Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

अग्ला भवनको छायाँमा टाक्सिएको असमान समाज हामीले चाहेको स्वर्ग हैन! निमुखाको गाँस काटेर देखाइने प्रगति, के प्रगति?

April 3rd, 2014

अहिले पनि हाम्रो समाजमा सयमा ३० वेरोजगार र कम्तीमा पनि जनसङ्ख्याको त्यत्ति नै हिस्सा गरीब तथा विपन्न छन् । हामी हाम्रो समाजको सम्पन्नता नेपालका कति अरबपतिहरुको नाम फोब्र्स पत्रिकामा छापियो भन्नेबाट हैन, तिनै विपन्नश्रमजीवीको हिस्सामा राज्यको आम्दानी कति प¥यो–– त्यसको लेखाजोखाबाट भएको हेर्न चाहन्छौं।

पिडीएफ फाइल डाउनलोडInauguralSpeech[final]

चैत १४ गते– आजकै दिन,  ६३ वर्ष पहिले २००३ सालमा, तत्कालीन राणाशाही,श्रमिकहरुको २३ दिने हडतालबाट लत्रिएको थियो । जनतालाई दास ठान्ने त्यो सामन्ती शासन, “श्री ३ महाराजको हुकुम अनुसार भन्दै” ‘ज्यालामा १५ प्रतिशत वृद्धि र हडताल अवधिको पूरै ज्याला दिने निर्णय सहित’ आन्दोलनरत श्रमिकसँग संझौता गर्न बाध्य भएको थियो । २०३७ साल– आजकै दिन, हाम्रो पुस्ताको युनियन आन्दोलन सुरु भएपछिको हामीहरु समेतको संलग्नतामा  ‘नेपाल बन्द’ को श्रृंखला सुरु गरिएको थियो । आजको मितिमा उभिएर “बन्द संस्कृति”मा आएका विसंगतिलाई पन्छाउने हो भने त्यो अभियान तत्कालीन निर्दलीय अधिनायकवादी शासनसत्ताको जग हल्लाउने महत्वपूर्ण माध्यम बनेको थियो । मार्च २८, १९९२– आजकै दिन, “सामाजिक न्याय र आर्थिक समानता– औद्योगिक विकासको निम्ति मजदुर एकता” मूल नारामा हाम्रो महासंघको पहिलो ऐतिहासिक महाधिवेशन सुरु भएको थियो । त्यो दिनदेखि आजसम्म निरन्तर श्रमजीवी वर्गको हकहितमा समर्पित सबै सहकर्मीहरुप्रति म विनम्रतापूर्वक श्रद्धा व्यक्त गर्दछु । अमर सहिदहरु– हामी तपाईहरुप्रति सदा ऋणी छौं! आदरणीय अग्रजहरु– हामी तपाईहरुले देख्नुभएको आदर्श समाजको सपनाबाट विमुख हुनै सक्दैनौं! हामी विमुख हुनै नमिल्ने आदर्श के हो? संस्था; संस्कार र सपना ! हामीले हाम्रो आदर्शलाई यसरी तीन कोणबाट अथ्र्याउनेगरेका छौं । पाँच बर्षअघि नेतृत्वको हस्तान्तरणको समयमा सिङ्गो राष्ट्रिय कमिटीको तर्फबाट मैले प्रतिबद्धता गरेको थिएँ– “जहाँ श्रमिक छन्, त्यहाँ जिफन्ट हुन्छ । लगानीका सबै क्षेत्रमा काम गर्ने सबै प्रकृतिका र क्षेत्रका श्रमिकलाई यसले समेट्ने छ ।”

  • ‘एक युनियन– एक आवाज’, बर्षौं पहिलेदेखि हामीले भन्ने गरेको यही मन्त्र हाम्रो संस्थागत आदर्श हो ।
  • एउटालाई चोट लाग्दा अर्कोलाई पनि दुख्छ† विश्वको युनियन आन्दोलन, सयौं बर्षदेखि यसो भन्दै आइरहेको छ । हामीले यो भावनालाई, नेपाली सन्दर्भमा– ‘एक अर्कालाई ख्याल गरौं, एक अर्कालाई माया गरौं, एक अर्काको भावनाको कदर गरौं†” भन्दै आएका छौं । “हारे चपरीमुनिको बास– जिते सारा संसार” को सपना बोकेका श्रमजीवी वर्गका लागि योभन्दा ठूलो संस्कारगत आदर्श के हुन सक्ला?† “जय–पराजय”, “तँ” की “म”कोे उछिना–पाछिन गर्ने घिनलाग्दो हानथापबाट माथि उठेर “हामी जिफन्ट– हाम्रो महासंघ”को हामीले हुर्काएको सामूहिक भावना यस सन्दर्भमा गर्व गर्न लायक छ भन्ने हाम्रो बुझाइ छ ।

