गलत प्रस्तावमाथि छलफल अस्वीकार्य
January 7th, 2017

पुरानो लोकतन्त्र भएको देश अमेरिकामा अमेरिकी नागरिक नै भए पनि अमेरिकी भूमिमा जन्मेको छैन भने उसले अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्न पाउँदैन । यदि कुनै अमेरिकी नागरिक विदेशमा बसिरहेको छ भने बच्चा जन्माउन कि अमेरिका नै जान्छ कि दूतावास जान्छ । दूतावास पनि उनीहरूकै भूमि मानिन्छ । अनि हाम्रो देशमा चाहिँ सेना, प्रहरीको प्रमुख, राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, संवैधानिक निकायको प्रमुख अंगीकृतलाई किन दिनुपर्ने ?

Read More…

‘स्पेस’ कायम राख, सहमतीको संभावना टरेको छैन!
February 6th, 2015

कसलाई थाहा छैन आउने दिनका चर्का प्रतिस्पर्धी एमाले र काँग्रेस हुन । काँग्रेसलाई थाहा छ– त्यो कहिल्यै एमालेमा विलय हुनेवाला छैन । एमालेलाई राम्रो हेक्का छ, एमाले खिएर सिट्टी भएपनि काँग्रेस हुँदैन। एउटाको हारमा अर्कोको शासन शुरु हुन्छ, पराजित हुनेले भावी जितको आरोहण प्रारम्भ गरिहाल्छ । लोकतन्त्रको सुन्दरता भनेको समय मै चिन्हित निकटम प्रतिस्पर्धीसंग आफ्नो सुबिधा अनुकुल सहकार्य गर्नु पनि हो । ‘यो मेरो प्रतिस्पर्धी हो, यसलाई जितेर मैले शासन गर्ने हो’ भन्ने सहज र स्वभाविक मानसिकता लोकतन्त्रको उपहार हो । त्यसैले आफ्नो दलको अजेण्डा जोगाई राख्नु, आफ्नो स्पेस सिर्जना गर्नु र त्यसको उपयुक्त व्यवस्थापन गर्नु नेतृत्वको खुबी हो ।

Read More…

संविधानसभा निर्वाचनः एमालेले यसरी सामना गर्यो !
December 25th, 2013

 

पार्टी यो पटक पहिलो हुन्छ’, यो दावीको पहिलो आधार भनेको २४० क्षेत्रमा खटाईएका केन्द्रीय प्रतिनिधिहरुको प्रतिवेदन थियो । कुनै पनि पार्टी चुनाव केन्द्रीत अभियान शुरु नै नभएको अवस्थामा हाम्रा कमरेडहरुले २४० मध्ये १०६ सीटमा एमाले पहिलो हुनसक्ने आकलन गर्नु भएको थियो । पार्टीको केन्द्रीय कमिटीको बैठकमा यो आकलन प्रस्तुत गरिएपछि कतिपय कमरेडहरुले ०६४ सालको आकलनलाई पुनःस्मरण गर्न आग्रह गर्दै पार्टी केन्द्रीय सचिवालयको विश्लेषणमा आशंका जनाउनु समेत भएको थियो । तसर्थ पार्टीले सतर्कतापूर्वक, १०६ स्थानमा जित्ने दावी सार्वजनिक गयो । एमाले मधेसमा छैन, एमाले मधेस विरोधीभन्ने स्यालहुइँयालाई नकार्दै पार्टीले तराईमधेसका ११६ सीटमा ४० स्थान जित्ने दावी सार्वजनिक गरयो

Read More…

चुलोको खर्च त नचल्ने नै भयो, के गर्ने
April 21st, 2013

ज्याला निर्धारणमा संसारमा विभिन्न विधि अपनाइएका छन्, उदाहरणका लागि ब्राजिलमा विगत वर्षको मुद्रास्पिर्तीमा बितेका दुई अवधिको आर्थिक वृद्धि जोडेर न्युनतम ज्याला निश्चित गरिन्छ । फ्रान्समा जति मुद्रास्पिर्ती हुन्छ, हरेक वर्ष सोही अनुपातमा न्युनतम ज्याला बढाइन्छ । त्यसबाट पुरताल नहुने खाडललाई सौदाबाजीको माध्यमद्वारा वृद्धि गरी समायोजन गरिन्छ । अर्को एउटा फर्मुला छ- ‘निर्वाह हुने न्युनतम खर्चलाई औसत परिवार संख्याले गुणा गरी, पूर्ण रोजगारी पाउने परिवार संख्याले भाग गर्दा’ जति आउँछ, त्यत्ति नै एक श्रमिकको न्युनतम ज्याला हुनुपर्छ । जस्तो, हालको मासिक रु. ६,२०० लाई न्युनतम निर्वाह खर्च मानी, औसत ४ जनाको परिवारमा श्रीमती/श्रीमान दुवै रोजगारीमा रहेको ठान्ने हो भने पनि एउटा नेपाली श्रमिकको न्युनतम मासिक ज्याला रु १२,४००।- र दैनिक रु. ४७६।९२ पैसा हुनआउँछ । यो फर्मुला अनुसार यदि त्यो परिवारको १ जना सदस्यमात्र पूर्ण रोजगारीमा छ भने मासिक ज्याला रु. २४,८०० र दैनिक रु. ९५३।८५ पैसा हुनुपर्छ ।

पूर्ण पाठ को  pdf  फाइल डाउनलोड गर्नुहोस् WageHow to increase_2013

नेपाली श्रम वजार र वैदेशिक रोगजारीको विषय
June 14th, 2012

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड Nepali Market and safe Migration

सामाजिक कर र सुरक्षा कोषको प्रस्ताव
June 11th, 2012

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड Social Security

बेलायती प्रणालीको रुपमा परिचित भारतीय मोडेलको शाासकीय स्वरुप नेपाललाई वेठीक
June 10th, 2012

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड  west Minister model not app for nepal