पूँजीवादी शोषणका वर्तमान स्वरुप र श्रमिक आन्दोलन
December 5th, 2014

“प्रिकारियट विभिन्न रङ्गका छन्, तिनीहरु कुनै हालतमा पनि समरुपका (होमोजेनियस) छैनन् । बाँच्नका लागि पुलिसको आँखा छल्दै गन्तव्य मुलुकमा उभ्रेको काम गर्ने प्रवासी श्रमिक र बाँच्न कै लागि जति समयको होस् त्यही काम गर्ने तन्नेरीहरु, जो मौका मिल्यो कि इन्टरनेट क्याफेमा छिर्ने र बाहिरिने गर्र्छन् विल्कुल उस्तै हैनन् ।  न त एकल आमाहरु जस्ता, जो हर हप्ता खानेकुराको बिल कसरी चुक्ता गर्ने भन्नेमा चिन्तित रहन्छन्; या ६० बर्षबाट उकालो लागेको प्रौढहरु, औषधि उपचारको लागि दैनिक ज्यालादारीमा घोटिरहन्छन्, उस्तै हैनन् । तर तिनीहरु सबै समान भावनामा बाँधिएका छन्, उनीहरुको श्रम– बाँच्ने आधार हो, त्यो नियमित हैन आकस्मिक छ र असंरक्षित (प्रिकारियस) छ ।” Read More…

‘लालीगुराँस–क्रान्ति’ पछिको ट्रेड युनियन आन्दोलन
October 29th, 2012

जुनसुकै मोडलमा युनियन आन्दोलन सञ्चालन गरे पनि कस्तो र कसरी श्रम–सम्बन्ध कायम राख्ने भन्ने कुरा प्रमुख हो । श्रम–सम्बन्ध भनेको रोजगार सम्बन्धको अध्ययन पनि हो । तर कतिपय व्यक्तिहरुले “श्रम–सम्बन्ध या औद्योगिक–सम्बन्ध” लाई “उत्पादन सम्बन्ध”को रूपमा बुझ्ने गल्ती गर्छन् र श्रम–सम्बन्धको क्रममा हुने सौदाबाजी प्रक्रियालाई “वर्ग–संघर्ष”को टेक्निकको रूपमा व्याख्या गर्न पुग्छन् । ट्रेड युनियनलाई साधारणतया दैनिक ज्यालादारीमा काम गर्नेको मात्र संस्था ठान्ने र आधुनिक ट्रेड युनिनय आन्दोलनले गर्ने ‘लेबोर एक्सन’लाई उत्पादन सम्बन्ध फेर्ने ‘वर्ग–संघर्ष’को रूपमा हेर्ने गल्तीले नेपालको वामपन्थी आन्दोलनले श्रम विवादमा हुने युनियनको ‘एक्सन’लाई ‘जोरजबरजस्ती’ तिर धकेलिदिने गरेको छ । आकस्मिक हडताल र अराजक गतिविधिलाई ‘उन्नत तह’को ‘क्रान्तिकारिता’ को ‘मानक’ मानिनुको कारण पनि यही हो।

पूर्ण पाठ को  pdf  फाइल डाउनलोड गर्नुहोस् Laligurans kranti pachhiko trade unionism

टे«ड यूनियन र श्रम आजको चुनौती
May 16th, 2012

श्रमिकको संस्थाका हिसाबले टे्रड यूनियनले गर्नै पर्ने सीमित काम छन् । यसलाई चार बु“दामा सीमित गर्न सकिन्छ । पहिलो, ‘कामको अधिकार’ को लागि क्रियाशील रहने । २०४६ सालको परिवर्तनसंगै मिश्रति अर्थ व्यवस्थाको ठाउ“’उदार’ व्यवस्थाले लियो र यसले ‘स्थायी काम’ र जनताको हितमा दिइने अनुदान जस्ता श्रमिक पक्षीय केही व्यवस्था भताभुंग पारिदियो । धेरै काम हु“दा ‘बढी ज्याला’ मा काममा लगाउने, कम काम र ज्यादा जगेडा श्रम हु“दा ज्यालामा ‘घटाघट’ गर्राई श्रमिकलाई बजारको वस्तु सरहको व्यवहार गर्ने असमान प्रचलनलाई यसले आनो आदर्श बनायो । परिणम स्वरुप संगठित उद्योगमा उत्पादनलाई प्रतिस्पर्धी बनाउने र श्रम लागत घटाउने नाममा श्रमिकले वर्षौंदेखि खाईपाई आएको सुविधा काट्दै – श्रमको नौपचारिकीकरण शुरु गरियो ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड  Trade Union ra Shram

