औद्योगिक युनियन आन्दोलन
February 16th, 2012
कतिपय स्थानमा ‘कित व्यवस्थापनको प्यारो, कि आ“खाको तारो’को
स्थिति भोग्न श्रमिकहरु बाध्य भए । यहा“सम्म की युनियन नेताहरु
‘खराव’ भएको ठा“ऊमा दलााल युनियनले ठा“उ पायो । तीन हजार
श्रमिक काम गर्ने प्रतिस्ठान होस् की पचास जना, सिमित संख्याका
कार्यकारीहरुले युनियनको काम हेर्नु पर्दा आम रुपमा युनियन नेता र 
सदस्य वीचको सम्बन्ध कमरेडली भन्दापनि “किसान र खेताला”को
जस्तो हुन पुग्यो ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड IndustrialUnionism_destinatin of Neplai unionism

हामीहरु किन पार्टी र राजनीतिको कुरा गर्छौ?
February 16th, 2012
ट्रेड युनियन आन्दोलन मूलतः श्रमजीवी वर्गको पेशागत आन्दोलन हो ।
तर सामाजिक रुपान्तरणको सन्दर्भमा भने यो आफैंमा राजनीतिक
आन्दोलन पनि हो । ट्रेड युनियन पार्टी सापेक्ष वा निरपेक्ष दुबै हुन
सक्छ । तर जे भए पनि यसका मुद्धाहरु राजनीतिबाट भने अलग 
हुनै सक्दैन । आम रुपमा पार्टीहरु भनेका वर्गका प्रतिनिधि हुन् ।
त्यसैले “कुन पार्टी कस्तो हो” भन्ने कुरा त्यो पार्टीले कुन वर्गको
सेवा गर्छ भन्नेबाट तय हुन्छ । यो नै ट्रेड युनियनको सर्वाधिक
सरोकारको पक्ष हो, त्यसैले हामी पार्टीको कुरा गर्छौं, उनीहरुका 
कार्यक्रम र नीतिप्रति जिज्ञासा राख्छौं।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड  Trade union and politics

दक्षिण अफ्रिकी अनुभवको सन्दर्भमा जननेता भण्डारी र जबजज
February 16th, 2012
बहुदलीय व्यवस्था आयो । जननेता मदन भण्डारी चर्चाको
शिखरमा हुनुहुनथ्यो । ०४९ सालको अन्त्यतिर कम्युनिस्ट पार्टीको युवा
महासचिवको रुपमा उहा“ एमालेको महासचिव फेरी चुनिनु भयो । त्यति
नै खेर दक्षिण अफ्रिकामा एक थिए, क्रिस हानी– कम्युनिस्ट पार्टिका युवा
महासचिव π उनी लोकप्रीय थिए र दक्षिण अफ्रिकाको संक्रमणकालिन
राजनीतिलाई संस्थागत गर्न नेल्सन मण्डेलासंगै क्रियाशिल थिए । उनको
नृसंस हत्या भयो । जननेता भण्डारीको पनि त्यतिखेर क्रिस हानीसंग
तुलना हुन थालेको थियो । केही महिना को वीच मै उहा“को पनि हत्या
भयो ।
पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड Remembaring Madan