दुःख गर्न सक्ने र सुखको सपना देख्ने  एक कलाकारलाई श्रद्धाञ्जलि !
January 15th, 2017

उनले मजदुरको ‘परिभाषा’ दिए– मजदुर भनेको के हो ? मजदुर भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने मानिस हो । त्यसैले मेरो चारवटा सामान्य सुझाब छ–मिठो बोल, म अलि टर्रो छु– यस्तो नबोल । अनुशासित होऊ, अराजक नबन । समयको ख्याल गर, लञ्जु˚ञ्जु नबन।इमान्दार बन– आफ्नैलाई घात नगर । उनले जोड दिएर भने– “हामी सबै मिलेर नै अघि बढ्नुपर्छ । युनियन बनाउने भनेको भरयाङको खुट्किला थपे जस्तै हो । तल्लो खुट्किलो बलियो भए मात्रै माथि पुगिन्छ । त्यसैले तल हेर–माथि माथि हैन!” विष्णुभक्तले जे जति त्यसदिन भने– सबैले रमाइलो मानेर सुने । सायदै धेरैले त्यसको गंभीरता महसुस गरे । आज उनलाई श्रद्धाञ्जलि दिँदै गर्दा त्यो हलमा उपस्थित धेरै साथीहरुलाई म यहाँ देखिरहेछु । आग्रह गर्छु– विष्णुभक्त बा’लाई ठीक ढंगले बुझ्नुहोस् ।

Read More…

अलविदा कमरेड सहाना!
September 23rd, 2014

राणाहरूको जहॉनीया शासन, शाहहरूको पंचायत नामको निरंकुश तानाशाही, अपर्याप्त प्रजातन्त्र र राजतन्त्र फ्याक्ने पूर्ण लोकतन्त्र सहितको चार प्रकृतिको आन्दोलनमा सामान्य आन्दोलनकारी हैन, नेताको रूपमा मोर्चामा डट्नु भयो । र, हामी नेपालीहरूलाई गुन लगाउनु भयो । हिजो राती भएको तपाईको दु:खद निधनबाट नेपालको महिला मुक्ती एवं लोकतान्त्रिक आन्दोलनको प्रमुख नेताको पहिलो पुस्ता हामीबाट लगभग विदा भएको छ । चीनको राजधानी बेईजिंगमा रहेकोले आजको अन्तेष्टीमा सरिक हुन नपाएकोमा दु:खित छु ।

दोस्रो विश्व युद्धदेखि दोस्रो जनआन्दोलनसम्मकी योद्धा कमरेड सहाना, हार्दिक श्रद्धान्जली!
श्री उमेशलाल सहित सिंगो शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

अलविदा कमरेड सहाना! हामी सँधै सम्झिरहने छौं ।

भेटै नभएका मान्छेको ‘फ्यान’ बनेपछिको चक्कर …
June 11th, 2012

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड  Modnath As I Know

आफ्नै साथीबाट मारिएका क्रान्तिकारी राष्ट्रपति थोमस संकरा
May 30th, 2011

लाखौं अफ्रिकी युवाहरू भौतिक तथा नैतिक भ्रष्टाचार विरुद्धको संकराको तीखो आक्रमण, उत्पीडित जनताको पक्षमा रहेको स्पष्ट अडान र क्रान्तिप्रतिको उनको उच्च विश्वासबाट प्रभावित भए । छोटो समयमा उनी सिंगो अफ्रिका र लेटिन अमेरिकाका युवा बीच चे ग्वेभारा जस्तै परिचित हुन पुगे ।

Read More…

हाम्रा मनमोहन
May 30th, 2011

कतिपयलाई लाग्न सक्छ, ००६ सालमा कम्युनिष्ट पार्टी वनेपछि उनी बढी कम्युनिष्ट नेता, कम ट्रेड यूनियनिष्ट बने । यसलाई आंशिक सत्य मात्र मान्न सकिन्छ । इतिहास साक्षी छ, मनमोहनको मजदुर आन्दोलन प्रतिको संलग्नता यो वा त्यो रुपमा निरन्तर रह्यो । उनको ट्रेड यूनियन लिगेसी कहिल्यै कायल भएन ।

Read More…

नेपाली ट्रेड यूनियन आन्दोलन र अयोध्याप्रसाद सिंह
May 30th, 2011
नेपाली  ट्रेड यूनियन आन्दोलनको इतिहासमा अयोध्याप्रसाद सिंह बिर्सनै नसकिने नाम हो । उनी भारतीय थिए र जमशेदपुरको टाटा कारखानाका मजदुर नेता थिए । भारतीय सोसलिस्ट पार्टीस“ग सम्बन्धित रहेका सिंह विरुद्ध टाटा कम्पनीको आन्दोलनमा सक्रिय रहेकोले वारेन्ट काटियो । गिरÏतारीबाट बच्न र टाइफाइडको बिरामी रहेकाले आराम गर्नको लागि नेपाली मित्र महेशप्रसाद उपाध्यायकोमा बस्ने गरी उनी विराटनगर आए । त्यसपछि उनी २००७ सालदेखि नेपाली टे«ड यूनियन आन्दोलनमा सामेल भनेपाली  ट्रेड यूनियन आन्दोलनको इतिहासमा अयोध्याप्रसाद सिंह बिर्सनै नसकिने नाम हो । उनी भारतीय थिए र जमशेदपुरको टाटा कारखानाका मजदुर नेता थिए । भारतीय सोसलिस्ट पार्टीस“ग सम्बन्धित रहेका सिंह विरुद्ध टाटा कम्पनीको आन्दोलनमा सक्रिय रहेकोले वारेन्ट काटियो । गिरÏतारीबाट बच्न र टाइफाइडको बिरामी रहेकाले आराम गर्नको लागि नेपाली मित्र महेशप्रसाद उपाध्यायकोमा बस्ने गरी उनी विराटनगर आए । त्यसपछि उनी २००७ सालदेखि नेपाली टे«ड यूनियन आन्दोलनमा सामेल भए ।

नेपाली ट्रेड यूनियन आन्दोलनको इतिहासमा अयोध्याप्रसाद सिंह बिर्सनै नसकिने नाम हो । उनी भारतीय थिए र जमशेदपुरको टाटा कारखानाका मजदुर नेता थिए । भारतीय सोसलिस्ट पार्टीसग सम्बन्धित रहेका सिंह विरुद्ध टाटा कम्पनीको आन्दोलनमा सक्रिय रहेकोले वारेन्ट काटियो । गिरÏतारीबाट बच्न र टाइफाइडको बिरामी रहेकाले आराम गर्नको लागि नेपाली मित्र महेशप्रसाद उपाध्यायकोमा बस्ने गरी उनी विराटनगर आए । त्यसपछि उनी २००७ सालदेखि नेपाली टे«ड यूनियन आन्दोलनमा सामेल भए ।

Read More…