कतारमा हामी लगभग अर्धभूमिगत रुपमा काम गर्दैछौं: रिमाल
March 29th, 2015

नेपालबाट दैनिक सरदर १ हजार ५ सय नेपाली काम गर्न विदेश उड्छन् । बैदेशिक रोजगार विभागको पछिल्लो ७ महिनाको तथ्याँक अनुसार दिनमा १ हजार ५ सय २५ नेपाली खाडीका देशहरु र मलेसिया जाने गरेको देखिएको छ । गत साउन यताको ७ महिनामा ३ लाख २० हजार २ सय ८० नेपाली बैदेशिक रोजगारीका लागि औपचारिक बाटो भएर विदेश गएका छन् । यसमध्ये सवैभन्दा धेरै नेपाली मलेसिया गएका हुन् । पहिल्ला केहि बर्षयता मलेसिया नेपालीको मुख्य गन्तव्य देश हो । बैदेशिक रोजगारका क्रममा जति नेपाली विदेशमा थपिंदैछन् समस्या पनि उति नै धेरै छन् । सरदर दैनिक चारवटा लाश नेपाल आइपुग्नुले नेपालीले विदेशबाट कमाएर पठाउने रकममा उनीहरुको पसिना, आँशु मात्र होइन रगत पनि मिसिएको छ भन्ने प्रष्ट हुन्छ ।

स्वदेशमा श्रमिकको अधिकारका लागि विभिन्न ट्रेड यूनियनहरु क्रियाशिल छन् । त्यसमध्ये नेपाल ट्रेड यूनियन महासंघ(जिफण्ट) एक हो । उसका झण्डै चार लाख सदस्य छन् । जिफण्टले केहि बर्षयता कोरिया, मलेसियासँगै खाडीका देशहरुमा पनि जिफण्ट सहयोग समुह बनाएर काम गरिरहेको छ । सहयोग समुह मार्फत जिफण्टले समस्यामा परेका प्रवासी श्रमिकलाई कसरी सहयोग गर्छ त ? यसै विषयको सेरोफेरोमा रहेर देशपरदेश डटकमका लागि सुनिल न्यौपानेले जिफण्टका अध्यक्ष विष्णु रिमालसँग गरेको कुराकानी ।

Read More…

What is opposite of Patriarchy? Matriarchy!
March 24th, 2015

We all know violence against women is getting all the more rampant and violent in nature. Look back at the news articles of past one month; the incidents reported is spine chilling. Remember the incident where a teacher, reasoning not completing homework, pulled out hair of a 7-year-old girl! Just think if that little girl were yours – how would you feel? How do we feel when we hear that a father/grandfather who is epitome of love and compassion for a child rapes his daughter/grand daughter?! How can we express emotions? If a girl is studying with hope and enthusiasm for future is suddenly attacked with acid by a random frivolous boy then how do we feel, how should we feel? Read More…

पितृसत्ताको विपरित केहो? मातृसत्ता?!
March 13th, 2015

पितृसत्ता भनेको पुरुषको सत्ता नभएर एउटा प्रवृत्ति हो, जुन महिला वा पुरुष दुबैबाट उस्तै तरीकाले अभिव्यक्त हुन्छ । जस्तो की कतिपय सन्दर्भमा महिला नै महिलाका शत्रु जस्तो हुन पुगेका छन् । यसैलाई लिएर मेडेलिन अल्व्राईटको एउटा भनाई छ– महिला भएर महिलालाई नै सहयोग नगर्ने महिलालाई नर्कमा एउटा विशेष स्थान सुरक्षित छ । महिलाको गणना बृद्धि गर्न जिफन्टले भन्ने गरेझैं, प्रतिनिधत्व मात्रै हैन समान सहभागिता हुनुपर्छ । महिला सहभागिताः समावेसी र समानुपातिक हुनु आवस्यक छ ।

Read More…