मजदुरले सुकिला–मुकिला हुन मिल्दैन?
May 18th, 2013

 मे १, २०१३ का दिन बुधबारमा प्रकाशित लोकेन्द्र केसिसंगको अन्तर्वार्ता

हामी मजदुर आन्दोलनमा किन लाग्ने? चप्पल लगाएर मजदुर आन्दोलनमा प्रवेश गर्ने अनि नांगो भएर जाने त होइन नि! साहुजी साइकलबाट कारखाना सुरु गर्छ र हेलिकोप्टर किनेर बाहिरिन्छ। मजदुर चाहिँ गरिबी बोकेर जाने ?! हामी समाजवादका लागि लडिरहेका छौ । समाजवाद भनेको समृद्धि हो। हामी हरेक श्रमिकले अरू उद्योगपतिका छोराछोरीले जत्तिको पाउनुपर्ने अधिकारका लागि लड्ने मानिस हौं। यहाँ त मजदुर मरे हुन्छ भन्ने खालको संस्कार छ। युरोप–अमेरिकामा जानूस् त कति फुर्तिला भएर श्रमिकले काम गरिरहेका हुन्छन्? हामीकहाँ त ख्याउटे भए मात्र मजदुर मानिने, पुष्ट भएमा ‘ए, मजदुर पनि पुष्ट हुने?’ भन्ने जुन मान्यता छ, यो मजदुरविरोधी तत्वले दिएको इमेज  मात्रै हो। Read More…

नीति–निर्माणमा श्रमिकको १० प्रतिशत प्रतिनिधित्व हुनुपर्छ
May 16th, 2013

१२४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा नेपाली श्रमिक भने न्यूनतम पारिश्रमिकका लागि अभैm संघर्ष गरिरहेका छन् । न्यूनतम पारिश्रमिकको यथाशीघ्र पुनरावलोकन र सबै प्रतिष्ठानमा एकै पटक सामूहिक सौदावाजीमार्फत तलब तथा सुविधा वृद्धिको माग राखेर विभिन्न मजदुर संगठन राज्यलाई झक्झक्याइरहेका छन् ।

निजामती क्षेत्रमा राज्यको वार्षिक बजेटमार्फत तलब सुविधा वृद्धि गर्नुपर्ने, सबै श्रमिकलाई समेट्ने गरी सामाजिक सुरक्षा कोषको अविलम्ब कार्यान्वयन गर्नुपर्ने, सामाजिक सुरक्षा कोष ऐनलगायत श्रमसम्बन्धी कानुन अध्यादेशमार्फत व्यवस्थापन गर्नुपर्ने माग अहिले टे्रड युनियनको प्रमुख मुद्दा बनिरहेको छ । रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुमधुर बनाउन तथा स्थापित गर्न दुवै पक्षको हक अधिकार पनि स्थापित हुनुपर्नेमा टे्रड युनियनले जोड दिँदै आएका छन् । यिनै विषयमा नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट० का अध्यक्ष विष्णु रिमालसँग राजधानी दैनिकका लागि किरण ढकालले गरेको कुराकानी Read More…

Change: By Building Workers’ Power!
May 5th, 2013

we have coined the theme of May Day 2013— Change: By Building Workers Power!  Building workers power in our context is providing Social Security for all!  Building workers power in our context is to Increase wages & benefits for all workers!  Building workers power in our context is to ensure 10% workers representation in all elected body!  Building workers power in our context is to introduce job-led investment policy!
And to achieve these we need to end prolonged political transition! And to end the political transition we need to set new date of election for CA now!

Download PDF file full text>> Speech on May Day 2013-1

परिवर्तनः श्रमशक्तिको विकासबाट !
May 5th, 2013

हामीले यो वर्षको मे दिवसको थेम तय गरेका छौं- परिवर्तन श्रमशक्तिको विकासबाट  !

हाम्रो सन्दर्भमा श्रम शक्तिको विकास भनेको – सबै श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्नु हो । हाम्रो सन्दर्भमा श्रम शक्तिको विकास भनेको–सबै श्रमिकलाई मर्यादित पारिश्रमिक र सुविधा उपलव्ध गराउनु हो; खाइपाइ आएको तलव सुविधामा बृध्दि गर्नु हो! हाम्रो सन्दर्भमा श्रम शक्तिको विकास भनेको– राज्यका सबै जन निर्वाचित निकायमा कम्तिमा १० प्रतिशत श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्नु हो । हाम्रो सन्दर्भमा श्रम शक्तिको विकास भनेको–रोजगार केन्द्रीत विकास नीति लागु गर्नु हो ।

यी सबै कामको लागि लम्बिदो राजनीतिक संक्रमण कालको तुरुन्त अन्त्य हुनु जरुरी छ । र, यसको लागि नयाँ सम्बिधानसभाको निर्वाचनको मिति तुरुन्त घोषणा गर्नु पर्दछ । 

पूर्ण पाठ को  pdf  फाइल डाउनलोड गर्नुहोस् May day speech note 2013