औद्योगिक व्यवसाय ऐनको विरोध किन?
April 8th, 2017

सरकारले ल्याएको औद्योगिक व्यवसाय ऐनको चर्को विरोध गर्दै आउनभएको छ नि, किन ?

यसको एउटै मात्र कारण हो कि उद्योग व्यवसायी र नेपाल ट्रेड युनियन आन्दोलनको बीचमा सरकारकै रोहवरमा हामीले केही विषयमा हामीले सहमति जनाएका थियौं । चार पाँच वर्षदेखि हामी एउटै काममा लाग्यौं, साँच्चै भने हो भने हामी ६ वर्षदेखि श्रम कानुनहरुलाई संशोधन गर्ने र नयाँ ढंगले जाने हिसाब ग¥यौं । हामीले के भन्यौं भने जुन तप्काको संविधान आउँछ, त्यही अनुसारको कानुन बन्नुपर्छ भन्दै आयौं । यही हिसाबले हामीले व्यवसायीसँग सहमति ग¥यौं । त्यही हिसाबले सहमतिको आधार हाम्रो के रह्यो भने जुन मात्रामा श्रमिकलाई सुरक्षा दिइन्छ, त्यही मात्रामा श्रमबजारलाई खुकुलो बनाउनुपर्छ भन्यौं । लचकता भन्ने शब्द यहाँले नि सुन्नुभएको होला, सामाजिक सुरक्षा र लचकताको बीचको सन्तुलनको कुरा हामीले गर्दै आयौं । हामीले दुईटा ऐन खास गरी विद्यमान श्रम ऐनलाई संशोधन गर्न बनेको विधेयक र सामाजिक सुरक्षा लागु गर्नका लागि बनेको दुइटा विधेयक चाहिँ संसदीय समितिमा छलफलको क्रममा छ र ती दुबै विधेयकमा मेरो विचारमा नेपालमा पहिलो चोटि व्यवसायी र ट्रेड युनियनहरु बीच सहमति भएर पेस गरिएका कानुनहरु हुन् ती । श्रम बजारलाई कसरी खुकुलो बनाउने र श्रमिकलाई कसरी सुरक्षित गर्ने भनेर दुइटा स्टेक होल्डर दिने र लिने बीच सहमतिमा बनेको कानुन छलफलमै रहेको बेला औद्योगिक व्यवसाय ऐनमा गलत तरिकाले श्रम विरोधी केही प्रावधानहरु पर्न गए, त्यसमा हाम्रो असहमति रहन गएको हो ।

अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>02 Makalu bishesh Nov 24 2016

एमाले किन संबिधान शंसोधनको बिपक्षमा?
April 8th, 2017

संविधान कार्यान्वयन अहिले मूल विषय देखिएको छ । सरकारले संविधान कार्यान्वयनको दिशातिर अघि बढिरहेको भनेर भनिरहेको छ । त्यही बेला संविधान कार्यान्वयनकै बेला संविधान संशोधनलाई अहिले कार्यान्वयनलाई भन्दा पनि अझ बढी महत्वका साथ मधेसी दलहरुलाई संबोधन गर्ने भनेर संशोधन पेस गरेको छ । यो संशोधनमा मुख्य दलहरु सहमतिमा छैनन्, एक ठाउँमा आउन सकेका छैनन् । नेपाली कांग्रेस र एमाओवादी केन्द्रले सहमति जनाए जस्तो देखिए पनि मुख्य प्रतिपक्ष दल नेकपा एमालेको यसमा सहमति छैन । जसको लागि भनेर संबोधन गर्न खोजिएको छ, उनीहरुले पनि यसमा सहमति जनाएका छैनन् ।

अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>03 news24 Nepal 23 Nov 2016 c hha Prasna संविधान संशोधन

कान्तिपुर हेड लाइनर: यो वर्तमान सत्ता गठबन्धन सङ्कटमा परेको हो?
April 8th, 2017

यो वर्तमान सत्ता गठबन्धन सङ्कटमा परेको हो ?
संकटभन्दा पनि अंग्रेजी भाषाको ट्रोबल वाटर भन्छौं नि बेला बेला उतार चढाव आइरहन्छ, लामो समयदेखि नै गठबन्धन खास गरी साना दलहरु र अल्पसङ्ख्यामा रहेका दलहरुसँग मिलेर बनेको सत्ता साझेदारी हुन्छ त्यसकारणले गर्दा यसलाई स्वाभाविक प्रक्रियाको रुपमा लिने गरेको छु ।

अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>04 Kantipur Radio Headliner 2016, July 16

एमाले र माओवादी केन्द्र बीचको भद्र सहमति कार्यान्वयन किन भएन?
April 8th, 2017

एमाले र माओवादी केन्द्र बीच भद्र सहमति भएको थियो, त्यो भद्र सहमति कार्यान्वयन भएन, टिआरसीको मुद्दाबाट पनि जोड लगायो, फलतः यो अवस्था सृजना भयो भनिन्छ, एउटा ढंगले चलिरहेकोमा आकष्मिकरुपमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट अविश्वासको प्रस्ताव आउँदैछ भनिएको छ, यस्तो अवस्था किन सृजना भयो ?

