Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

अग्निशिखा तिनै हुन जो हाम्रो मुटु भित्र अमर छन् !

December 6th, 2009

“म कुनैपनि रंगको कपडाको पुजक होइन । तथापी, म रातो झण्डा मन पराउ“छु । र, म लगायत अरु समाजवादीहरुका लागि यो जे कुराको प्रतीक बनेको छ, त्यसलाई मन पराउ“छु । मेरो अध्ययनकक्षमा रातो झण्डा झुयिडएकै छ र यदी म सक्दो हु“ त खुसीका साथ यही झण्डा बोकेर ‘टाइम्स’ को कार्यालय अगाडि सबै रिपोर्टर्स् र फोटोग्राफरले देख्ने गरी मार्च गर्ने थिए“ ।

अग्निशिखाले यो उद्धरण सुनाउ“दै भन्नु भयो यो अंकको श्रमिक खवरमा हेलेन किलरको बारेमा लेखे के होला? मैले सोधे हेलेन किलर को हुन्? 
“हेलन किलर तिनै हुन्– जसले आ“खा नदेख्ने भएता पनि श्रमजीवी आन्दोलनलाई कलमको माध्यमबाट बल पु¥याएकी थिईन् †” 
यो स्टाइलबाट शुरु भएका लेखहरु भने दृष्टि, प्रतिपक्ष, एक्काइसौं शताव्दी, बुधवार, नवयुग आदि … अखवार र म्यागेजिनमा धेरै पटक हामीले पढेका थियौं । अग्निशिखाको लेखनीको परिचय नै बनेको यस्ता बान्की वाक्यप्रति लोभिदै जिफन्टमा काम गर्ने हामीहरुले उहा“लाई औपचारिक रुपमा श्रमिक खवर टिम सामेल गरायौं । 
श्रमिक खवरसंग अग्निशिखाको तीन प्रकारको परिचय छ । उहा“को औपचारिक प्रवेश विशेष सहयोगीको रुपमा भयो । यो २०५८ मंसीर कुरा हो, उहा“लाई श्रमिक खवरका अतिरिक्त जिफन्टका अन्य प्रकाशनहरुको पनि भाषा सम्पादनको जिम्मेवारी दिइयो । त्यस वखत हामीले उहांलाई विशेष सहयोगीको दर्जा दिएका थियौं भने २०६० सालको भदौबाट सम्पादन समूहको सदस्य । २०६३ सालको भदौ पछि म यो पकाशनको प्रधान सम्पादक बाट विदा भएं र फेरी उहाको भूमिका विशेष सहयोगी कै रुपमा रहन पुग्नु भयो ।
२०६० सालको बैशाखमा सम्पन्न जिफन्टको चौथो महाधिवेशनबाट म महासचिव पदबाट विदा भए“ । केन्द्रीय योजना आयोगको प्रमुख रहने गरी उपाध्यक्षको रुपमा काम गर्न थाले । महासंघको विधानमै यो आयोगका सदस्यहरु विभिन्न विधाका विज्ञ रहने व्यवस्था गरियो । अर्थशास्त्र, राजनीति, श्रम सम्बन्ध र सामाजिक सा“स्कृतिक जस्ता विषयका विज्ञहरुलाई यसमा संलग्न गर्ने महासंघले निर्णय ग¥यो । र, मैले अग्नि जी लाई श्रम–साहित्य–संस्कृतिको विषय विज्ञको हैसियतमा आयोगको सदस्य बन्न आग्रह गर्ने प्रस्ताव गरें । मेरो जानकारीमा उहा“ सामान्यतः मनले नखाएको कुनै पनि पदमा रहन राजी हुनु हुन्नथ्यो । मलाई हिचकिचाहट के थियो भने– अग्निले ‘नाई’ भनेमा के गर्ने ? तर मेरो आशंक विपरित मेरो प्रस्तावलाई स्वीकार्दै उहा“ले भन्नु भयो– तपाई रहनु भएको आयोगमा रहदा मलाई सिक्न पाईन्छ भन्ने लाग्छ ।
