अमेरिकी ट्रेड यूनियन महासंघ ए एफ एल – सि आइ ओ सङ्क्षेपमा
May 23rd, 2012

अमेरिकन फेडेरेशन अफ लेवोर एण्ड कङ्ग्रेस अफ इण्डष्ट्रियल अर्गनाइजेशन -एएफएल-सिआइओ अमेरिकाको ५७ वटा राष्ट्रिय संघहरुको महासंघ हो । सन् १९५५ मा अमेरिकन फेडेरेशनअफ लेवोर -ए एफ एल) र कङ्ग्रेस अफ इण्डष्ट्रियल अर्गनाइजेशन -सि आइ ओ वीचको एकीकरणबाट यसको निर्माण भएको हो । अमेरिका यूनियनहरुमा संगठित श्रमिकहरुको सङ्ख्या १ करोड ५४ लाख भन्दा बढी छन् । त्यसमध्ये १ करोड १५ लाख सदस्य यो महासंघमा आवद्ध छन् । यो संग आवद्ध “वर्किङ्ग अमेरिका” नामले चिनिने सामुदायिक संस्थामा मात्रै ३० लाख सदस्य संगठित छन् । यसमा शिक्षक र खानी मजदुर, दमकलमा काम गर्ने देखि खेतीमा काम गर्ने श्रमिक, बेकरीमा काम गर्नेदेखि इञ्जिनियर, पाइलट र सरकारी कर्मचारी, डाक्टर र नर्सहरु, पेन्टर-प्लम्बर सहित सबै खाले श्रमजीवीहरु आवद्ध छन् ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड  AFL-CIO in brief

टे«ड यूनियन र श्रम आजको चुनौती
May 16th, 2012

श्रमिकको संस्थाका हिसाबले टे्रड यूनियनले गर्नै पर्ने सीमित काम छन् । यसलाई चार बु“दामा सीमित गर्न सकिन्छ । पहिलो, ‘कामको अधिकार’ को लागि क्रियाशील रहने । २०४६ सालको परिवर्तनसंगै मिश्रति अर्थ व्यवस्थाको ठाउ“’उदार’ व्यवस्थाले लियो र यसले ‘स्थायी काम’ र जनताको हितमा दिइने अनुदान जस्ता श्रमिक पक्षीय केही व्यवस्था भताभुंग पारिदियो । धेरै काम हु“दा ‘बढी ज्याला’ मा काममा लगाउने, कम काम र ज्यादा जगेडा श्रम हु“दा ज्यालामा ‘घटाघट’ गर्राई श्रमिकलाई बजारको वस्तु सरहको व्यवहार गर्ने असमान प्रचलनलाई यसले आनो आदर्श बनायो । परिणम स्वरुप संगठित उद्योगमा उत्पादनलाई प्रतिस्पर्धी बनाउने र श्रम लागत घटाउने नाममा श्रमिकले वर्षौंदेखि खाईपाई आएको सुविधा काट्दै – श्रमको नौपचारिकीकरण शुरु गरियो ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड  Trade Union ra Shram

 

हराए कि क्या हो वर्गका कुरा
May 16th, 2012

संविधान सभामा विशेष व्यवस्था विना जसरी दलहरुले “जातीय-जनजातीय, क्षेत्रीय
र लैंगिक रुपमा” प्रतिनिधित्व गर्न नसक्ने निष्कर्षनिकालिएको छ, त्यही आधारमा विशाल संख्यामा रहेको श्रमजीवी वर्गको प्रतिनिधित्वको भने कुनै निश्चितता छैन । यसले अव संविधान सभामा “ठालूहरुको हैकमको विरुद्ध निमुखा” को मोर्चा वन्दी नभएर “काले-काले मिलेर खा“ऊ भाले” भने जस्तै विभिन्न समूहमा विभक्त ठालू-ठालूहरुको मिलेमतोमा निर्धा निमुखाहरुको अवाजलाई वेवास्ता पो गरिने हो की भन्ने शंका गर्ने प्रसस्त स्थान दिएको छ ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड  Class and inclusiveness_formatted

Trade Union Unity for Social Transformation
May 6th, 2012

The meaning of social transformation in the context of Nepal is the transformation of existing social structures to transform the conflicts generated by economic exploitation and social oppression. To tackle this problem a formulaic solution of “transformation through inclusion” is presented. ‘Inclusion’ embodies issues of gender, caste-ethnicity and aspects of regionalism, which draw a demarcation of identity; where as the ‘Class’ – an “ideological theoretical” issue, unites the entire nation together.

Download pdf file Trade union unity and social transformation

आठ मार्च– अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनको मन्तव्य
May 6th, 2012

हामी जति वेला महिला सहभागिातको मुद्धा उठाउ“दै थियौ– हाम्रो श्रम वजार लैङ्गिक समानताको हिसावले कुरुप थियो । एकातिर विकासिल र विकसित देशमा महिलाले गर्ने भनेर चिनिएको नगद हातलाग्ने काम यहा“ पुरुष श्रमिकको हातमा थियो । अर्का तिर अर्थतन्त्रकै हैसियत नपाएको अनौपचारिक क्षेत्रको काम भने महिला कै ठेक्का जस्तो थियो । ज्याला, अवसर र सुविधामा तुलना नै गर्न नसकिने किसिमले महिला र पुरुष श्रमिक वीच खाडल थियो ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड  Keynote on 8march

 

समसामयिक राजनीतिका सन्दर्भमा आठ टिप्पणी
May 3rd, 2012

नेपालका राजनीतिक शक्तिहरुबीच“परिवर्तन”को मूख्य आधार दुई प्रकारका
दावी÷प्रतिदावीहरु रहेका छन् । नेकपा (एमाले लगायतका मूलधारका राजनीतिक शक्तिहरु ०६२÷६३ को परिवर्तनको आधार मूलतः १९ दिने शसक्त जनआन्दोलनलाई मान्दछन् । माओवादी भने उसले सञ्चालन गरेको १ दशक लामो हिंसात्मक द्वन्द्वलाई परिर्वतनको मूल आधार मान्छ । परिवर्तनको आधार ‘शान्तिपूर्ण जनदबाब की हिंसात्मक अभियान’ भन्नेमा विवादले आगामि दिनमा पनि ‘परिवर्तनको बाटो कुन हो’ भन्नेमा अन्यौल सिर्जना गरिरहेको यसको एउटा चाखलाग्दो उदाहरण माओवादीमा विद्यमान ‘शान्ति की बिद्रोह’लाई लिन माओवादीको एउटा पक्षले अझै पनि ‘विद्रोह’ “शसस्त्र युद्ध” र “राज्यसत्ता कव्जा” जस्ता विषय उठाइ रहनुलाई यसप्रसङ्गमा उललेख गर्न सकिन्छ  ।

पूर्ण पाठ को pdf फाइल डाउनलोड Eight-notes on contemporary politics