December 20th, 2024
संवादको लागि धेरै नै कर गरे पत्रकार ऋषि धमलाले । मेरा भन्नु खास केही थिएन, त्यसैले सोधेँ– संवाद गर्नु पर्ने विषय नै के छ र?
समसामयिक विषय– उनले भने । मैले मनैमन सोचें, यी मित्रका प्रश्न २/४ विषयमा न हुने हुन्– रबी लामिछाने, दुर्गा, बालेन, एमाले, केपी ओली पपुलर कि अनपपुलर, सरकार टिक्छ– कि ढल्छ, भारत भ्रमण कहिले, बिआरआई– ऋण कि अनुदान, ठ्याक्कै भन्नुस् … तयार भएरै गएँ ।
उनले यस्तै यस्तै केरकार गरे । मैले सकेसम्म सहि कुरा बुझाउन खोजें । संवाद कस्तो भयो? सुझाव पाउँ है?