उहाले जिफन्टबाट के कति सिक्नु भयो त्यो हामीले कहिल्यै छलफल गरेनौैं, तर जिफन्टले भने अग्निशिखाबाट महत्वपूर्ण योगदान हासिल ग¥यो । श्रम संसारका १२ बर्षहरु, आजको श्रम एजेण्डा, विकल्पको खोजी जस्ता जिफन्टका दजैनौं गहकिला प्रकाशनमा अग्निशिखाको योगदान रह्यो । एउटा प्रकाशन–“टे«ड यूनियन र सामाजिक रुपान्तरणका विषय” जसको प्रारम्भिक सम्पादन उहा“ले गरिसक्नु भएकोछ, संभवत प्रकाशन हुन बाकी जिफन्टको प्रकाशन हो ।
मिति ठ्याक्कै याद रहेन । उहा“ सम्पादक रहनु भएको विचार प्रधान मासिक “एक्काइसौं शताव्दी”को सम्पादकबाट हटिसक्नु भएको थियो । शुरुका दिनमा म पनि कतै न कतैबाट एक्काइसौं शताव्दीसंग जोडिएको थिए“ । मलाई आपूmपनि त्यसको सञ्चालक सदस्य हु“ कि जस्तो अझै लागेको छ । त्यो म्यागेजिनको आवरण, साजसज्जा र कलाको सन्दर्भमा एम्ज माउसका महेन्द्र जीलाई त्यही हैसियतमा म सुझाव दिने गर्थें । तर पछि एक्काइसौं शताव्दी कता लाग्यो, किन त्यसले साप्ताहिक जस्तो अर्कै पहिचान बनाउन पुग्यो म आफैलाई पनि हेक्का रहेन । म त्यसमा छदै थिइन की या म त्यहाबाट हटाईए“ आजसम्म मैले कसैलाई साधेको पनि छैन र सरोकारवाला साथीहरुले भन्दा पनि भन्नु भएन । यद्यपी यसमा मेरो कुनै गुनासो थिएन र छैन पनि । 
तर मेरो बुझाईमा अग्नि जी एक्काइसौं शताव्दी पछिल्लो पहिचानप्रति खुश हुनुहुन्थेन । आप्mनो शालिन स्वभाव अनुरुप उहा“ त्यसबाट चुपचाप अलग्गिनु भएको होकी भन्ने मेरो बुझाई छ । मलाई लाग्छ त्यो समय तिर छोरीको उच्च शिक्षाको लागि उहा खर्चको जोहो गर्दै हुनुहुन्थ्यो । तर पनि पार्टीका पुर्णकालिनले पाउने न्यून रकममा उहां नेकपा (एमाले)को केन्द्रीय प्रचार विभागमा सचिव हुनपुग्नु भएको थियो । उहा“ अतिरिक्ति आय पनि हुन सक्ने लेखकीय कामको गर्न इच्छुक हुनुहुन्छ भन्ने मैले सुनेको थिएं । 
त्यती ने खेर म अन्तराष्ट्रिय श्रम संगठनको “ट्रेड यूनियन र वालश्रम” नामक आठ भोल्युमको प्रशिक्षण सामग्रिको नेपाली भाषामा उल्था गर्ने विज्ञको खोजमा थिएं । क. प्रदिप नेपालले सोध्नु भयो पैसा कति छ? मैले भने सायद एक पेज उल्थाको ७०÷८० रुपैया जति पर्ला, भएको दिने हो । र, उहा“ले सुझाउनु भयो– अग्निलाई भन्नुस् न, उहा“ कामको खाजिमा हुनुहुन्छ । मैले सोधे– उहा“को अंग्रेजीमा दख्खल कस्तो छ? क. प्रदिपले भन्नु भयो, जान्नु हुन्छ, कस्तो छ त तपाई आफै परख गर्नुहोस् । 
अग्निशिखासंगको मेरो परिचय हाम्रा पार्टीका अन्य कतिपय नेताहरुको भन्दा धेरै नया“ हो । यो हुनुका कारण पनि थिए– उहा“ साहित्यकार हुनुहुन्थ्यो, म थिइन । उहा“ पत्रकार हुनुहुन्थ्यो– म थिइन । मेरो कार्यक्षेत्र नीजि क्षेत्रका श्रमिकहरुको वीचमा थियो, भुगोलमा थिएन । त्यसमा पनि खास पहिचान भएका पार्टी कार्यकर्तालाई खटन पटन गर्ने तहको म कुनै शिखर नेता पनि थिईन । धेरै घुलमिल भइनसकेको कारणले पनि म मा उहालाई काम अह्राउन केही हिचकिचाहट थियो । तरपनि उहा“संगको मेरो मित्रता अरु कुनै नेताको भन्दा बढी थियो । यसैले उहा“संग प्रस्ताव गर्न मलाई बल पनि मिलि रहेको थियो । मैले उहांलाई कामका लागि अनुरोध गरें । यसरी शुरु भयो हामी वीच विजनेस लाईक सम्बन्ध । र, हामीलाई नजिक्याउने विषय बन्न पुग्यो श्रम र हामी दुबैको पारस्पारिक आवस्यकता ।
