प्रमुख राजनीतिक दलका नेताहरुलाई ट्रेड युनियनहरुको खुल्ा पत्र
November 20th, 2012

हाम्रो साझा चासो भनेको गतिहीनताको समाप्ति हो र निकासको लागि सहमति होस् भन्ने  हो । हाम्रो राजनीतिक नेतृत्वले राजनीतिक सङ्क्रमण लम्बिएको कारण देशमा आर्थिक तथा पर्ूवाधार विकासले गति लिन सकेन भन्ने कुरा हामीले भन्दा बढी बुझेको हुनर्ुपर्छ भन्ने हाम्रो विश्वास छ ।भएका उद्योगहरु पनि एक पछि अर्को गरी बन्द हुने अवस्थामा पुगेको छ । दण्डहीनताका कारण अपराध- आर्थिक, सामाजिक र राजनीतिक रुपमै संस्थागत भइरहेको छ । आकासिंदो मूल्यवृद्घकिा कारण श्रमजीवीहरुको जीवन पहिले भन्दा झन् कष्टकर भएको छ । दैनिक हजारौंको सङ्ख्यामा ऊर्जावान नेपाली युवाहरुले खाडी मुलुकको मरुभूमिलाई आप\mनो गन्तव्य बनाउन बाध्य हुनको कारण देशभित्रै रोजगारीको अवसर सृजना हुन नसक्नु हो भन्ने हाम्रो नेतृत्वले बुझेको छैन भनेर हामी कसरी भनौं

पूर्ण पाठ को  pdf  फाइल डाउनलोड गर्नुहोस् शीर्ष नेताहरूलाइ खुलापत्र

दक्षिण अफ्रिकी अनुभवको सन्दर्भमा नयाँ नेपाल निर्माणको बहस
November 6th, 2012

झण्डै ५ वर्ष अघि दक्षिण अफ्रिकी अनुभवको वारेमा मैले यो लेख तयार गरेको थिएं । त्यतिखेर लागेको थियो, संविधानसभाको चुनाव पछि निर्धारित समयमा भित्रै संविधान निर्माण हुनेछ । द्वन्द्वपछिको संक्रमणकालको व्यवस्थापनमा विगतमा गरिएका कमिहरु दोहरिने छैनन्। अफ्रिकाले भोग्नु परेको अप्ठ्यारामाथि हामी नेपालीले टेक्नुपर्ने छैन । तर, संविधानसभाको अस्वभाविक अवसानपछि हामीहरु पनि उस्तै प्रकृतिको पेचिंदा प्रश्नै–प्रश्नका पेटारोबाट घेरिन पुगेका छौं । बहसमा उठाइएका कतिपय प्रश्नहरु आज हाम्रा सन्दर्भमा पनि सान्दर्भिक देखिएका छन् ।

यो सैद्धान्तिक बहसमा एमालेको मार्गदर्शक सिद्धान्त, जनताको बहुदलीय जनवाद (जबज) पनि तानिएको छ । यसन्दर्भमा तीन कोणबाट बहस जारी छ ।

पूर्ण पाठ को  pdf  फाइल डाउनलोड गर्नुहोस्  दक्षिण अफ्रिकी अनुभवको सन्दर्भमा नयाँ नेपाल निर्माणको बहस Read More…