सुदृढ लोकतन्त्रमा समृद्ध श्रमजीवी वर्ग
August 3rd, 2017

केही प्रायोजित विरोधका स्वरहरुलाई उपेक्षा गर्ने हो भने, यो संविधानले फरक–फरक दर्शन र मान्यता बोकेका दलहरुलाई साझा दोबाटोमा उभ्याइदिएको छ ।
‘जित्नेले सबै खाने’ २०४७ साल पछिको प्रणालीको ठाउँमा अहिले ‘प्रतिस्पर्धा सहितको सहकार्य’ अपेक्षा गरिएको छ । अर्थ–राजनीतिको हिसाबले पनि यो संविधानले दुई प्रतिस्पर्धी विचारलाई आमुन्ने–सामुन्ने उभ्याएको छ ।

एउटा प्रतिस्पर्धी विचार समतामूलक समाजतिरको यात्रा सुरु गरौँ भन्छ । र, अर्को समानान्तर विचार असमान समाज व्यवस्थालाई नयाँ नाममा निरन्तरता दिने अभिमत राख्छ । निःसन्देह हामी, पछिल्लो होइन अघिल्लो मान्यताको पक्षपाती हुँदै आएका छौँ ।

राज्यले उत्पादनमुखी काम गर्ने कि वितरणमुखी काम गर्ने ? राज्यबाट बलिया–बाङ्गा ठिटामिटाहरुलाई प्रोत्साहन गर्ने कि ६०–७० नाघेका निर्धानिमुखाको गुजाराका लागि खर्च गर्ने ? यस्ता भ्रामक प्रश्नहरु पनि उठाउन थालिएको छ । राज्यको दायित्व के हो भन्ने ठ्याक्कै भुलेर अचेल ‘सक्नेले खान्छ, नसक्ने जान्छ’ जस्ता बहस सुन्दा हामीलाई टिठ लाग्न थालेको छ । दुःखकोे कुरा यस्ता विचारहरु एउटा दल विशेषको घेरामा हैन, अन्तरदलीय केही ‘प्रभावशाली’हरुबाटै प्रवाहित भइरहेको छ ।

मैले हाम्रा जनप्रतिनिधिहरुलाई यस विषयमा ध्यानाकर्षण गराउन चाहेको हुँ ।

Read More…

कारण सँधैभरी हुन्छन्, तर ती सँधै चित्तबुझ्दा हुँदैनन् ।
May 13th, 2017

 

भनिन्छ, सिद्धान्त ‘उत्तर–पुस्तिका’ होइन, ‘विकल्पहरु’को भण्डार हो । त्यसैले सिद्धान्तलाई ‘विज्ञान’ भनिन्छ; ‘वेद–वाइवल–कुरान–वा कुनै धर्मग्रन्थ’ जस्तो मानिन्न । सिद्धान्तमा लेखिएका कुराहरुको ‘जप’ गरिन्नन्, बरु यसलाई आप्mनो वास्तविकता अनुरुप सिर्जनात्मक प्रयोग गरिन्छ । एउटा सिद्धान्तले समय सापेक्ष थुप्रै उत्तरका लागि विकल्प खुला गरिदिन्छ । जस्तो की २++२ = -बराबर के हुन्छ भन्यो भने उत्तर– ४ हुन्छ; तर ४= के हुन्छ भन्यो भने हामीसँग धेरै उत्तर हुन सक्छ। “२+२= ४ हुन्छ, उत्तर हो भने ४= के, के हुन्छ?” भन्ने चाँहि सिद्धान्त जस्तो! तथ्याङ्कको भण्डारले हामीलाई तथ्य के छ भन्ने बताउँछ, र प्राप्त तथ्यलाई कसरी मानव जातीको हितमा सदुपयोग गर्ने भन्ने चाँहि हामी मै निर्भर गर्दछ ।

Read More…

जेटियुसीसीले जसको लाठी उसैको भैंसी हैन,“आ–आफ्नो हैसियत अनुरुपको स्थानमा बस्ने र मिलेर काम गर्ने” दिशा निर्देश गर्दछ
December 19th, 2016