 

निजीकरणः जनवादीकरण, पारिवारिककरण, वैदेशीकरण या के “करण” ?
May 12th, 2011

सार्वजनिक संस्थान स्थापनाको ५५ वर्षपछि नेपालमा पनि निजीकरण गरिदैछ । अहिले निजीकरणको अभियान चालिएका अधिकांश देशहरू यस्ता छन् जसको औद्योगिक विकास र राष्ट्रिय पूजी निर्माणको कम्तिमा ६०/७० वर्षे लामो इतिहास छ । बेलायत जस्तो औद्योगिक क्रान्तिको जन्मथलोले पनि केवल ८/९ वर्ष अघि मात्रै निजीकरण गर्ने आ“ट गर्‍यो । अष्टे्रलिया जस्तो विकसित राष्ट्रसमेत भर्खर निजीकरण तर्फ लाग्दैछ । अरु त अरु, बेलायती उपनिवेशमा प्रशस्त औद्योगिक विकास भएको भारत, श्रीलंका जस्ता मुलुकमा समेत भरखर-भरखर निजीकरण गरिएको छ -गरिदैछ । यति हु“दाहु“दै पनि यी सबै देशहरूमा सिंगो समाज निजीकरणको विपक्षमा किन उभिएको छ रु श्रीलंका लगायत देशका “निजीकरण- अनुभव”बाट निजीकरण गर्नै पर्ने निचोड निकाल्ने सरकार यसबारे किन सोच्दैन?

Read More…

गरीबी निवारणको लागि मर्यादित काम
May 12th, 2011

गरीबी घटाउन मुख्य कुरा रोजगारी चाहिन्छ तर रोजगारीको लागि मुख्यरूपमा आधारभूत अधिकारको संरचना, गरीबी निवारण तथा रोजगारी अभिवृद्धिका लागि सामाजिक सुरक्षा, साझा चासोका विषयमा सामाजिक संवाद र रोजगारीका लागि उपयुक्त आर्थिक वातावरण हुनु पर्छ। पहिलो नीतिगत सुझावको रूपमा कृषि उत्पादनमा अनुदान दिनुपर्ने उल्लेख छ।यो सुझाव जनताका लागि प्रिय र अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूलाई अप्रिय हुनसक्छ।

Read More…

नेपाली श्रम क्षेत्रः समस्या र चुनौति
August 29th, 2010

नेपाली समाज, ‘सामन्ती’ र ‘पुंजीवादी’ समाज वीचको “कृषि–उत्तर” (पोष्ट–पिजेन्ट सोसाईटी) समाज हो । “कृषि–उत्तर”समाज भनेको राजनीतिक अर्थशास्त्रलाई संगठित गर्ने सिद्धान्त ‘प“ूजीवाद’ बनिसकेको तर सिङ्गो समाज भने औद्योगिक समाजमा रुपान्तरित भइ नसकेको अवस्था हो । युरोपमा १९ औं शताव्दी र २० औं शताव्दीको शुरुवातमा भए जस्तो परिवर्तनका प्रकृयाहरु नेपाली समाजमादेखिंदैन। कृषि पेशाबाट बाहिरिएको ठूलो समूह औद्योगिक श्रमशक्ति भएकै छैन र त्यो समूहले आफुलाई अर्थतन्त्रको ‘यो’ वा ‘त्यो’ क्षेत्रको स्थिर रोजगारीमा टिकाई राख्न पनि सकेको छैन । यसरी नेपाली समाजको वर्ग संरचनामा ‘पुरानो वर्ग र नया“ वर्गको मिश्रण’ देखिन्छ ।

पूर्ण पाठ को pdf फाइल डाउनलोड गर्नुहोस Nepali Sram_ Smaysa ra chunauti

Read More…