बधाइ सम्माननीय राष्ट्रपति महोदय!
October 29th, 2015

नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट) र यसमा आवद्ध झण्डै ४ लाख सदस्यहरुको तर्फबाट म सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । उहाँलाई राष्ट्रपतीको उम्मेदवार बनाउने उपयुक्त निर्णय गर्ने उहाँको पार्टी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित सत्ताधारी गठबन्धनका एकीकृत नेकपा –माओवादी सहित सम्पूर्ण दलहरुलाई धन्यवाद तथा बधाई ज्ञापन गर्दछु।… यसले यो पनि संकेत गरेको छ– ट्रेड यूनियनको पृष्ठभूमि ख्यालख्याल हैन, राष्ट्रलाई नेतृत्व गर्ने तहको बलियो जग रहेछ । यसबाट आज सम्पूर्ण श्रमजीवी वर्ग गौरवान्वित भएको छ । यस अर्थमा २० लाख भन्दा बढी सदस्य रहेको संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटियुसीसी) को अध्यक्षको हैसियतमा म सिंगो नेपाली ट्रेड यूनियन आन्दोलनको तर्फबाट पनि सम्माननीय भण्डारी ज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । Read More…

पितृसत्ताको विपरित केहो? मातृसत्ता?!
March 13th, 2015

पितृसत्ता भनेको पुरुषको सत्ता नभएर एउटा प्रवृत्ति हो, जुन महिला वा पुरुष दुबैबाट उस्तै तरीकाले अभिव्यक्त हुन्छ । जस्तो की कतिपय सन्दर्भमा महिला नै महिलाका शत्रु जस्तो हुन पुगेका छन् । यसैलाई लिएर मेडेलिन अल्व्राईटको एउटा भनाई छ– महिला भएर महिलालाई नै सहयोग नगर्ने महिलालाई नर्कमा एउटा विशेष स्थान सुरक्षित छ । महिलाको गणना बृद्धि गर्न जिफन्टले भन्ने गरेझैं, प्रतिनिधत्व मात्रै हैन समान सहभागिता हुनुपर्छ । महिला सहभागिताः समावेसी र समानुपातिक हुनु आवस्यक छ ।

Read More…

आठ मार्च– अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनको मन्तव्य
May 6th, 2012

हामी जति वेला महिला सहभागिातको मुद्धा उठाउ“दै थियौ– हाम्रो श्रम वजार लैङ्गिक समानताको हिसावले कुरुप थियो । एकातिर विकासिल र विकसित देशमा महिलाले गर्ने भनेर चिनिएको नगद हातलाग्ने काम यहा“ पुरुष श्रमिकको हातमा थियो । अर्का तिर अर्थतन्त्रकै हैसियत नपाएको अनौपचारिक क्षेत्रको काम भने महिला कै ठेक्का जस्तो थियो । ज्याला, अवसर र सुविधामा तुलना नै गर्न नसकिने किसिमले महिला र पुरुष श्रमिक वीच खाडल थियो ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड  Keynote on 8march

 

श्रमनीति र महिला मजदुर
May 16th, 2011

श्रम नीति निर्माणको सन्दर्भमा नेपाल ट्रेड यूनियन महासंघले २०५२ साल देखि ठोस पहल शुरु गर्‍यो । यो सालको शुरुदेखि विभिन्न निकायमा कार्यरत श्रमिकहरू देखि राष्ट्रको नीति निर्माणको तह र श्रम सम्बन्धी विभिन्न निकायमा कार्यरत व्यक्तित्वहरूलाई समावेश गरेर महासंघको अवधारणा तयार भयो । त्यो अवधारणा पत्रलाई महासंघको २०५२ चैत्र ३–६ मा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले पारित गर्‍यो ।

Read More…

महिलावाद के हो,कसरी बुझने?
October 5th, 2010

महिलावाद भनेको राजनीतिक, आर्थिक र सामाजिक रुपमा महिला तथा पुरुष बीच समानता हुनुपर्छ भन्ने सिद्धान्त हो । यो नै सबै महिलावादी सिद्धान्तको गा“ठी कुरा हो। यही परिभाषाको कारण कहिले कहिं यसलाई “मूल महिलावाद (कोर फेमिनिजम्)” वा “मूल महिलावादी सिद्धान्त (कोर फेमिनिस्ट थ्योरी)” समेत भन्ने गरिएको छ ।  अर्को परिभाषामा, महिलावाद भनेको पुरुष– आयआर्जन तथा नीतिगत निर्णयका क्षेत्रमा हालीमुहाली गर्ने अधिकारी र महिला– विना ज्याला घरमा परिवारको भरण पोषण तथा स्याहार सुसारका सम्पूर्ण बोझ थेग्ने दासी जस्तो ठान्ने विश्वव्यापी रुपमा विद्यमान श्रम विभाजन प्रणालीलाई चुनौति दिने विचार हो ।

पूर्ण पाठ पिडिएफ फाइल डाउनलोड गर्नु होस् >> What is Feminism_06.02 Read More…