प्रतिपक्षी भूमिकामा एमाले
September 22nd, 2011

हालै सार्वजनिक गरिएको ‘तत्काल राहत कार्यक्रम’ समग्रमा राहत कार्यक्रम नै होइन । द्वैध अर्थ लाग्ने गरी द्वन्द्वकालमा कब्जा गरिएको सम्पत्ति फिर्ता गर्ने विषय होस् वा नेपाली सेनाको संरचनामा १० हजार मधेसी सिपाही पुरयाउने प्रस्ताव होस्, दुवै राजनीतिक सहमतिमा गरिने विषय हुन्, ‘तत्कालको राहत’ दिने विषय होइनन् । समावेशी विधेयक दर्ता र संवैधानिक परिषद्का हाकिमहरूको नियुक्तिले कुन चाहिं सर्वसाधारणलाई तत्काल राहत देला ? लघुवित्त कोष सञ्चालनका लागि कानुन बनाउने प्रतिबद्धताले कुन चाहिं गरिबलाई तत्काल राहत देला ? करदाता कार्यालयको सङ्ख्या बढाएर दुई छाक टार्न हम्मेहम्मे परेका गरिबको ‘जय’ कसरी होला ? बगलीमा दुई÷चार सय कहिल्यै नहुने विपन्नहरूलाई राष्ट्र बैङ्कको थापाथली काउन्टर र उपत्यका बाहिरका बैङ्कका कार्यालयमा काउन्टर थपेर के चाहिं राहत होला ? सुपथ पसलकै कुरा गर्ने हो भने पनि यो मुलुकव्यापी भन्दा पनि उपत्यका र मुख्य सहरी क्षेत्र आधारित देखिन्छ । त्यसमा पनि काठमाडौको कोटेश्वरमा बस्नेले टेकुको नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङमा किलोको दुई रुपैयाँ सस्तो पाइने नुन र पांच  रुपैयाँ सस्तो पाइने चिनी किन्न १५ रुपैयाँको एकतर्फी माइक्रोको भाडा तिरेर जाँदा कसरी राहत होला ?

हाम्रो समाजमा केही पौराणिक र केही ‘बलिउड’ का चलचित्रको प्रभाव छ । जब पद्धतिले काम गर्न छोड्छ, हाम्रा जनता ‘अलौैकिकता’ र ‘चमत्कार’ को पछि दर्गुछन् । ‘केही भई पो हाल्ने हो कि !’ भन्ने आशङ्का र अपेक्षामा अपवादलाई छोडेर कैयन् मै हु“ भन्ने ‘भौतिकवादी’ नेताहरूले समेत ‘भै“सीको पूजा गर्ने’ देखि मन्त्री÷प्रधानमन्त्री हु“दा ‘गृह प्रवेश’ वा ‘झन्डा पूजा’ का नाममा पशुवली र पूजा–अर्चना गर्ने गरेका समाचार हामीले सुन्दै आएका छौ“ । यसरी सुरु हुने ‘चमत्कार–मोह’ को शृङ्खला आधुनिक चिकित्सा प्रणाली असफल भएका रोगीलाई ‘घाटे वैद्य’ वा ‘धामी–झा“क्री’ कोमा पु¥याएपछि टुङ्गिन्छ । खलनायकको भीडले दुःख दि“दा–दि“दा हैरान भएकाहरू एक्लो लुरे नायकले पापी–असत्ती खलनायकहरूलाई रामधुलाई गरेको दृश्य हेर्दा पुलकित हु“दै सिनेमा घरमा सिट्टी नमार्ने र थपडी नबजाउने त बिरलै होलान् । त्यसैले त ‘रिल’मा देखिने यस्ता दृश्य ‘रियल–लाइ’’ मा पनि होऊन् भन्ने हामी अपेक्षा गर्छौं । Read More…