दुःख गर्न सक्ने र सुखको सपना देख्ने  एक कलाकारलाई श्रद्धाञ्जलि !
January 15th, 2017

उनले मजदुरको ‘परिभाषा’ दिए– मजदुर भनेको के हो ? मजदुर भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने मानिस हो । त्यसैले मेरो चारवटा सामान्य सुझाब छ–मिठो बोल, म अलि टर्रो छु– यस्तो नबोल । अनुशासित होऊ, अराजक नबन । समयको ख्याल गर, लञ्जु˚ञ्जु नबन।इमान्दार बन– आफ्नैलाई घात नगर । उनले जोड दिएर भने– “हामी सबै मिलेर नै अघि बढ्नुपर्छ । युनियन बनाउने भनेको भरयाङको खुट्किला थपे जस्तै हो । तल्लो खुट्किलो बलियो भए मात्रै माथि पुगिन्छ । त्यसैले तल हेर–माथि माथि हैन!” विष्णुभक्तले जे जति त्यसदिन भने– सबैले रमाइलो मानेर सुने । सायदै धेरैले त्यसको गंभीरता महसुस गरे । आज उनलाई श्रद्धाञ्जलि दिँदै गर्दा त्यो हलमा उपस्थित धेरै साथीहरुलाई म यहाँ देखिरहेछु । आग्रह गर्छु– विष्णुभक्त बा’लाई ठीक ढंगले बुझ्नुहोस् ।

Read More…

नीति/कार्यक्रम र बजेट मार्फत देखिएको “सपना”
August 2nd, 2016

“जसले सपना देख्न छोड्छ, त्यसको प्रगतिको विराम त्यहीं लाग्छ। मैले देखेको सपना रेट्रोफिटिङमा अडेको गाउँ, बस्ती र शहर हैन– सुविधायुक्त स्मार्ट सिटी हो । मैले हाम्रा योजनाविदहरुलाई दर्जनभन्दा माथि स्मार्ट सिटी, र आधुनिक नेपालको राजधानी भन्न लायक काठमाडौंको नक्सा कोर्न आग्रह गरेको छु ।”

Read More…

बधाइ सम्माननीय राष्ट्रपति महोदय!
October 29th, 2015

नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट) र यसमा आवद्ध झण्डै ४ लाख सदस्यहरुको तर्फबाट म सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । उहाँलाई राष्ट्रपतीको उम्मेदवार बनाउने उपयुक्त निर्णय गर्ने उहाँको पार्टी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित सत्ताधारी गठबन्धनका एकीकृत नेकपा –माओवादी सहित सम्पूर्ण दलहरुलाई धन्यवाद तथा बधाई ज्ञापन गर्दछु।… यसले यो पनि संकेत गरेको छ– ट्रेड यूनियनको पृष्ठभूमि ख्यालख्याल हैन, राष्ट्रलाई नेतृत्व गर्ने तहको बलियो जग रहेछ । यसबाट आज सम्पूर्ण श्रमजीवी वर्ग गौरवान्वित भएको छ । यस अर्थमा २० लाख भन्दा बढी सदस्य रहेको संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटियुसीसी) को अध्यक्षको हैसियतमा म सिंगो नेपाली ट्रेड यूनियन आन्दोलनको तर्फबाट पनि सम्माननीय भण्डारी ज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । Read More…

नयाँ संविधान हाम्रो हो, यसमाथि हाम्रो आफ्नो स्वामित्व छ । तसर्थ, हामी नयाँ संविधानको हार्दिक स्वागत गर्छौ ।
September 21st, 2015

आमा, त्यो आउँछ र ?
“हो, बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ;
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।”

गोपालप्रसाद रिमाल: आमाको सपना
Read More…

नयाँ वर्ष २०७१ (वि.सं) को शुभकामना!
April 14th, 2014
उनान्न सत्तरी साल, आसा र अपेक्षा विपरीत असफल सालमा दरियो । सत्तरी आशंका सहित जन्मियो तर जाँदाजाँदै लिकबाट खसेको राजनीतिलाई लिकमा उकाल्न भ्यायो । ‘गयो की क्या हो लोकतन्त्र’ भन्ने चिन्तालाई, ‘मैले त यति गरें, अब कति गर्छस् एकहत्तर म पनि हेर्छु’ भन्दै हिजो रातीबाट विदा भयो । साँच्चिकै वि.सं. २०७१ ह्यात्तै आकांक्षा बोकेर आएको छ । Read More…
बडादशैं -२०७० को शुभकामना !
October 12th, 2013

म नेपालको प्रमुख ट्रेड युनियन केन्द्र, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को तर्फबाट सबै नेपाली सहित, स्वदेश तथा प्रवासमा पसिना बगाई रहनुभएका सम्पूर्ण श्रमजीवी वर्गप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु । दशैंको उपलक्ष्यमा जिफन्ट र आइटियुसी सहित विभिन्न ग्लोबल युनियनहरुले, विशेष गरी कतार र आम रुपमा अरब विश्वमा, चलाई रहेको नेपाली सहित सम्पूर्ण प्रवासी श्रमिकहरुको हक बहालीको अभियानको सफलताको लागि शुभकामना व्यक्त गर्दछु । कतार लगायतका देशहरुमा नेपाली र विभिन्न देशका प्रवासी श्रमिकले भोगी रहेको आधानुनिक दासताको अविलम्ब अन्त्य गर्न हाम्रा अभियानहरु सार्थक रहुन भन्ने शुभेच्छा प्रकट गर्दछु ।

Read More…

कमरेड प्रचण्डलाई खुलापत्र
July 15th, 2013

सुनिँदै छ, एमाओवादीको हेटौंडा महाधिवेशनले ‘कोर्स’ फेर्‍यो रे ! थाहा छैन, सही के हो ? उपलब्ध सामग्रीको अध्ययनबाट बाटो फेेरिएकै हो कि जस्तो पनि लागेको छ । तर त्यो, झट्ट हेर्दा एमाले-एमाले लाग्ने, भाषण सुन्दा कतै कमल थापाजस्तो त कतै कृष्ण भट्टचनहरूजस्तो सुनिने ! आक्षेप लगाएको होइन, प्रश्न त छ नि- एमाओवादी नीति र सिद्धान्तमा कहाँ ‘ल्यान्ड’ गरेको हो ? ‘फरक छौं’ भन्ने तपाईंहरूकै भनाइको मान्दा, जनताको बहुदलीय जनवाद होइन भने निःसन्देह तपाईंहरू एमाले होइन ! नौलो जनवाद होइन भने तपाईंहरू माओवादी नै होइन, सामाजिक जनवाद होइन भने तपाइर्ंहरू पुरानो नेपाली कांग्रेस पनि होइन ?! त्यसो भए के हो एमाओवाद र कहाँ छ त तपाईंको एमाओवादी ? दलीय मामिलामा तपाईंहरू एमाले र कांग्रेसहरूभन्दा कहाँ भिन्न हुनुहुन्छ ? कमिटी प्रणालीको मामिलामा तपाईंहरूको अवधारणा कुन हो- मास पार्टी ?, क्याडर पार्टी ? वा एमालेकै जस्तो जनआधारित क्याडर-पार्टी ? लेनिनको सर्वहारावर्गको अधिनायकत्व र माओको जनताको जनवादी अधिनायकत्व बीच तपाईंहरू कहाँ हुनुहुन्छ ?

पूर्ण पाठ को  pdf  फाइल डाउनलोड गर्नुहोस्  An open letter to prachanda

Read More…