पाँच बर्षअघि हामीले सपना देखेका थियौं–

  • राज्य यस्तो बनोस्, जहाँ बोल्नेको पिठो बिक्ने र सिधा साधाको चामल पनि नबिक्ने विद्यमान परम्परा तोडियोस्,
  • यस्तो समाज बनोस्, जहाँ आजका विपन्न वर्ग अझै खिइदै जाने हैन, समृद्धिका खुट्किला उक्लन पाउन्≤ श्रम गर्नेहरुका लागि– मर्यादित, समृद्ध र सिर्जनशील जीवन जिउने ढोका खोलियोस्,

हामीले सपथ खाएका थियौं– “समानता र न्यायको संघर्षमा कसैले औंला उठाउन नसक्ने गरी हाम्रोे अविरल यात्रा जारी रहने छ।” पाँच बर्षपछि तपाईहरुको सामु उभिएर म विनम्रतापूर्वक प्रश्न गर्न चाहन्छु, के त्यस्तै भयो त?जिम्मेवारी बहन गर्दा गरिएको बाचामा यो राष्ट्रिय कमिटी कति खरो उत्रियो,त्यसको परीक्षा दिन हाम्रो टिम प्रतिनिधि कमरेडहरु समक्ष खडा छ । कमरेडहरु, एउटा श्रमिकको दृष्टिकोणबाट तपाई–हाम्रा सपनाहरु अति सामान्य छन् ।

  • आफ्नो श्रमको कमाइबाट धान्नुपर्ने दैनिक गुजारापछि हातमा केही बचोस्, जसले आजका दिनमा राज्यले पूरा नगरी दिएको अत्यावश्यक आवश्यकता टार्न सकियोस् †
  • राष्ट्रकाकुनै विशिष्टनागरिक बिरामी हुँदा एयर एम्बुलेन्स र विदेशका अस्पतालको सुबिधाउपलब्ध गराइएको समाचारबाट हैन, दुर्गम जिल्लामा सुत्केरी हुन नसकेर मर्ने श्रमजीवी महिला, दाइजो दिन नसकेको कारण जलाएर मारिने छोरी–चेलीको चित्कारबाट विक्षिप्त श्रमजीवी परिवारको पीडाको हिसाब किताब गरिएको समाचारबाटहाम्रो समाज गौरवान्वित भएको पढ्न र सुन्न पाईयोस्।

तपाईहरुलाई थाहै छ– अहिले पनि हाम्रो समाजमा सयमा ३० वेरोजगार र कम्तीमा पनि जनसङ्ख्याको त्यत्ति नै हिस्सा गरीब तथा विपन्न छन् । हामी हाम्रो समाजको सम्पन्नता नेपालका कति अरबपतिहरुको नाम फोब्र्स पत्रिकामा छापियो भन्नेबाट हैन, तिनै विपन्नश्रमजीवीको हिस्सामा राज्यको आम्दानी कति प¥यो–– त्यसको लेखाजोखाबाट भएको हेर्न चाहन्छौं। तसर्थ, यो महाधिवेशनबाट हामी सम्झाउन चाहन्छौं– अग्ला भवनको छायाँमा टाक्सिएको असमान समाजहामीले चाहेको स्वर्ग हैन । निमुखाको गाँस काटेर देखाइने प्रगति, के प्रगति?! श्रम विवाद– युनियन खराब†यी र यस्तै मिति नाघेका रागबाट हामी अघाइ सकेका छौं । चाहे मजदुर–मुक्तिका नाममा चर्चा गरिने असान्दर्भिक परम्परागत नारा हुन् या श्रमिकका टाउकोमा आप्mनो असक्षमताका फोहर प्mयाँकेर सफा देखिन चाहने व्यवसायीहरुका बेसुरे राग हुन्, पाँच बर्षसम्म– यो कार्यकालमा पनि थुप्रै कहानीहरु हाम्रो कार्यालयमा आए ।