कमरेड अग्निशिखाका केही बानी अनौठा पनि रहेछन्– जे उल्था गर्ने हो, त्यो सामाग्रि मूल अंग्रेजी सामग्रि ‘जस्तै र जत्रै’ कागजमा सफा ढंगले हातले लेख्ने । अरुलाई प्रायः “कम्युटरमै काम गर्नोस् न” भन्ने मेरो मुखमा उहांको सफा ह्याण्डराइटि¨ले बुझो नै लगाई दिएको थियो । मुढ चले तुरुन्त काम फत्ते गर्ने, मुढ नचलेसम्म प्रायः कामको गति अघि बढाउंदै नबढाउने । एकपटक क. उमेश उपाध्यायले आप्mनो कविता संग्रहको पाण्डुलिपि सुझावको लागि अध्ययन गर्न दिनु भएको रहेछ । झण्डै १३ महिनापछि मात्र त्यो काम उहांले सक्नु भएछ, त्यस अघि “सक्दिन पनि नभनेको र फिर्ता पनि नगरेको” कारणले उमेश जीमा अलिक चिडचिडाहट भएको मैले लख काटेको छु । 
 तर हामी दुईवीच भने वास्तव मै सिक्ने सिकाउने क्रम शुरु हुनपुग्यो । विहान सबेरै जिफन्टमा भेटेपछि कृष्ण भाइको पसलमा १÷१ कप चिया पिउने (उहा“ कहिले चिनी हालेको त कहिले नहालेको पिउनु हुन्थ्यो । मलाइ भन्दा थप उहांलाई १ खिल्ली चुरोट पनि चाहिन्थ्यो, खाने पिउने मामिलामा अलि हेलचत्र्mाई गर्नुहुन्थ्यो सायद) । चियाको क्रममा हामी विषयको पोका अनौपचारिक रुपमै फुकाउंथ्यौ, अग्नि जी घत परेका विषयमा “…अं हगि ..” भन्दै हास्नु हुन्थ्यो । वास्तवमा उहा“को अंगे्रजी मैले अपेक्षा गरे भन्दा धेरै राम्रो रहेछ । तरपनि कतिपय श्रम क्षेत्रका शव्दको उल्था अनर्थ लाग्ने हुन्थे, म त्यसको संशोधन गर्थें । कतिपय विम्व र मिथकहरुबारे म उतिसारो भेउ पाउंदिन थ्एिं उहा सप्रमाण मलाई यो भनेको यही हो भनेर प्रस्टाउनुहुन्थ्यो । जस्तो की श्रम क्षेत्रमा कार्थथलोलाई अंगे्रजी शव्द सप बाट चिनाइन्छ – ओपन सप, क्लोज्ड सप, यूनियन सप, एजेन्सी सप आदि । र त्यहाको यूनियन नेतालाई ‘सप स्टिवार्ड’ भनिन्छ । नेपालमा भने ‘सप’ भन्दा प्रतिष्ठान वा कार्थथलो र ‘सप स्टिवार्ड’ भन्दा स्थानीय यूनियनका अध्यक्ष वा प्रमुख भन्ने बुझिन्छ । एकपटक उहाले ‘सप’लाइ पसल र ‘सप स्टीवार्ड’लाई पसले सेवक उल्था गर्नु भएछ । यस्ता धेरैशव्द छन्, जसको उल्था पनि यस्तै ढपमा हुनगएछन् । हामी, अनुवाद भनेको कला हो, सिधा शव्द रुपान्तरण होइन भन्ने निस्कर्ष निकाल्थ्यौ. । र, अंग्रेजीमा लेखिएका विषय नेपाली सन्दर्भमा के अर्थ लाग्छ भन्ने ठहर गरेर मात्र अनुवाद गर्नुपर्नेमा सहमत थियौं ।
