June 30th, 2010
हामीले सोच्यौं- अहिले जसरी चलि रहेछ त्यसैगरी साचालन गरिरहने हो भने हाम्रो मूख्य ईिाजन- अन्तराष्ट्रिय ट्रेड युनियन केन्द्रहरुले संभावित सङ्कटलाई झेल्नै सक्दैनन् । त्यसैले हामीले हाम्रो प्यारो संगठन आइटियुसी गठन गर् यौं र ठोकुवा गर् यौं- यो न दुई अन्तराष्ट्रिय केन्द्रहरु वीचको फगत एकीकरण हो न त सबैलाई खाँदखुँद गरेर बनाइएको ‘ट्रेड युनियनहरुको संयुक्त राष्ट्रसंघ’ हो । यो त विलकुल नयाँ ट्रेड युनियन केन्द्र हो जसले विपदमा परेका श्रमिकहरुको पक्षमा ऐक्यवद्धता जुटाउँछ र सबै खाले चुनौतिलाई सामना गर्ने गरी विश्वभरी नै जनआन्दोलन साचालन गर्छ । यसले हाम्रो आन्दोलन भित्र रहेका असुद्धिलाई सफा गर्छ र श्रम आन्दोलन भित्र रहेको ुशीत युद्धकालिनु द्वन्द्वलाई इतिहासको रछ्यानमा पुयाली दिन्छ । हामीले घोषणा गर् यौं- ट्रेड युनियन आन्दोलको नयाँ इतिहास शुरु भएको छ अव विकासिल देशहरुका श्रमिकहरुको पनि ‘निर्णय गर्ने थलो’मा पर्याप्त पहुँच हुनेछ ।
अध्यक्ष ज्यू
महासचिव तथा उपाध्यक्ष ज्युहरु
उपमहासचिवहरु
कमरेडहरु साथीहरु- दिदीबहिनी दाजुभाइहरु!
सगरमाथाको देशको रुपमा विख्यात मेरो देशका १ करोड ११ लाख श्रमशक्तिको तर्फबाट ऐक्यवद्धता स्विकार्नु होस् । विश्वप्रख्यात शान्तिका ज्योती- हाम्रा आपुनै गौतम वुद्धको जन्मथलो भनेर चिनिएको मेरो देशको पहिचान पछिल्लो दशकमा िहंसा र प्रतििहंसाको सृङ्खलारा ओझेलमा पर्न गएको थियो । ‘विद्रोहीको मलिलो थलो’ भन्ने नकारात्मक ट्याग हाम्रो देशकोपहिचानमा टाँगिन पुगेको थियो ।
हो म अहिले त्यही मुलुकको तर्फबाट यहाँहरुलाई सन्देश िदंदैछु, जहाँ ३६.७७% वेरोजगार मध्ये झण्डै ७०० नेपाली हरेक दिन कामको खोजी देशबाट बाहिरिन्छन् र तिनका आफन्तहरु प्रत्येक दिन जस्तै झण्डै ७ जनाको दरले विदेशी भूमीमा ज्यान गुमाउनेको लास पिडापूर्वक बुभुन विवस छन्।
‘अब जनताको पालो …’ महासचिव कमरेडको मूल दस्तावेजसंग गास्दै म तिनै दुःखी परिवारलाई अहिले संझंदैछु जसका कैंयौं पि्रयजनहरुले आफ्नो अमूल्य जीवन सिन्को समेत नभाँची सम्पन्नतामा उग्राइरहने मनुवाहरुको सम्पत्ती आर्जन गरिदिने प्रकृयामा गुमाएका छन् र कतिपयले आजै कुनै पनि वेला सायद जीवन गुमाउँदै छन् ।
मेरो देश अहिले संक्रमणको पिडादायक क्षणबाट गुज्रदै छ । हामी अहिले अग्रगामी रुपान्तरण र अराजकतापूर्ण प्रतिगमन दुवै संभावनाको साँधमा छौं । विश्वव्यपाी सङ्कट भन्दा पनि हामी आपुनै निर्दयी अप्ठारासंग पौंठेजोरी खेल्दै सामाजिक न्यायकोलागि संभव भएसम्मका उपायको खोजीमा प्रयत्नशील छौं ।
“श्रमजीवी मैत्री संविधान सबै श्रमिकका लागि सामाजिक सुरक्षा र लोकतन्त्र”लाई हामीले सामाजिक न्यायको ‘मन्त्र’ बनाएका छौं ।
यही सन्दर्भमा “अब जनताको पालोः सङ्कटबाट विश्वव्यापी न्यायतिर” शीर्षकको महाधिवेशनको प्रस्तावलाई म समर्थन गर्दछु । र यति गहकिलो दस्तावेज तयार गर्नुभएकोमा महासचिव कमरेडलाई बधाई ज्ञापन गर्दछु । कमरेड गाइ राईडर! विश्वको ट्रेड युनियन आन्दोलनलाई एकतावद्ध गर्न तपाईले खेल्नु भएको महत्वपूर्ण भुमिकालाई जिफन्टले सदा स्मरण गरिरहनेछ ।
साथीहरु,
जतिखेर हामीले आइटियुसीको स्थापना गर् यौं त्यतीखेरै निस्कर्षमा पुगेका थियौं- सोभियतकालिन केन्द्रीकृत अर्थतन्त्रले काम गरेन तर यसको विकल्प पँूजीको तथाकथित विश्वकीकरण हुनैसक्दैन ! वास्तविक अर्थमा नभएर सांकेतिक रुपमा महसुस गरिने अर्थतन्त्रको रुपमा देखिएको अहिलेको यो क्यासिनो पूँजीवादको लहरलाई रोक्नै पर्छ । यसले मिहेनत गर्ने र बसीबसी खाने बीचको असमानताको खाडल अझै बढाएको छ ।
