ह्याप्पी वर्थ डे जिफन्ट ! ह्याप्पी िसल्भर जुब्लि डे जिफन्ट !
July 21st, 2014

तपाईहरु मध्ये धेरै साथीहरु एमालेको संगठित सदस्य हुनुहोला । केही कमरेडहरु भरखरै सम्पन्न एमाले महाधिवेशनको प्रतिनिधि समेत हुनुहोला । एमाले नेतृत्वको लागि सम्पन्न निर्वाचन र उम्मेदवारीलाई लिएर एकजना प्रतिनिधिले मलाई फलाम र सुनको एउटा घत लाग्दो कथा सुनाए–
“एकदिन सुन र फलामको भेट भएछ । सुनले फलामलाई सोधेछ– ए फलाम, आरनमा फलामको हथौडाले पिट्दा तँ किन चिच्याउँछस् हँ? मलाई पनि त सुनारले त्यसैगरी ठटाउँछ, म त तँ जस्तो कोकोहोला मच्चाउँदिन† फलामले भनेछ– तँलाई पनि मलाई फलामको हथौडाले ठटाए जस्तै सुन कै हथौडाले पिटेको भए थाहा पाउंथिस् आफ्नैले ठटाउँदा कत्तिको दुःख्छ भनेर!”

पाँचवर्ष अघि जिफन्टको २० औं स्थापना दिवस मनाउँदा मैले तत्कालिन अध्यक्ष क. मुकुन्द न्यौपानेले १० औं स्थापना दिवसमा व्यक्त गर्नु भएको भनाईलाई कोट गरेको थिएँ– “त्यो साउने झरीको दिन र तत्कालिन तानाशाही व्यवस्थाको कठोर दमनवीच विरालोको चालमा काठमाडौं लगनको गोप्य स्थानमा प्रतिक्रियावादी सत्ताको चोर आखाँलाई छल्दै हामी जम्मा भयौं र घोषणा ग¥यौं– ‘अब नेपालमा ट्रेड युनियनहरुको समन्वयकारी संयन्त्रको सूत्रपात भएको छ । वर्षौंदेखि खट्किरहेको अभाव पूर्ति गर्न हामीले जिफन्ट बनाएकाछौं ।’ मैले स्थापनाका समयको विवरण, बदलिंदो नेपाली समाज, २० वर्षमा हाम्रो संघर्षले ल्याएको परिवर्तन र स्वयं श्रमको संसारमा आएको फेरवदलको बारेमा चर्चा सङ्क्षिप्त चर्चा गरेको थिएं।

पाँच वर्षपछि आज, त्यो वेलाको हाम्रा भनाईमा तात्विक फेरवदल भएको छैन । त्यसैले पच्चिस वर्ष अघि जिफन्ट स्थापनाको समयको धेरै विषय म दोहर्याउन गई रहेको छैन । त्यतिखेर समयले कोल्टे फेरेको प्रसंग उठाएको थिएं । जिफन्ट स्थापनको केवल २० वर्ष मै असंभव जस्तो ठानिने गणतन्त्र संभव भयो । हामीले गर्वका साथ भनेका थियौं– रुपान्तरण संभव छ! Read More…