आजको दिनमा आइपुग्दा समेत हाम्रा सामु रहेका थुप्रै प्रश्नहरु अझैपनि ज्युँ का त्युँ छन्, किन?
December 15th, 2014

म एकचोटी दोहरयाउन चाहन्छुः

हामीले असल जीवन जिउन पुग्दो आम्दानी होस् भन्यौ, तर अझैपनि गुजारा चलाउन मुस्किल हुने मात्र ज्याला किन? हामीले रोजगारी नियमित होस् भन्दै आयौं । तर त्यसको सट्टा अनिश्चित काम मात्रै हाम्रो भागमा किन? मर्यादित र संरक्षित भविष्यको माग गर्ने हामी श्रमिकहरुको भागमा अपहेलित र असुरक्षित काम मात्रै किन?

त्यसैले प्रस्तावित नयाँ कानुनले घरभित्र काम गर्ने घरेलु श्रमिकदेखि कलकारखाना, कार्यालय र खेतखलिहानमा काम गर्ने सबै श्रमिकलाई एउटै व्यवहार गर्नुपर्छ। बहस र सम्वादबाट द्विपक्षिय समस्या सकेसम्म हल गर्ने प्रस्ताव हाम्रो छ । यदी अबैध हडतालमा श्रमिकले दण्डित हुनुपर्ने हो भने, बैध हडतालमा पुग्नु पर्दा व्यवसायिहरुको आङ् जिरिङ्ग गरोस् भन्ने हाम्रो प्रस्ताव छ । आजका मितिसम्म थोरबहुत पेन्सन, उपदान स्थायी श्रमिकले मात्रै पाउंदै आएकोमा श्रमको संसारमा प्रवेश गरेको पहिलो दिनबाटै गणना हुने गरी तलवी विदा लगायतका सुविधा, उपदान र पेन्सनसम्म सबै श्रमिकले पाउने व्यवस्था हसनसपर्छ । हिजोका दिनमा मन परेका श्रमिकलाई हायर गर्ने, रिस उठेको दिन फायर गर्ने साहुजीहरुको व्यवाहारलाई जस्ले ज्यादा दिन्छ त्यसैकहाँ श्रम वेच्ने र जहाँ जहाँ काम गरेपनि एउटै सामाजिक सुरक्षा कोषसंग जोडिने सुगमता श्रमिकलाइ हुनुपर्ने प्रस्तावमा हाम्रो सहमती रहन्छ ।

Read More…

पूँजीवादी शोषणका वर्तमान स्वरुप र श्रमिक आन्दोलन
December 5th, 2014

“प्रिकारियट विभिन्न रङ्गका छन्, तिनीहरु कुनै हालतमा पनि समरुपका (होमोजेनियस) छैनन् । बाँच्नका लागि पुलिसको आँखा छल्दै गन्तव्य मुलुकमा उभ्रेको काम गर्ने प्रवासी श्रमिक र बाँच्न कै लागि जति समयको होस् त्यही काम गर्ने तन्नेरीहरु, जो मौका मिल्यो कि इन्टरनेट क्याफेमा छिर्ने र बाहिरिने गर्र्छन् विल्कुल उस्तै हैनन् ।  न त एकल आमाहरु जस्ता, जो हर हप्ता खानेकुराको बिल कसरी चुक्ता गर्ने भन्नेमा चिन्तित रहन्छन्; या ६० बर्षबाट उकालो लागेको प्रौढहरु, औषधि उपचारको लागि दैनिक ज्यालादारीमा घोटिरहन्छन्, उस्तै हैनन् । तर तिनीहरु सबै समान भावनामा बाँधिएका छन्, उनीहरुको श्रम– बाँच्ने आधार हो, त्यो नियमित हैन आकस्मिक छ र असंरक्षित (प्रिकारियस) छ ।” Read More…