हाम्रो देश नेपाल अल्पसङ्ख्यकहरुको मुलुक हो । यो १२३ भाषा र बोली बोल्ने १२५ जातजातिको मोजाइक हो, जहाँ समुद्र सतहबाट सबैभन्दा होचो स्थान (केचना) देखि संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा सहित व्यापक भौगोलिक र जैविक विविधता छ । गत वर्ष जारी भएको हाम्रो संविधानले नेपाल राष्ट्रको बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतालाई आत्मसात गर्दै समान आकाङ्क्षा र मनोविज्ञानमा आबद्ध राष्ट्रको रूपमा यसलाई परिभाषित गरेको छ ।

जेटियुसीसीले पनि हाम्रो राजनीतिक प्रणालीलाई उपयुक्त तरिकाले आत्मसात गरेको छ भन्ने हामी विश्वास गर्छौं, जहाँ नेपाली समाजमा रेहको बहु–साँस्कृतिक, बहुजातिय, बहुभाषिक यथार्थताको प्रतिविम्ब छ र अहिलेको प्रतिस्पर्धा सहितको सहयोगात्मक राजनीतिक प्रणालीमा आधारित छ । जसले पुरानो मान्यतामा जस्तो जसको लाठी उसैको भैंसी भनेझैं “पहिलो हुनेको सबै थोक” लाई मान्यता दिंदैन, बरु यसले “आ–आफ्नो हैसियतअनुरुपको स्थानमा बस्ने र मिलेर काम गर्ने” दिशा निर्देश गर्दछ । Read More…

ती तन्नेरी पुस्तासँगै समग्र श्रमजीवी वर्ग तपाइको साथमा छन् प्रमओली !
August 5th, 2016

मलाई नेपाली काँग्रेसका एकजना सांसदले आफ्नो अनुभव सुनाउँदै हुनुहुन्थ्यो– एकचोटि मन्त्री हुँदा मेरो रवाफ नै गज्जबको थियो । मैले आफ्नो कार्यकालमा २६ सयभन्दा बढी व्यक्तिलाई विभिन्न ओहदामा जागिर लगाइ दिएँ । मलाई मन्त्रीबाट खराब काम गरेकोले हैन जनताको पक्षमा उभिएका कारण गंभीर आरोप सहित निष्कासित गरियो । ठानेको थिएँ– केही होला । मन्त्री क्वार्टरमा मेरो गार्ड आयो, स्यालुट ठोक्यो, झण्डा झा¥यो र सलाम सर भन्दै हिंड्यो । दायाँ–बाँया हेर्दै थिएँ– मेरो पीए अघि नै कुलेलम ठोकि सकेछ । सधैं भीडलाई चिया पकाउँदै ख्वाउँदै गर्ने मेरी श्रीमती ट्वाल्ल परेर माथिल्लो तल्लाबाट हेरिरहेकी रहिछन् । मेरो छेउमा एउटा कुकुर पुच्छर हल्लाउँदै उभिरहेको रहेछ । सत्ता यस्तै हो, हुँदा सबै आफ्ना– हिंड्दा एक्लै ।

