हरेक मजदुरको खाइपाइ पारिश्रमिकको ३० प्रतिशत वृद्धि हुनुपर्छ
April 27th, 2013

युनियनले उद्योगपतिलाई दुईवटा फर्मुला दिएको छ । उद्योगी कुन फर्मुलामा जाने त्यो निर्णय गर्नुस् भनेका छौं । (त्यो हो ) – न्यूनतम ज्याला पुरावलोकन गर्ने कि पारिश्रमिक वृद्धि गर्ने ? उद्योगीले ज्याला पुनरावलोकन भनिरहेको छ, यसमा मजदुर सहमत छैन । पुनरावलोकन भनेको दर रेट मात्र परिवर्तन गर्ने हो । मानिलिआं,ै अहिले मजदुरको न्यूनतम ज्याला ६ हजार २ सय छ । पुनरावलोकन भनेको केही बढाउने हो । सरकारले १० हजार पु¥यायो । त्योभन्दा कम पारिश्रमिक हुनेको वृद्धि हुन्छ । त्योभन्दा बढी पारिश्रमिक भएको मजदुरको वृद्धि हुँदैन । मजदुरले ज्याला वृद्धि गर्न खोजेका हौं । समानुपातिक आधारमा ज्याला वृद्धि हुनुपर्छ भन्ने हाम्रो माग हो ।   हामीले सरकारलाई देशभर सबै युनियनका चुनाव गराइदिनुस् भन्यौं । आधिकारिक युनियनले चुनावमा भाग लिन्छ । तर, चुनावको छाँटकाँट देखिएको छैन । देशभरि आधिकारिक युनियनको चुनाव भयो भने त्यो युनियनले मागपत्र राखी व्यवस्थापकसँग डिल गर्छ । हामीले अर्काे प्रस्ताव राखेका छौं, के भन्यो भने चुनाव नभएको वा युनियन नभएको अवस्थामा अहिलेको श्रम कानुनमा ५१ प्रतिशत श्रमिकले समर्थन गरेको वार्ता टोलीले सामूहिक सौदाबाजी गर्न सक्ने विधि छ । त्यही विधिमा जाऔं । जसको जति हैसियत छ, त्यही अनुसार माग गर्न सक्छ । कोकाकोलामा १५ हजार ज्याला वृद्धि गर्ला भने समान्य कारखाना उद्योगमा २ हजारको गर्ला ।

पूर्ण पाठ कारोबार दैनिकको अन्तरवार्ता हेर्नुहोस् >> read karobar Read More…

चुलोको खर्च त नचल्ने नै भयो, के गर्ने
April 21st, 2013

ज्याला निर्धारणमा संसारमा विभिन्न विधि अपनाइएका छन्, उदाहरणका लागि ब्राजिलमा विगत वर्षको मुद्रास्पिर्तीमा बितेका दुई अवधिको आर्थिक वृद्धि जोडेर न्युनतम ज्याला निश्चित गरिन्छ । फ्रान्समा जति मुद्रास्पिर्ती हुन्छ, हरेक वर्ष सोही अनुपातमा न्युनतम ज्याला बढाइन्छ । त्यसबाट पुरताल नहुने खाडललाई सौदाबाजीको माध्यमद्वारा वृद्धि गरी समायोजन गरिन्छ । अर्को एउटा फर्मुला छ- ‘निर्वाह हुने न्युनतम खर्चलाई औसत परिवार संख्याले गुणा गरी, पूर्ण रोजगारी पाउने परिवार संख्याले भाग गर्दा’ जति आउँछ, त्यत्ति नै एक श्रमिकको न्युनतम ज्याला हुनुपर्छ । जस्तो, हालको मासिक रु. ६,२०० लाई न्युनतम निर्वाह खर्च मानी, औसत ४ जनाको परिवारमा श्रीमती/श्रीमान दुवै रोजगारीमा रहेको ठान्ने हो भने पनि एउटा नेपाली श्रमिकको न्युनतम मासिक ज्याला रु १२,४००।- र दैनिक रु. ४७६।९२ पैसा हुनआउँछ । यो फर्मुला अनुसार यदि त्यो परिवारको १ जना सदस्यमात्र पूर्ण रोजगारीमा छ भने मासिक ज्याला रु. २४,८०० र दैनिक रु. ९५३।८५ पैसा हुनुपर्छ ।

पूर्ण पाठ को  pdf  फाइल डाउनलोड गर्नुहोस् WageHow to increase_2013

By and large women are the great ‘vacation-less’ Class
April 3rd, 2013

Given the fact that many thousands of female workers are active in history, it is vital for the trade unions to incorporate them into their movement.”

We still have to focus us to evaluate the success of our world of work for materializing Clara Zetkin’s statement of many years ago. However, we the GEFONT have been keeping an account of the success and failure of our works on the International Working Women’s Day each year. This year, we have conducted GEFONT’s Participatory Gender Audit. The Conference shall express its commitment to further incorporate the achievements of the audit and practically implement the suggestions.

Download PDF file full text>>8 March speech note_eng