July 28th, 2010
यतिखेर श्रमिकहरूको हकहितका लागि कार्यरत विभिन्न ट्रेड युनियनहरूलाई मिलाएर एउटै बनाउने प्रयास जारी छ । नया“ जगमा स्थापना हुने लोकतान्त्रिक ट्रेड युनियनको लक्ष्यअनुरूप यस्तो एकल ट्रेड युनियनको आवश्यकता महसुस गरिएको हो ।
एकल ट्रेड युनियनका पक्षधरहरू यस्तो नया“ युनियन स्वतन्त्र, गतिशिल र लोकतान्त्रिक हुने र यसलाई देशको सिंगो श्रम शक्तिले आफ्नो ‘प्रतिनिधि’ को रूपमा गर्वका साथ स्वीकार्ने तहको हुने दाबी गर्छन् । उनीहरूका अनुसार यो युनियनमा विद्यमान ‘ठूला युनियन’ को दबदबा रहने छैन भने ‘साना’ संस्थाहरूले उपेक्षित भएको महसुस पनि गर्नेछैनन् । नयाँ एकल ट्रेड युनियनको लक्ष्य श्रमको सम्मान र श्रमजीवी वर्ग सम्मानित हुने त्यस्तो समाजको स्थापना गर्नु हो, जसको आदर्श सामाजिक न्याय तथा समतामुखी समाज हुनेछ ।
संरचना: यसको निर्माण दुई विधिबाट हुनसक्छ ।
पहिलो विधि हो विद्यमान सबै प्रकृतिका युनियनहरूलाई गाभेर एउटै बनाउने । एकल युनियन भन्नेबित्तिकै आपसमा विलय भएर एउटा नयाँ युनियन बन्ने भन्ने नै बुझिन्छ । तर नेपालको वर्तमान सन्दर्भमा भने यो विधिबाट एकल युनियन बनाउनु त्यति व्यवहारिक देखिन्न (फलामको च्यूरा चपाउनु सरह हुनेछ) । यहा“ विभाजित मनस्थितिमा रहेका युनियनहरू एक अर्काका प्रतिद्वन्द्वीझैं देखिन्छन् । अरूभन्दा आफू अगाडि र बढी क्रान्तिकारी देखिने होडमा बेलामौकामा श्रमिकको हकहित सुनिश्चित गर्ने उत्तरदायित्व बोकेका यी युनियनहरूले प्रकारान्तरमा श्रमिककै अहित हुने प्रकृतिका काम समेत गरेका उदाहरणहरू पनि थुप्रै छन् । यो विधिबाट एकल युनियनको स्थापना गर्नु कत्तिको गाह्रो छ भन्ने कुरा बुझ्न धेरै टाढा जानु पर्दैन, जापानकै उदाहरण पर्याप्त हुनसक्छ । जापानको ट्रेड युनियन कन्फेडेरेसन–रेन्गो करिब एक दर्जन युनियनहरू विलय भएर बनेको एकल युनियन हो तर यो प्रक्रिया पूरा हुन झन्डै ४० वर्ष लागेको थियो ।
दोस्रो विधि भनेको समग्रतामा समानुपातिक प्रतिनिधित्व रहेको नयाँ संगठनको स्थापना हो । अर्थात् एउटा त्यस्तो युनियनको स्थापना गर्ने जहाँ आवाजचाहिं एउटै हुन्छ तर युनियनचाहि“ धेरै हुन्छ । यो एक प्रकारको छाता संगठन नै हो । यो विधिमा सदस्यताको आधारमा प्रतिनिधित्वको सुचिश्चित गरिन्छ । अर्थात केन्द्रीय तहको संरचना श्रमिकहरूको राष्ट्रिय निर्वाचनद्वारा निर्माण गरिन्छ । त्यस्तो निर्वाचनमा प्राप्त मत प्रतिशतअनुसार नै केन्द्रीय नेतृत्वमा स्थान दिने विधिलाई यसमा आधार बनाउन सकिन्छ । नेपालका शिक्षक संगठनहरूले लगभग यस्तै प्रकृतिको संगठन– नेपाल शिक्षक युनियनको गठन गरिसकेका छन् ।
एकल युनियनले राजनीतिक दलहरूको गुण र दोषको आधारमा समर्थन, सहयोग र विरोध गर्नेछ । हाल अभ्यासमा रहेको जस्तो ‘भ्रातृ सम्बन्ध’, ‘संरक्षक र संरक्षित’ वा ‘स्थायी विपक्षी’ को सम्बन्धलाई बढावा दिइनेछैन । यस युनियनका सदस्यहरूलाई आफूखुसी जुनसुकै दल रोज्ने, भोट हाल्ने, समर्थन र आलोचना गर्ने अधिकार हुन्छ ।
