September 23rd, 2014
राणाहरूको जहॉनीया शासन, शाहहरूको पंचायत नामको निरंकुश तानाशाही, अपर्याप्त प्रजातन्त्र र राजतन्त्र फ्याक्ने पूर्ण लोकतन्त्र सहितको चार प्रकृतिको आन्दोलनमा सामान्य आन्दोलनकारी हैन, नेताको रूपमा मोर्चामा डट्नु भयो । र, हामी नेपालीहरूलाई गुन लगाउनु भयो । हिजो राती भएको तपाईको दु:खद निधनबाट नेपालको महिला मुक्ती एवं लोकतान्त्रिक आन्दोलनको प्रमुख नेताको पहिलो पुस्ता हामीबाट लगभग विदा भएको छ । चीनको राजधानी बेईजिंगमा रहेकोले आजको अन्तेष्टीमा सरिक हुन नपाएकोमा दु:खित छु ।
दोस्रो विश्व युद्धदेखि दोस्रो जनआन्दोलनसम्मकी योद्धा कमरेड सहाना, हार्दिक श्रद्धान्जली!
श्री उमेशलाल सहित सिंगो शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।अलविदा कमरेड सहाना! हामी सँधै सम्झिरहने छौं ।