जीवन लम्बाईमा हैन, गहिर्राईमा नापिन्छ
July 25th, 2013

हामी अहिले युवा श्रमिक वीच युवापन र युवा दायित्वको कुरा गरिरहेका छौं । हामी तीन पुस्तालाई जोडेर शक्तिशाली युनियन आन्दोलनको परिकल्पना गरिरहेका छौं । अरस्तु भन्छन्- “युवाहरु सजिलै ठगिन्छन्, किनकी तिनीहरु छिटो आसा गर्छन्!आकासको तारा टिपी तिम्रो  शिरमा सजाई दिउंला भन्ने प्रेमीका ’हावा वाचा’ र ’तिमी चिताउ, म पुरा गरिदिन्छु’ जस्ता क्रान्तिका उडन्ते सपना बाँड्ने जमातलाई त हामी हरेक दिन जसो भेटी नै रहेका छौं नी! म यती  चाँही भन्नै पर्छ भन्ने ठान्दछु- र्सतर्क रहनुस कमरेडहरु, “युद्ध बुढाहरुले नै घोषणा गर्छन्, मर्ने र लड्ने त युवा न हुन् !”

पूर्ण पाठ को  pdf  फाइल डाउनलोड गर्नुहोस्  Speech note to 2nd youth conference

कमरेड प्रचण्डलाई खुलापत्र
July 15th, 2013

सुनिँदै छ, एमाओवादीको हेटौंडा महाधिवेशनले ‘कोर्स’ फेर्‍यो रे ! थाहा छैन, सही के हो ? उपलब्ध सामग्रीको अध्ययनबाट बाटो फेेरिएकै हो कि जस्तो पनि लागेको छ । तर त्यो, झट्ट हेर्दा एमाले-एमाले लाग्ने, भाषण सुन्दा कतै कमल थापाजस्तो त कतै कृष्ण भट्टचनहरूजस्तो सुनिने ! आक्षेप लगाएको होइन, प्रश्न त छ नि- एमाओवादी नीति र सिद्धान्तमा कहाँ ‘ल्यान्ड’ गरेको हो ? ‘फरक छौं’ भन्ने तपाईंहरूकै भनाइको मान्दा, जनताको बहुदलीय जनवाद होइन भने निःसन्देह तपाईंहरू एमाले होइन ! नौलो जनवाद होइन भने तपाईंहरू माओवादी नै होइन, सामाजिक जनवाद होइन भने तपाइर्ंहरू पुरानो नेपाली कांग्रेस पनि होइन ?! त्यसो भए के हो एमाओवाद र कहाँ छ त तपाईंको एमाओवादी ? दलीय मामिलामा तपाईंहरू एमाले र कांग्रेसहरूभन्दा कहाँ भिन्न हुनुहुन्छ ? कमिटी प्रणालीको मामिलामा तपाईंहरूको अवधारणा कुन हो- मास पार्टी ?, क्याडर पार्टी ? वा एमालेकै जस्तो जनआधारित क्याडर-पार्टी ? लेनिनको सर्वहारावर्गको अधिनायकत्व र माओको जनताको जनवादी अधिनायकत्व बीच तपाईंहरू कहाँ हुनुहुन्छ ?

पूर्ण पाठ को  pdf  फाइल डाउनलोड गर्नुहोस्  An open letter to prachanda

Read More…

Five things that have impacted my work and life
July 10th, 2013

I have participated in three major political movements in my short life time. Each time, I had jumped into the movement accepting all repression without regret, cultivating within a dream of a shiny destiny. In 1979, I followed my father and my uncles into the movement. In 1990, I was in the middle of the movement with my comrades, which ended absolute monarchy and established liberal democracy. In 2006, my father and uncles watched closely as we were drove a fierce movement. This movement fulfilled twin responsibilities – ending many centuries long hereditary system of rule and bringing violent force to peaceful reconciliation. In my capacity as Member of the Constituent Assembly, I personally am proud of the day when I got to say that Nepal was finally declared a Republic! Read More…