वाम एकता सर्जिकल स्ट्राइक हैन, पाँच-सात महिनादेखि घनिभूत लागेका थियौं
October 6th, 2017

यो सर्जिकल स्ट्राइक होइन। यो एक्कासी भएको पनि होइन। कांग्रेसका नेताहरुले थाहा भएर पनि सिरियस्ली नलिनु भएको मात्र हो। यो दीर्घकालीन योजनाअनुसार नै भएको हो। पाँचदेखि सात महिना अगाडिदेखि भने घनिभूत रुपमा काम भएको  हो।  परिणाममात्र अहिले देखिएको हो।

x1-DSC_16931.JPG.pagespeed.ic.NscNNz6zok.jpg

Read More…

नयाँ श्रम ऐनले घरेलु कामदारलाई समेत समेटेको छ
August 29th, 2017

लामो समयको प्रयासपछि व्यवस्थापिका–संसद्बाट केही दिनअघि मात्र श्रम ऐन र सामाजिक सुरक्षासम्बन्धी ऐन पारित भएका छन् । श्रम संगठन र निजी क्षेत्रका व्यावसायिक संगठनबीचको सहमतिमा पारित भएको ऐनलाई दुवै पक्षले ‘विन–विन’को अवस्थाका रूपमा लिएका छन् । यसै पृष्ठभूमिमा ऐनले गरेको व्यवस्था, श्रमिकका समस्या, श्रमसम्बन्धको सुधारलगायतका विषयमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विष्णु रिमालसँग नयाँ पत्रिकाका जनार्दन बराल, कृष्ण रिजाल र गोपाल साउदले गरेको कुराकानीको सार :

Read More…

ओली कार्यकालका रोचक १२ स्मरणीय प्रसंग
July 9th, 2017

एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्रीको कार्यकाल सहज रहेन । भारतीय नाकाबन्दी र मधेस आन्दोलनले देश अस्तव्यस्त बनेका वेला ओली प्रधानमन्त्रीको कुर्सीमा पुगेका थिए । उनका गतिविधिले भारतसँग झनै सम्बन्ध चिसिएको भनेर आलोचना भयो । उनले नेपालमै रेल कुदाउने, आफ्नै पानीजहाज किन्ने र हावाबाट बिजुली निकाल्ने ‘विकासे सपना’ बाँडेर उनी व्यापक चर्चामा रहे । उनका हरेक अभिव्यक्ति, झर्न नपाउँदै ‘भाइरल’ भए । उनै ओलीको प्रधानमन्त्री कार्यकालमा प्रमुख सल्लाहकार थिए, विष्णु रिमाल । उनले नयाँ पत्रिकाका शुरोजंग पाण्डेसँग बाहिर नआएका ओली कार्यकालका रोचक १२ प्रसंग सुनाएका छन् : Read More…

औद्योगिक व्यवसाय ऐनको विरोध किन?
April 8th, 2017

सरकारले ल्याएको औद्योगिक व्यवसाय ऐनको चर्को विरोध गर्दै आउनभएको छ नि, किन ?

यसको एउटै मात्र कारण हो कि उद्योग व्यवसायी र नेपाल ट्रेड युनियन आन्दोलनको बीचमा सरकारकै रोहवरमा हामीले केही विषयमा हामीले सहमति जनाएका थियौं । चार पाँच वर्षदेखि हामी एउटै काममा लाग्यौं, साँच्चै भने हो भने हामी ६ वर्षदेखि श्रम कानुनहरुलाई संशोधन गर्ने र नयाँ ढंगले जाने हिसाब ग¥यौं । हामीले के भन्यौं भने जुन तप्काको संविधान आउँछ, त्यही अनुसारको कानुन बन्नुपर्छ भन्दै आयौं । यही हिसाबले हामीले व्यवसायीसँग सहमति ग¥यौं । त्यही हिसाबले सहमतिको आधार हाम्रो के रह्यो भने जुन मात्रामा श्रमिकलाई सुरक्षा दिइन्छ, त्यही मात्रामा श्रमबजारलाई खुकुलो बनाउनुपर्छ भन्यौं । लचकता भन्ने शब्द यहाँले नि सुन्नुभएको होला, सामाजिक सुरक्षा र लचकताको बीचको सन्तुलनको कुरा हामीले गर्दै आयौं । हामीले दुईटा ऐन खास गरी विद्यमान श्रम ऐनलाई संशोधन गर्न बनेको विधेयक र सामाजिक सुरक्षा लागु गर्नका लागि बनेको दुइटा विधेयक चाहिँ संसदीय समितिमा छलफलको क्रममा छ र ती दुबै विधेयकमा मेरो विचारमा नेपालमा पहिलो चोटि व्यवसायी र ट्रेड युनियनहरु बीच सहमति भएर पेस गरिएका कानुनहरु हुन् ती । श्रम बजारलाई कसरी खुकुलो बनाउने र श्रमिकलाई कसरी सुरक्षित गर्ने भनेर दुइटा स्टेक होल्डर दिने र लिने बीच सहमतिमा बनेको कानुन छलफलमै रहेको बेला औद्योगिक व्यवसाय ऐनमा गलत तरिकाले श्रम विरोधी केही प्रावधानहरु पर्न गए, त्यसमा हाम्रो असहमति रहन गएको हो ।

अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>02 Makalu bishesh Nov 24 2016

एमाले किन संबिधान शंसोधनको बिपक्षमा?
April 8th, 2017

संविधान कार्यान्वयन अहिले मूल विषय देखिएको छ । सरकारले संविधान कार्यान्वयनको दिशातिर अघि बढिरहेको भनेर भनिरहेको छ । त्यही बेला संविधान कार्यान्वयनकै बेला संविधान संशोधनलाई अहिले कार्यान्वयनलाई भन्दा पनि अझ बढी महत्वका साथ मधेसी दलहरुलाई संबोधन गर्ने भनेर संशोधन पेस गरेको छ । यो संशोधनमा मुख्य दलहरु सहमतिमा छैनन्, एक ठाउँमा आउन सकेका छैनन् । नेपाली कांग्रेस र एमाओवादी केन्द्रले सहमति जनाए जस्तो देखिए पनि मुख्य प्रतिपक्ष दल नेकपा एमालेको यसमा सहमति छैन । जसको लागि भनेर संबोधन गर्न खोजिएको छ, उनीहरुले पनि यसमा सहमति जनाएका छैनन् ।

अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>03 news24 Nepal 23 Nov 2016 c hha Prasna संविधान संशोधन

कान्तिपुर हेड लाइनर: यो वर्तमान सत्ता गठबन्धन सङ्कटमा परेको हो?
April 8th, 2017

यो वर्तमान सत्ता गठबन्धन सङ्कटमा परेको हो ?
संकटभन्दा पनि अंग्रेजी भाषाको ट्रोबल वाटर भन्छौं नि बेला बेला उतार चढाव आइरहन्छ, लामो समयदेखि नै गठबन्धन खास गरी साना दलहरु र अल्पसङ्ख्यामा रहेका दलहरुसँग मिलेर बनेको सत्ता साझेदारी हुन्छ त्यसकारणले गर्दा यसलाई स्वाभाविक प्रक्रियाको रुपमा लिने गरेको छु ।

अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>04 Kantipur Radio Headliner 2016, July 16

एमाले र माओवादी केन्द्र बीचको भद्र सहमति कार्यान्वयन किन भएन?
April 8th, 2017

एमाले र माओवादी केन्द्र बीच भद्र सहमति भएको थियो, त्यो भद्र सहमति कार्यान्वयन भएन, टिआरसीको मुद्दाबाट पनि जोड लगायो, फलतः यो अवस्था सृजना भयो भनिन्छ, एउटा ढंगले चलिरहेकोमा आकष्मिकरुपमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट अविश्वासको प्रस्ताव आउँदैछ भनिएको छ, यस्तो अवस्था किन सृजना भयो ?

यस सम्बन्धमा दुइटा पाटामा विश्लेषण गर्नुपर्छ, एउटा भनेको यो सरकारको गठनको बेलादेखिको हिसाब किताब गर्नुपर्छ, असाध्यै असहज अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागदोर सम्हाल्नुभएको हामी सबैलाई थाहा छ । सकेसम्म संविधान बन्नै नदिउँ संविधान बनेपछि त्यसको घोषणा गर्नै नदिने, घोषणा पछि नयाँ सरकार बन्नै नदिने, त्यो प्रक्रिया राष्ट्रिय अन्तर्राष्ट्रिय दुबै शक्ति केन्द्रहरुबाट विभिन्न तरिकाबाट विभिन्न कोणहरुले खेले । राष्ट्रिय र अन्तर्राष्ट्रिय भन्नाले तपाईंले बुझि नै हाल्नुभएको छ । त्यस खेललाई छिचोल्दै, चिर्दै त्यस खेललाई निस्तेज बनाउनको लागि केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो, र सत्ता सम्हाल्नुभयो । सरकार बनिसकेपछि त्यसलाई चल्न नदिनका लागि जुन नाकाबन्दीको चरणबाट हामी अघि बढ्दै गयौं, नाकाबन्दीको श्रृङ्खला अलि लामै गयो । त्यसलाई समाना गर्दै फागुन महिनाभरिमा हामीले त्यसलाई अन्त्य गरयौं ।

अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>05 Sagarmatha TV July 13, 2016 PM Bishnu Intrtview in