तर हाम्रो यो मित्रताको एउटा नकारात्मक पक्ष पनि रहन गयो । खास गरी श्रम सम्बन्धि विषयमा उल्था गर्दा अग्नि जी कताकता म माथि निर्भर हुन थाल्नु भयो । उहा“ भन्नु हुन्थ्यो– श्रम सम्बन्धि अंग्रेजी–नेपाली र  नेपाली –नेपाली शव्द कोष बनाऔं, यो त विसालक्षेत्र पो रहेछ । एकचोटी आइएलओले पहिलको कामको पर्फेक्टनेस हेरेर १६ वटा भोल्युम भएको अर्को शिक्षण सामग्रि अनुवाद गर्ने करार उहांसंग ग¥यो । करारमा सही गर्नु अघि मलाई सोध्नुभयो– के गरौं? मैले गर्नुस् राम्रो हुन्छ भने । तर उहा“ले ‘मेरो उल्थाको सम्पादकको रुपमा जा“चकी तपाई हुने सर्तमा मात्र यो काम लिएको हुं’ भन्नु भयो । 
स्वाभिमान अग्निशिखको खास परिचय हो । एकपटक एउटा गैससको प्रकाशनको भाषा सम्पादन गर्ने काममा मैले उहा“लाई प्रोत्साहित गरे । काम सकिएपछि पारिश्रमिक माग्न उहा जानु भएनछ र त्यो गैससका कर्मचारीले उहांलाई डाकेनछन् । कुरैकुरामा मैले सोधें साथीहरुले पैसा दिए? उहांले भन्नुभयो मलाई माग्न मन लाग्दैन । आप्mनो पसिनाको मोल माग्न के को अप्ठारो? मैले प्रतिवाद गरें, उहांले भन्नु भयो त्यो संस्था जिफन्ट हैन र त्यहाका मानिस तपाइ जस्ता पनि हैनन् । मलाई नै अप्ठारो महसुस भयो । त्यो संस्थाका प्रमुख सज्जन थिए, त्यसैले एकै फोनमा, ओहो यो त गल्ती भयो भनेर रकम पठाई दिए ।
अग्निशिखा अति संवेदनशील नाम पनि हो । 
एकचोटी हामीहरु सामाजवादी अध्ययन समूह सञ्चालनका लागि राजनीतिक शिक्षामाला प्रकाशन गर्ने धुनमा थियौं । म र उमेश जीले मिलेर “विकल्पमा समाजवाद” भन्ने पुस्तक लेखि सकेका थियौं । त्यसको सहायक प्रकाशनको रुपमा विश्वभरीका सिद्धान्तकार र चर्चित व्यक्तित्वहरुको संक्षीप्त परिचय छाप्ने योजनामा थियौं । मैले इन्टरनेटबाट दर्शनशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्रका विद्वानहरुको बारेमा झण्डै २०० पेज जति अंग्रेजी भाषाको सामाग्रि जम्मा गरेको थिएं । “ … प्रोफेसर डट कम र माक्र्सिस्ट डट ओआरजी” लाइ मैले आधार बनाएको थिएं । ज–जस्को तस्वीर नेटमा छ, ती ती विद्वानलाई प्राथमिकता पनि दिएको थिएं । अग्नि जी ले सहित्य र दर्शनका व्यक्तिहरुको केही नाम जम्मा पार्नुभएको थियो । पछि उपलव्ध सामाग्रि पढ्ने, प्रशोधन गर्ने र एउटै स्टाइलमा लेख्ने योजना बन्यो । लेखकीय अधिकार सहित अन्तिम लेखनको जिम्मेवारी अग्निशिखालाई दिइयो । उहांले तयार गर्नु भएको प्रकाशनको नाम राखियो “समयका सारथीहरु ।” मेरो विचारमा संक्षीप्त जानकारीको लागि यो उम्दा प्रकाशन हो । 
यसलाई प्रचारमा लाने योजना अनुरुप केही छापा माध्यममा पुस्तक पठाईयो । पुस्तक परिचय लेख्ने क्रममा एउटा पत्रकारले ‘आवरणमा लेखकको नाम नलेखि जिफन्ट प्रकाशनमात्र उल्लेख गरिएको’मा “श्रमिकको संगठनले श्रम गर्ने माथि शोषण ग¥यो…” जस्ता टिप्पणी लेखेछ । उसको दलिल थियो, यति मिहेनत गर्ने लेखकको नाम गाताको बाहिर किन लेखिएन? 
