोरी मनिषा र छोरा मनिष, पिता भूमिनन्द न्यौपाने, माता सुदा न्यौपाने र दाजु–भाइ–बहिनी तथा समस्त शोक विव्हल परिवार जनप्रति म नेपाल ट्रेड युनियन महासंघ, राष्ट्रिय कमिटी र यसमा आवद्ध सम्पूर्ण श्रमिक साथीहरुको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछु । म जिफन्टको तर्फबाट स्पष्ट पार्दछु, माधव जीलाई क. माधव बन्न तपाईहरुले लगाउनु भएको गुन अविस्मरणीय छ, अतुलनीय छ। क. माधवको असामयिक र आकस्मिक निधनबाट तपाईहरुको परिवारमा हुन पुगेको अपुरणीय रिक्तताप्रति नेपाली ट्रेड युनियन आन्दोलन संवेदनशील छ, र रही रहने छ ।
कमरेड माधव न्यौपाने अमर रहुन् !
धन्यवाद कमरेडहरु !!
विष्णु रिमाल
अध्यक्ष, जिफन्ट
(माधव न्यौपानेको १३ औ पुण्य तिथि (२४ कात्तिक ०६७) मा आयोजित श्रद्धाञ्जली सभामा जिफन्ट अध्यक्षद्वारा प्रस्तुत श्रद्धाञ्जली सन्देस)