  • भृकुटी पल्प एण्ड पेपर होस् वा मोमेन्टो अपरेल्स, श्रमिकको आप्mनो कमीका कारणले नभई अर्काकै कारणले बन्द हुन पुगेका यी उद्योगका श्रमिकहरुले पटक–पटकको संझौतापछि पनि आजपर्यन्त पाकेको ज्याला समेत किन पाएनन् भन्ने प्रश्नको कसले जवाफ दिन्छ?
  • राजधानीकै पिज्जा हट होस् वा क्यासिनो≤ सडक व्यवसायबाट गुजारा गर्ने राज्यबाट विस्थापित स्वरोजगार श्रमिकको पीडा होस् या निर्माण र सेवा क्षेत्रका समयमा ज्याला–भुक्तानी नपाउनेको व्यथा कसले सुन्छ?
  • चिया बगानका हजारौं श्रमिकहरु, राज्यले ताकेको न्यूनतमज्याला समेत नपाएका कारण पीडित छन्, कानुनले तोकेको समयसीमामा ज्याला पुनरावलोकन नगरिएको कारण कृषि क्षेत्रका श्रमिकहरु पीडित छन्– उनीहरुको पीडा कसले सुन्छ?

हामी विनम्र प्रश्न गर्न चाहन्छौं– के हाम्रो मुलुकमा युनियन भएकै कारण, व्यवसाय नचलेकोले अविकास भएको हो? या हामी नीति निर्माताहरुमै रहेको खोटको कारण? हामी स्पष्ट छौं– व्यवसायीहरु र हाम्रा स्वार्थ मिल्दैनन्, ठ्याम्मै मिल्दैनन् । त्यसैले त हामीहरु फरक छौं † तर हामी बिना उहाँहरुको व्यवहार चल्दै चल्दैन– त्यसैले हामीसँगसँगै पनि छौं। हामी स्पष्ट छौं–

  • हाम्रै जीवनको लागि पनि उहाँहरु मर्नै हुन्न ।
  • नेपाली समाजको चोला बदल्नको लागि हामी श्रमिकहरुलाई घाटा हुनुहुन्न†
  • जसरी विगतमा आधा पेट खाएर शिशु प्रजातन्त्र जोगिएन, त्यसैगरी अधिकारको हिसाबले दमित र आर्थिक हिसाबले हातमुख जोड्न पनि नपुग्ने आम्दानीमा सास धानी रहेको श्रमिकबाट उच्च उत्पादकत्व र गुणस्तरीय बस्तु तथा सेवाको जबरजस्ती आग्रह गर्न मिल्दैन।
  • कृषि र निर्माण क्षेत्रमा रहेको चरम शोषण, उद्योगमा तुलनात्मक रुपमा रहेको कम शोषण र सेवा क्षेत्रमा तुलनामा पारिश्रमिक बढी भएपनि उच्चपदस्थ अधिकृत र मातहतमा रहेका श्रमजीवी बिचको पारिश्रमिकको खाडललाई हामीले हेक्का राखेका छौं।

हामी स्पष्ट छौं– श्रमको संसारमा दुई खालका लगानीकर्ता छन् । एकाथरी, जसलाई समाजले गर्वका साथ ‘रोजगारदाता’ भन्छ– जो सेवा र बस्तु उत्पादनको प्रक्रियामा आप्mनोश्रीसम्पत्ति लगानी गर्छ। अर्काथरी जसलाई तपाई–हामी लजाउँदै श्रमिक भन्छौं,  त्यसले त झन यो प्रक्रियामा आप्mनो सारा जीवन नै लगानी गर्छ । यी दुबै, आ–आप्mनो लगानीको बदलामा, तीनवटा ग्यारेन्टीको अपेक्षा गर्छन् ।

