हराए कि क्या हो वर्गका कुरा
May 16th, 2012

संविधान सभामा विशेष व्यवस्था विना जसरी दलहरुले “जातीय-जनजातीय, क्षेत्रीय
र लैंगिक रुपमा” प्रतिनिधित्व गर्न नसक्ने निष्कर्षनिकालिएको छ, त्यही आधारमा विशाल संख्यामा रहेको श्रमजीवी वर्गको प्रतिनिधित्वको भने कुनै निश्चितता छैन । यसले अव संविधान सभामा “ठालूहरुको हैकमको विरुद्ध निमुखा” को मोर्चा वन्दी नभएर “काले-काले मिलेर खा“ऊ भाले” भने जस्तै विभिन्न समूहमा विभक्त ठालू-ठालूहरुको मिलेमतोमा निर्धा निमुखाहरुको अवाजलाई वेवास्ता पो गरिने हो की भन्ने शंका गर्ने प्रसस्त स्थान दिएको छ ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड  Class and inclusiveness_formatted

जारी यस्ता वेथिति किन हुने गर्छ र कसरी अव सही थिति वसालिन्छ?!
June 27th, 2011

आ.व. २०६८/६९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा मेरो टिप्पणी

मा. अर्थमन्त्री ज्यू यहांले प्रस्तुत गर्नुभएको सिद्धान्त र प्राथमिकतामाथि प्रवेश गर्नु अघि मेरो यो पहिलो प्रश्न हो । यसको चित्तो बुज्दो जवाफबाट म मात्रै होईन म जस्ता थुप्रै अर्थशास्त्र र योजना तर्जुमाका डरलाग्दा सिद्धान्त नबुज्ने तर श्रमजीवी वर्गको दैनिक जीवनयापनका व्यवहारिक अप्ठ्याराहरु नजीकबाटै देख्ने सभासदहरुलाई जानकारी हुने थियो– “किन हाम्रो राज्यसत्ता असन्तुलित र गैर–जनपक्षीय हुंदो रहेछ?! किन हाम्रो राजनीतिक नेतृत्वको आदर्श, नीति र व्यवहारको वीचमा टांड पर्दो रहेछ?!

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड budgetPolicy068 Read More…