नयाँ पुस्ताको युनियन आन्दोलनः श्रमशक्तिको विकासको अवको योजना
January 22nd, 2014

धेरैलाई लागेको हुनसक्छ– समाज पूर्ण पूँजीवादी नहुँदा पूंजीपतिहरुलाई सहुलियत दिईनु पर्छ। यसले उनीहरुमा लागानीको उत्प्रेरणा जगाउंछ । र, सायद यस्तो सोच्नेले ठान्छन्, त्यो सहुलियत श्रमिकहरुको गांस काटेर मात्रै संभव छ !

सन्दर्भ

नेपालमा ट्रेड युनियन आन्दोलनको दोस्रो संस्करण शुरुवात भएको करिब ३५ वर्ष भएको छ। जिफन्टको स्थापना भएको पनि २४ वर्ष नाघि सकेको छ । संगठित उद्योगदेखि अनौपचारिक क्षेत्रमा छरिएर रहेका श्रमिकसम्मलाई संगठित गर्ने क्रममा विभिन्न विधिहरु प्रयोग भएका छन् । २०३६ सलादेखि २०४६ सम्मको एक दशकसम्म हामीले औपचारिक क्षेत्रमा सञ्चालित कलकारखाना र सेवा उद्योगका श्रमिकहरुलाई युनियनमा समेट्न “अर्गनाईजिङ्ग–मोडल” को विधि अपनायौं । “अर्गनाईजिङ्ग–मोडल” भनेको ‘आप्mनो मानो खाएर, आफ्नोलागि युनियन बनाउने” विधि हो, जुन आदर्श त्यतिखेरका साथीहरुले बोक्नु भएको थियो । जो, जो ‘पेशेवर युनियन संगठक’ बन्नु भयो उहाँहरु समेत श्रमिकहरु कै भरपोषणमा क्रियाशील हुनुभयो । जिफन्टको स्थापना पछि २०४६ साल यता श्रमशक्ति विकासकालागि “अर्गनाईजिङ्ग” सहित विभिन्न विधि र माध्यमहरु प्रयोग भएका छन् । Read More…