Read More…

“तीन–आठ”संगै “तीन–राष्ट्रिय कार्यभार”को सन्देश बोकेको यो मे दिवस
May 25th, 2016

तथ्याङ्कले भन्छ– रोजगारदाताको हेलचक्र्याईका कारण विश्वमा प्रत्येक १५ सेकेण्डमा एक जना श्रमिकको मृत्यु हुन्छ । यसरी, हरेक बर्ष कामसंग जोडिएको दुर्घटनाबाट विश्वमा २३ लाखभन्दा बढी श्रमिक मर्छन्, प्रत्येक वर्ष ६ हजारभन्दा माथि ! व्यवसायजन्य क्यान्सरबाट प्रत्येक वर्ष ६ लाख ६० हजार श्रमिक मरिरहेका छन्, प्रत्येक मिनेटमा एक जना ! यस सन्दर्भमा हाम्रो श्रमको संसारको समाचार खासै उन्नत छैन । नियमित श्रम सम्बन्धमा रहेका हुन् वा आकस्मिक प्रकृतिको, सबैमा यथेष्ट परिवर्तन आवस्यक छ । हामीले लोकतन्त्रका लागि आन्दोलन गरयौं । ‘लोकतन्त्रका लागि आन्दोलन’ र ‘लोकतन्त्रमा आन्दोलन’ फरक कुरा हो । असोज तीन गते संविधान जारी भएसंगै हामीले अधिकार प्राप्तीको लडाईलाई एउटा टुङ्गोमा पुरयाएको छौं । त्यसैले अबको आन्दोलन, लोकतन्त्रमा हुने आन्दोलन हो र त्यो समृद्धिका लागि गरिने संघर्षको रुपमा अनुदित हुनुपर्छ ।

Read More…

हामी विश्वास गर्छौ– सम्मानित संस्थाको रुपमा राष्ट्रपति महोदयबाट हाम्रो खजमजिएको सद्भाव र सहिष्णुता दुरुस्त हुनेछ ।
December 21st, 2015

दुनियाँमा ट्रेडयूनियनले गर्ने काम उस्तै–उस्तै छन्– श्रमजीवी वर्गको हक र हितको पैरवी गर्ने । हक– संविधान, कानून र नियमले प्रवन्ध गरेका सुविधाहरु र हित, त्यसभन्दा थप द्विपक्षिय र बहुपक्षिय सौदावाजीबाट प्राप्त हुने सुविधाहरु ।

तर यूनियन निर्माणका तरीका भने फरक–फरक छन् । कतै एकल यूनियन छ । तिनिहरुले रोजगारदातासंग गरेका संझौतालाई नै राष्ट्रले कानून मान्छ । कतै बहु–यूनियन प्रतिष्पर्धाको स्थिति छ । कहीं श्रमको संसारमा कार्यरत सबैले यूनियनको सदस्य बन्नै पर्ने अनिवार्यता छ । कहीं स्वेच्छामा यूनियनको सदस्य हुने खुकुलोपन छ । कतै आइपर्ने जेसुकै काम गर्ने अनिश्चित श्रम–सम्बन्धमा रहेका श्रमिकदेखि सेनाजस्तो संवेदनशील निकायमा कार्यरतसम्मले यूनियनको सदस्य हुने कानूनी व्यवस्था छ । कतै सुरक्षा निकाय र सरकारी एवं सार्वजनिक सेवामा कार्यरत बाहेक बाँकीलाई मात्र यूनियन अधिकार छ ।

Read More…

चुनौतिका चाङमाथि उभिएको असिमित सकारात्मक संभावना
November 2nd, 2015

हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूले नयाँ संविधानसभाको निर्वाचन लगत्तै ‘के यो संविधानसभाले संविधान लेख्ला र?’ भन्ने खालका आशंक गर्नेहरुलाई संधै एउटा वाक्यबाट जवाफ दिंदै आउनु भएको थियो– ‘यो संविधानसभा, अघिल्लो संविधानसभा जस्तो संविधान नबनाइकन घोसेमुण्टो लगाएर फर्किदैन।” घोसेमुण्टो लगाए फर्किने संविधानसभाको सदस्यहरुमध्ये म आफुपनि एक भएकोले यो वाक्यले मजस्ता पात्रलाई च्वास्स घोच्नु स्वभाविकै थियो। तर आज कठिनसाध्य जटिलतालाई चिर्दै सफलता प्राप्त गर्ने पछिल्लो संविधासभाबाट संबिधान जारी भएको छ। संविधान जारीगर्न भूमिकाखेल्नु हुने नायकप्रति हुँदा बहुसंख्यक नेपाली गौरवान्वित छन्, नयाँ संविधान पाएकोमा फुरुङ्ग छन् । सम्माननीय प्रमले भन्नु भए जस्तै घोसेमुण्टो लगाउने नियती यो पछिल्लो सभाले व्योहोर्न परेन। यसैमा हामी दङ्ग छौं ।

Read More…