यस सम्बन्धमा दुइटा पाटामा विश्लेषण गर्नुपर्छ, एउटा भनेको यो सरकारको गठनको बेलादेखिको हिसाब किताब गर्नुपर्छ, असाध्यै असहज अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागदोर सम्हाल्नुभएको हामी सबैलाई थाहा छ । सकेसम्म संविधान बन्नै नदिउँ संविधान बनेपछि त्यसको घोषणा गर्नै नदिने, घोषणा पछि नयाँ सरकार बन्नै नदिने, त्यो प्रक्रिया राष्ट्रिय अन्तर्राष्ट्रिय दुबै शक्ति केन्द्रहरुबाट विभिन्न तरिकाबाट विभिन्न कोणहरुले खेले । राष्ट्रिय र अन्तर्राष्ट्रिय भन्नाले तपाईंले बुझि नै हाल्नुभएको छ । त्यस खेललाई छिचोल्दै, चिर्दै त्यस खेललाई निस्तेज बनाउनको लागि केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो, र सत्ता सम्हाल्नुभयो । सरकार बनिसकेपछि त्यसलाई चल्न नदिनका लागि जुन नाकाबन्दीको चरणबाट हामी अघि बढ्दै गयौं, नाकाबन्दीको श्रृङ्खला अलि लामै गयो । त्यसलाई समाना गर्दै फागुन महिनाभरिमा हामीले त्यसलाई अन्त्य गरयौं ।

अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>05 Sagarmatha TV July 13, 2016 PM Bishnu Intrtview in

 

डेढ बर्षभित्र ३ वटा चुनाव ? बिबिसि साझा सवाल अङ्क ४४९ मा विष्णु रिमाल
April 8th, 2017

केपी ओली सरकारले आउने मंसिर महिनामा गाउँ र नगरको चुनाब र देशमा नयाँ बन्दै गरेको प्रदेशको चुनाब अनि अर्को वर्ष मंसिर सम्मा केन्द्रीय संसदको चुनाब गर्ने निर्णय गरेको छ । डेढ वर्षभित्र तीन तीन वटा चुनाब गर्ने सरकारी निर्णय अनुसारको तयारी चाहिँ कस्तो छ त ?

अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>06 Sajha Sawal_ 26 Jun 2016

केपी ओलीको सरकार ढाल्नुपर्ने कारण के छ?
April 8th, 2017

सरकार परिवर्तन हुने सरकार ढल्ने गम्भीर दुर्घटनाको एउटा अवस्था चाहिँ तपाईहरुले पार गर्नुभयो, जब नेपाली कांग्रेसका सभापति देउवाले प्रचण्डलाई यो बजेट अगाडि नै सरकार परिवर्तन हुन्छ, हुनुपर्छ, भन्ने भनाइ टरयो । त्यतिबेला झण्डै दुर्घटना चाहिँ हुन लागेकै थियो । साथीहरुले प्रयास त गर्नुभएकै हो ।  त्यो २४ घन्टै टिकेन ।

झण्डै परिवर्तन हुनै लागेको स्थिति आएको थियो, तर सत्ता साझेदार दलहरुको सरकार फेरिएको हो कि भन्ने आशंका त आइसकेको थियो । तर त्यो परिस्थिति पनि फेरियो ।

अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>07 Image sambad 2016 June 15 with bishnu rimal

बारम्बारको वार्ताबाट पनि किन निकास निकल्न सकिरहेको छैन ?
April 8th, 2017

संघीय गठबन्धनको वार्ता कति पटक भयो, त्यसको हिसाब राख्न कठिन छ, तर यो भन्दा कठितम त मधेसी मोर्चासँगको बारम्बारको वार्ताबाट किन निकास निकाल्न सकिरहेको छैन ? सरकार भन्छ वार्ताको लागि आह्वान भइरहेको छ, पत्राचार भइरहेको छ, पुरानै भनाइ दोहो¥याइरहेको छ । सरकार वार्ताको लागि गम्भीर छैन ।

अब यो आरोप प्रत्यारोपको खेल चलिरहदा संविधान कार्यान्वयनको लागि लिनु पर्ने मार्ग सारै कठिन हेनेछ । आज कुराकानी गर्दैछौं, सधैंको वार्तावाट किन निकास ननिस्केको ? यसमा कसको अग्रसरता खट्कििएको छ ? आज यिनै विषयमा छलफल हुनेछ ।

अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>08 kantipur TV June 13, 2016 bishnu with