  • प्रतिफल– मुनाफा वा ज्यालाको रुपमा, दिगोपन– व्यवसायको दीर्घ जीवन वा रोजगारीको निरन्तरताको रुपमा; र सुरक्षा–सम्पत्तिको भौतिक सुरक्षा वा जीवनको सामाजिक संरक्षणको रुपमा †
  • हाम्रो बुझाइ छ– राज्य संयन्त्र सधैं अघिल्लोको पक्षमा नतमस्तक रह््यो, पछिल्लोलाई भने हपारी रह्यो । हाम्रो प्रश्न यत्ति मात्र छ– यस्तो पनपक्ष किन?
  • हामी चाहन्छौं– श्रमिकले कामको बदलामा ज्याला मात्रै हैन, जीवनको उत्तरार्धमा राज्यले दिने ५÷७ सय भत्ताको आसमा दम तोड्न नपरोस्, आफ्नै कमाइबाट सञ्चित कोषबाट बेरोजगार भत्तादेखि पेन्सनसम्म उपलब्ध हुने प्रणालीको विकास होस्, त्यसबाहेकका शिक्षा–स्वास्थ्य जस्ता सर्वकालिक सामाजिक सुरक्षाको लागि नागरिकको हैसियतमा भोट हाले बापत राज्यले भरथेग गर्ने विधि राजनीतिक दलहरुले अपनाउन्†
  • यस्तो नठानियोस्– ट्रेड युनियन भनेको सरकारमा रहँदा दलका आदेश खुपुखुपु निल्ने पुर्जाहरुको कारखाना हो । र, विपक्षमा रहँदा आयल निगमले मूल्य वृद्धिगर्दा एकै सिट्ठीमा दंगाफसादमा उत्रनेहरुको ब्यारेक हो ।

कम्तीमा पनि दुई लगानीकर्ता बिच सन्तुलन कायम गर्ने नियामक संस्थाको रुपमा राज्य उभियोस्– बजारको माग भन्दै छाडा साँढेको रुपमा फाँफाँ–फुँफुँ गर्न पुँजीलाई छुट नदिइयोस् । यसो हुँदा श्रमिकले पालना गर्नुपर्ने अनुशासनको विधिसम्मत सीमा हाम्रो तर्फबाट नाघिने छैन । कमरेडहरु–यो महाधिवेशनमा हामीले अघिल्लो महाधिवेशनमा झैं रुपान्तरणलाई नै मूल थेम बनाएका छौं । पाँच बर्षअघि रुपान्तरण, एकता बिना हुन नसक्ने निष्कर्ष निकालेका थियौं। हाम्रो समाज नेपाली जनभावना विपरीत एक भएन, विभाजित रह्यो । परिणाम, आज हामी झण्डै–झण्डै २०६५ जेठ १५ पछि कै स्थितिमा छौं । रूपान्तरण गर्ने क्षेत्रको हिसाबले “क्रान्ति”लाई हामी “राजनीतिक’ र “आर्थिक–सामाजिक’ गरी दुई भागमा विभक्त गर्न सक्छौँ । नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भयो, हाम्रो लाली गुराँस क्रान्तिले युगौँ पुरानो सामन्ती राजतन्त्र प्mयाँक्यो, हामीले गणतन्त्र घोषणा ग¥यौँ ।संविधानसभाबाट नयाँ संविधान जारी हुनासाथ यसलाई संस्थागत गर्ने प्रक्रिया टुङ्गोमा पुग्छ । समाजको रूपान्तरण पछि मात्र आर्थिक–सामाजिक क्रान्ति सम्पन्न हुनेछ, जसको हामी अझै प्रवेशद्वारमा छौँ । त्यसैलेहामीले रुपान्तरणको माध्यमको रुपमा श्रमशक्तिको विकासलाई छैटौँ राष्ट्रिय महाधिवेशनका थेमसँग जोडेका हौं ।श्रमशक्तिको विकास भनेको रुपान्तरणको शान्तिपूर्ण प्रक्रिया हो । उत्पादन, पुनर्लगानी र पुनर्वितरणसँगै अधिकार र हितको लडाइ“ व्यवस्थित गर्नु नै हामीले चर्चा गर्ने गरेको ‘वर्गसंघर्ष’ सञ्चालनको उपयुक्त तरिका हो । हाम्रो बुझाइमा– नेपालकोश्रमशक्तिको सुदृढीकरण र विकासका लागि देशभित्रको ज्याला रोजगार श्रमशक्ति– देशभित्रको स्वरोजगार श्रमशक्ति– र, देशबाहिर कार्यरत श्रमशक्ति गरी त्रिभुजात्मक रणनीतिको आवश्यकता छ । र नेपालको श्रमशक्ति संगठित र बलियो बनाउन,  सङ्ख्याको हिसाबले– कृषि, निर्माण र शहरी अनौपचारिक क्षेत्र, गुणस्तरको हिसाबले – आधुनिक सेवा क्षेत्र र ब्लकको हिसाबले– उत्पादनमूलक क्षेत्रको काममा ध्यान केन्द्रित गर्नुपर्ने हाम्रो प्रस्ताव छ । यो काम स्वतन्त्रता, ज्याला, सुरक्षा, सम्वाद र उत्पादकत्व तथा कार्यकुशलता गरी “पा“च आधार”मा टेकेर अगाडि बढ्न सक्छ । यी पाँच आधारलाई दीगो प्रणालीमा व्यवस्थित गर्न पाँच मुख्यकाम गर्नुपर्ने आवश्यकता हामीले देखेका छौंः