एकल युनियन निर्माणतर्फको प्रगति
एकल युनियनको प्रवद्र्धकको रुपमा कार्यरत नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) ले बाँकी सबै ट्रेड युनियनलाई एकल युनियनको छाताभित्र ल्याउन संयुक्त सचिवालय मार्फत सहकार्य गरिरहेका छन् । गत वर्षको नोभेम्बर २ तारिखका दिन गठन भएको अन्तरराष्ट्रिय ट्रेड यूनियन महासंघ (आइटियूसी) को जिफन्ट, एनटीयूसी र नेपाल प्रजातान्त्रिक ट्रेड युनियन महासंघ (डिकोन्ट) संस्थापक घटक बनेपछि एक प्रकारले तीनवटा संगठन वीचको सहकार्यमा घोषित÷अघोषित समझदारी बनि सकेको छ भने गत डिसेम्बर २ तारिखका दिन माओवादीसम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघसंग पनि साझा घोषणा पत्रमा हस्ताक्षर भइसकेको छ । पछिल्लो उदाहरणको रुपमा मे १ का दिन श्रमिक दिवस मनाउंदा उल्लेखित ३ महसंघमा अन्य ६ वटा संगठन सामेल हुनुलाई यसै दिशामा प्रगति मान्न सकिन्छ । नया“ एकल युनियनको स्थापनाको सहमतिका साथसाथै यसका लागि आवश्यक नयाँ श्रम ऐन ल्याउने कसरत पनि भइरहेको छ ।
यसैबीच अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले नेपालको श्रम बजारको अध्ययन गरेको छ । विद्यमान श्रम ऐनमा संशोधन गर्ने प्याकेज, ट्रेड युनियन ऐन आईएलओको अभिसन्धीस“ग मिल्ने छ वा छैन र सामाजिक सुरक्षालाई विशेष प्राथमिकता दिइएको उक्त अध्ययनले पनि एकल युनियनका लागि आवश्यक नयाँ श्रम ऐन बनाउन सहयोग मिल्ने विश्वास गरिएको छ ।
आईएलओका विज्ञहरूले २–३ महिना अध्ययन गरेपछि तयार गरेको श्रम बजारसम्बन्धी प्रतिवेदन आगामी जुनसम्ममा एक कार्यक्रम मार्फत छलफलमा ल्याउने तयारी भइरहेको छ । गत मार्चमा नै उक्त कार्यक्रम आयोजना गर्ने तयारी रहेको थियो तर अन्तरिम सरकार बनी नसकेको कारण अप्रिलमा सारिएको थियो । पछि अन्तरिम सरकारमा माओवादी सामेल भएपश्चात पनि सरकारी अन्यौल विद्यमान भएका कारण उक्त कार्यक्रम अझै पछि सरेको बताइन्छ ।
आईएलओले आफ्नो अध्ययनमा तीनवटा बु“दामा बढी जोड दिएको छ । ती हुन्ः रोजगारको सिर्जना कसरी गर्न सकिन्छ, विशेष आर्थिक क्षेत्रको आवश्यकता छ कि छैन र बढ्दो शिक्षित बेरोजगारीको समस्यालाई कसरी समाधान गर्ने ।
अन्त्यमा, एकल युनियनका लागि सिद्धान्ततः सबै ट्रेड युनियनहरू सकारात्मक छन् । अखिल नेपाल ट्रेड युनियन महासंघबाहेक अन्य छवटा युनियनहरूले यसका लागि सहकार्य पनि थालिसकेका छन् । त्यसो त अखिल नेपाल ट्रेड युनियन महासंघ पनि यसको विपक्षमा छैन । यसै सिलसिलामा ट्रेड युनियन समन्वय समितिको गठनको प्रस्ताव जिफन्ट र एन्टीयूसीले आप्mनो द्विपक्षीय समझदारी पत्र सार्वजनिक गर्ने क्रममा गरिसकेको छन् । तर फेरि पनि कुरा आउ“छ, राजनीतिक संक्रमणकालको । यो संक्रमणकाल जति लम्बिदै जान्छ, त्यतिकै राजनीतिक अस्थिरता पनि बढेर जानेछ र राजनीतिक स्थिरताबिना एकल युनियन पनि सम्भव देखि“दैन ।
(जिफन्टका उपाध्यक्ष रिमालस“गको कुराकानीमा आधारितः सरस्वती कर्माचार्यले तयार पारेको तथा जेठ १४, २०६४ को आजको अभियानमा प्रकाशित)