हरेक संगठनको आ आप्mनो स्टाइल सिट हुन्छ । कलर, लोगो, लेखक र पेज स्पेस कसरी प्रस्तुत गर्ने आ–आप्mनै शैली निस्चित गरिएको हुन्छ । जिफन्टका हरेक प्रकाशनको भित्रि कभरमा मात्र लेखकको नाम उल्लेख गरिन्छ, आवरणमा प्रकाशनको नाम र व्याक कभरमा प्रकाशक र प्रकाशनको हाइलाइट । संगठनको स्टाइल सीट नबुभ्mने त्यो लद्दु पत्रकारले ठोकी दियो –जिफन्टले आप्mनै केन्द्रीय योजना आयोगका सदस्य अग्निशिखालाई शोषण ग¥यो । अग्नि जीले त्यो प्रकाशन भएको भोली पल्टै अप्ठारो मान्दै मसंग भेट्नु भो र स्पष्टिकरण दिएको शैलीमा भन्नु भयो– “हेर्नोस्न् विष्णु कमरेड हाम्रा पत्रकारहरु कतिसम्म कुरा नबुभ्mने? प्रचारै होस् भनेर किताव दिए“,ं अनर्थ हुने गरी टिप्पणी छापियो ।”
मानौं त्यो उहांले नै लेखाउनु भयो भन्ने मैले ठाने की? मैले यस्ता कुरालाई वास्ता नगर्नोस्, तपाईले भनेको हैन क्यारे भनेर टारें ।
तर असोज ७ गते विहान सबेरै मैले जिउ नै सिता¨ हुने फोन समाचार कमरेड प्रदीप नेपालबाट पाएं । “अग्नि जानु भो कमरेड ।” कहां, कसरी, अब के गर्ने जस्ता आकस्मिक प्रश्न मैले क. प्रदिपलाई सोधें । त्यसको केही समयपछि विष्णु रिजालको मेसेज आयो– “आवोर विलव्ड अग्नि दाई इज नो मोर ।” यो सन्देश मैले जति साथीहरुलाई सुनाएं, सबै हतप्रभ । मैले अघिल्लो दिनको सा“झ सम्झे– असोज ६ गते महिला ट्रेड यूनियनकर्मीहरुको अन्तराष्ट्रिय सम्मेलनका सहभागीको सम्मानमा हामीले होटल सोल्टीमा एउटा रिसेप्सन आयोजना गरेका थियौं । अग्नि जी पनि आमन्त्रित हुनुहुन्थ्यो । त्यो दिन आकस्मिक उपत्यका बन्द ले उहां आउन  सक्नु भएन । मेरो अन्तिम पर्खाई र कुराकानी भएको दिन त्यही दिन हो । बन्दका कारणले आपूm आउन नसकेको उहांले सूचना गर्नु भएको थियो । मुटुको समस्या रहेछ, मेरो मनमा तर्कना आयो– “अलि अलि पिउने बानी भएको मानिस… यदी हिजो हाम्रो कार्यक्रममा आएर फर्किएपछि यो दुर्घटना भएको भए नमज्जा हुने थियो होला की अन्तिम भोज खाएर विदावादी भएको याद सुखद हुन्थ्यो होला?”
सायद अग्नि जीले नै क्वाइन गरेको एउटा नेपाली वाक्य, जुन जननेता मदन को निधनमा लेखिएको थियो म अहिले सम्झिरहेछु–“मान्छे मर्दा परिवार टुहुरो हुन्छ, परिवारले वरखी वार्छ, राजनेताको निधनमा राष्ट्र टुहुरो हुन्छ– इतिहासले बरखी वार्छ ।” 
अग्निशिखाको निधनमा जिफन्टले मात्रै हैन समग्र श्रमजीवी वर्गीय आन्दोलनले अकस्मात एक जना आडिलो कमरेड गुमाएको छ । आज मलाई किन किन यो वाक्य अग्निशिखाको नाममा पनि समर्पण गरु“ गरु“ जस्तो लागिरहेछ ।

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.