  • जहाँ श्रमिक, त्यहाँ युनियन नीति अनुरूप सम्पर्क बिस्तारमा संलग्न हुने ।
  • सदस्य सङ्ख्यामा वृद्धि गर्न पहुँचमा रहेका हरेक श्रमिकलाई युनियनभित्रसंगठित गर्ने।
  • श्रम शिक्षा र ट्रेड युनियन शिक्षाको माध्यमद्वारा श्रमिकमा सीप तथा चेतना अभिवृद्धि गरी एजेण्डा, मुद्दा तथा सार्वजनिक नीति लगायतका विषयबस्तुमा आम श्रमिकलाई प्रशिक्षित गर्ने ।
  • आप्mना एजेण्डा, मुद्दा र गतिविधिहरुको प्रचार–प्रसार गर्न श्रमशक्ति परिचालित गर्ने।
  • राज्यव्यवस्थामा श्रमिक प्रतिनिधित्वको सुनिश्चितता गर्दै सार्वजनिक नीतिहरुमा परिवर्तन गर्नसक्ने भूमिकामा युनियन आन्दोलनलाई पु¥याउन हस्तक्षेप गर्ने ।

यो बर्ष जिफन्ट आप्mनो स्थापनाको पच्चिसौं वर्षगाँठ मनाउँदै छ । ०३५÷३६ पछि क्रियाशील दोस्रो पुस्ताको हाम्रो आन्दोलनमा अहिले नातिनी–नाति पुस्तादेखि बाजे–बज्यै पुस्तासम्म क्रियाशील छ । “नयाँको उत्साहलाई संलग्न गर्दै जाने, व्यवहार बुझेकालाई नेतृत्व हाँक्न दिने र वरिष्ठ अग्रजहरुको परामर्श तथा संरक्षकत्वमा अघि बढ्ने”लाई हामीले युनियन आन्दोलनलाई गतिशील बनाइराख्ने सूत्रको रुपमा लिएका छौं । यो महाधिवेशनमा त्यसैले हामी मध्ये केहीले कार्यकारी पदबाट विश्राम लिने र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्दैछौं । नयाँ पुस्तालाई कम्तीमा आगामी एक दशकसम्म निर्वाध काम गर्न सक्ने तुल्याउन नीति विश्लेषण, नियमित ट्रेड युनियन स्कूल र केन्द्रदेखि घरदैलोसम्म वरिष्ठ नेताहरुको उपस्थिति महसुस हुने प्रकृतिको संक्रमणकालीन संरचनाको माध्यमबाट भरथेग गर्ने नीति प्रस्ताव गर्दैछौं। यसरी हामी, हाम्रो शीर माथिको आकास बोक्न तयार छौं । हामी भन्दा  बिस्तारित आकासमुनि रहनेहरुले पनि आ–आप्mनो आकास माथिको भारी कुशलतापूर्वक बहन गरुन् भन्ने हार्दिक अपेक्षा राखेकाछौं । भनिनछ, खुशी अति कम र अति धेरैको वीचमा हुन्छ । हाम्रो आमन्त्रणलाई स्वीकार गरी यहाँहरुले जनाउनु भएको गरिमामय उपस्थितिले आज हामीलाई त्यस्तै खुशीको अनुभूती भएको छ । प्रमुख अतिथी ज्यू, लगायत सम्पूर्ण महानुभावमा जिफन्ट परिवारको तर्फबाट हार्दिक स्वागत गर्दछु । धन्यवाद ! विष्णु रिमाल, (उद्घाटन समारोहमा दिईएको स्वागत मन्तब्य ) १४/१२/२०७०

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.