हामीले सोच्यौं- अहिले जसरी चलि रहेछ त्यसैगरी साचालन गरिरहने हो भने हाम्रो मूख्य ईिाजन- अन्तराष्ट्रिय ट्रेड युनियन केन्द्रहरुले संभावित सङ्कटलाई झेल्नै सक्दैनन् । त्यसैले हामीले हाम्रो प्यारो संगठन आइटियुसी गठन गर् यौं र ठोकुवा गर् यौं- यो न दुई अन्तराष्ट्रिय केन्द्रहरु वीचको फगत एकीकरण हो न त सबैलाई खाँदखुँद गरेर बनाइएको ‘ट्रेड युनियनहरुको संयुक्त राष्ट्रसंघ’ हो । यो त विलकुल नयाँ ट्रेड युनियन केन्द्र हो जसले विपदमा परेका श्रमिकहरुको पक्षमा ऐक्यवद्धता जुटाउँछ र सबै खाले चुनौतिलाई सामना गर्ने गरी विश्वभरी नै जनआन्दोलन साचालन गर्छ । यसले हाम्रो आन्दोलन भित्र रहेका असुद्धिलाई सफा गर्छ र श्रम आन्दोलन भित्र रहेको ‘शीत युद्धकालिन’ द्वन्द्वलाई इतिहासको रछ्यानमा पुयाली दिन्छ । हामीले घोषणा गर् यौं- ट्रेड युनियन आन्दोलको नयाँ इतिहास शुरु भएको छ अव विकासिल देशहरुका श्रमिकहरुको पनि ‘निर्णय गर्ने थलो’मा पर्याप्त पहुँच हुनेछ ।
चार वर्ष विति सकेको छ । हामीले यो छोटो अवधिमा पनि थुप्रै उपलव्धि र कतिपय अप्ठाराहरुको सामना गरेका छौं । मेरा यी भनाईहरुले यदी केही अर्थ राख्छ भने कमरेडहरु आउनुहोस् हाम्रो छोटो विगतको एकपटक समीक्षा गरौं- आइटियुसीको स्थापनापछि हामीले घोषित लक्ष्य कति हासिल गर् यौं !
मलाई हाम्रा प्रयत्नप्रति कुनै सन्देह छैन चिन्ता त केवल यत्ति मात्रै छ- किन तथ्यहरु परिणामसंग मेल खाँदैनन्!
नेपालमा अचेल एउटा प्रचलित भनाई छ- ताजा प्रश्न वासी उत्तर! विना सन्देह हामी भन्न सक्छौं हामी अनगिन्त नयाँ चुनौतीहरु झेल्दै छौं७३डडण्द्धस तर यदी हामी यसको समाधान परम्परागत घिसेपिटे तरिकाबाट खोज्छौं भने म त ठोकेरै भन्न सक्छु- काम चल्नेवाला छैन !
हाम्रो नेतृत्वको संरचना नीति र दस्तावेजहरु हाम्रा गतिविधि र प्राप्त उपलव्धीलाई एकै ठाउंमा राखेर हेर्दा यस सन्दर्भमा जवाफ खोज्न सकिन्छ । यदी यी सबै पक्षहरुले यथास्थितिमा नै जरा गाडी रहेका छन् भने परिवर्तन गर्न सकिन्छ भनेर दावी गर्न निकै कठीन हुनेछ।
कमरेडहरु,
परिवर्तनको बाटोमा अघि बढ्न हामीले साहस गर्नै पर्छ । युवामा भर गरौं अनुभवीहरुलाई नेतृत्व सुम्पौं । पाकाहरुलाई नी- मेरो विचारमा उहाँहरुलाई अनुभवको आदान-प्रदान गर्ने थलो नै उपयुक्त हुन्छ ।
के यसो गर्न संभव छ कमरेडहरु यदी योसंभव छ भन्ने ठान्नु हुन्छ भने सङ्कटबाट विश्वव्यापी न्यायतिरको रुपान्तरण अवश्यम्भावी मात्रै हैन पक्कै संभव छ ।
समय आएको छ- आउनुहोस् समयको माग अनुरुपको रणनीति तय गरौं !
अन्त्यमा,
जलवायु परिवर्तन सम्बन्धि कोपनहेगन शिखर सम्मेलनमा जानु अघि नेपाल सरकारले विश्वको ध्यानाकर्षण गर्न मन्त्रीपरिषदको वैठक सगरमाथाको आधार शिविरमा आयोजना गरेको थियो । मेरो पनि एउटा प्रस्ताव छ अध्यक्ष ज्यु- विश्वको सर्वोच्च शीखरमा आइटियुसीको झण्डा फहराई ठीक त्यसैगरी विश्वको ध्यान ट्रेड युनियन तिर तानौं । यो काम फत्ते गर्न जिफन्ट तयार छ । यसकोलागि आइटियूसीले १ सुका पनि खर्च गर्नु पर्दैन । यदी यो विश्व महाधिवेशन सहमत छ भने हामी सन् २०११ को मार्चमा आइटियुसीको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराउने छौं ।
मेरा भनाइ ध्यानपूर्वक सुनिदिनु भयो सबैलाई धन्यवाद !
विष्णु रिमाल
अध्यक्ष- जिफन्ट
२३ जुन २०१०- भेन्कुभरक्यानडा ।
(आइटियुसीको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनमा जिफन्टका अध्यक्षको सम्बोधन)
भाषणको पूर्ण पाठः पिडिएफ फाइल डाउनलोड गर्नुहोस्Presidents ITUCremarNep